Author: Ground Zero
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले असोज महिनामा फेला परेका ती सवारी साधन धनीहरूलाई बुझाउनुभएको हो। विभिन्न निवेदन तथा सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा ट्राफिक प्रहरीले यी सवारी साधन नियन्त्रणमा लिएको थियो। कार्यक्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक...
बेत्रावतीको एक्रो ब्रिज हस्तान्तरण: नुवाकोट र रसुवाको यातायात सञ्चालनमा
नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानास्थित बेत्रावतीको फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। गत भदौ १० को बाढीले क्षति पुर्याएको उक्त क्षेत्रमा सेनाले कडा चट्टान फुटाएर पहुँच मार्ग बनाउँदै असोज २० देखि २४ गतेभित्र पुल जडान सम्पन्न गरेको हो। ४० टन भारवहन क्षमता रहेको यो पुल २४० फिट लामो र १८ फिट चौडा छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सेनाले देशैभर ५१ वटा पुल निर्माण गरिसकेको छ। पुल निर्माणसँगै रसुवा पुनः राष्ट्रिय राजमार्गसँग जोडिएको छ। उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल र स्थानीयवासीले पुल सञ्चालनमा आएपछि...
गोरखा बाढी: बुढीगण्डकी तटीय क्षेत्रमा उद्धार र राहत तीव्र
गोरखाको उत्तरी क्षेत्रमा आइतबार बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण नदी आसपासका बस्तीहरूमा ठूलो क्षति पुगेको छ। बाढी प्रभावितहरूका लागि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिनुभएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा राहत सामग्री पठाउनुका साथै उद्धार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो। बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगी विद्युत् सेवा अवरुद्ध भएकाले तत्कालका लागि सोलारमार्फत बत्ती बाल्ने प्रबन्ध मिलाइएको...
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा १ करोड ३४ लाखको अनियमितता
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नियम र कानुनको ठाडो उल्लङ्घन गर्दै १ करोड ३४ लाख ९६ हजार ६०९ रुपैयाँको व्यापक अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेश नगरी ८६ लाख २१ हजार ४६५ रुपैयाँ मनपरी खर्च गरेर राज्य कोषको दोहन गरिएको छ !महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकामा यसवर्षको ४ करोड ८ लाख थपिएसँगै कुल अद्यावधिक बेरुजु २४ करोड २ लाख २७ हजार ९५५ रुपैयाँ पुगेको छ।नियम अनुसार १ करोडसम्मको स्थानीय निर्माण कार्य मात्र उपभोक्ता समितिमार्फत गराउन पाइन्छ। तर, सर्वसाधारण र देशैभरका मानिसले सेवा लिने प्रहरी कार्यालय तथा नेपाल कोरिया मैत्री अस्पतालको भवन रंगरोगन र मिटिङ हल...
बूढीगण्डकी थुनिएपछि गोरखामा बाढी: घर र पुल बगायो
गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोकपा र चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले व्यापक क्षति पुर्याएको छ। बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका म्याकफेदी, सल्ढेंगे तथा माथिल्लो बजार क्षेत्रमा केही घर र दुईवटा झोलुंगे पुल बगाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बिहानैदेखि स्थानीयलाई सतर्क गराएर सुरक्षित स्थानमा सारिएकाले कुनै मानवीय क्षति हुन पाएको छैन। बाढीको जोखिम आरुघाट बजारसम्म रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सजग रहन प्रहरीले आग्रह गरेको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङले बूढीगण्डकीको बहाब बढिरहेकाले उद्धार, राहत र स्थानान्तरणका लागि...
दोलखाको बैतेश्वर गाउँपालिकामा ९८ लाख ९५ हजारको अनियमितता
दोलखाको बैतेश्वर गाउँपालिकामा नियम, कानुन र वित्तीय अनुशासनको ठाडो उल्लङ्घन गर्दै ९८ लाख ९५ हजार ७९३ रुपैयाँको अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेश नगरी ९२ लाख ३४ हजार १३४ रुपैयाँ मनपरी खर्च गरेर राज्य कोषको दोहन गरिएको छ!स्थानीय तहमा सुशासन र वित्तीय अनुशासनको नारा घन्किइरहँदा दोलखाको बैतेश्वर गाउँपालिकामा भने गैरकानुनी खर्च र बेथितिको सीमा नाघिएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार यसवर्ष थपिएको २ करोड ६६ हजारसहित पालिकाको कुल अद्यावधिक बेरुजु २१ करोड ४२ लाख ६५ हजार रुपैयाँ पुगेको छकार्यक्षेत्र बाहिर गएर भक्तपुरको सिपाडोलमा घर भाडामा लिई १ लाख ८४ हजारभन्दा बढी...
भक्तपुरको सूर्यविनायक नगरपालिकामा २ करोड ७५ लाखको अनियमितता
भक्तपुरको सूर्यविनायक नगरपालिकामा नियम-कानुन र वित्तीय अनुशासनको धज्जी उडाउँदै २ करोड ७५ लाख ४३ हजार ८३२ रुपैयाँको व्यापक अनियमितता भएको छ भने आवश्यक प्रमाण र कागजात नै पेश नगरी २३ लाख ६४ हजार ३३८ रुपैयाँ मनपरी खर्च गरेर राज्य कोषको दोहन गरिएको छ ।स्थानीय तहमा सुशासन र मितव्ययिताको नारा घन्किइरहँदा भक्तपुरको सूर्यविनायक नगरपालिकामा भने गैरकानुनी खर्च र बेथितिको सीमा नाघिएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार यसवर्ष थपिएको ३ करोड ७३ लाख ५९ हजारसहित पालिकाको कुल अद्यावधिक बेरुजु २६ करोड ६१ लाख ५१ हजार रुपैयाँ पुगेको छ।नयाँ प्रशासकीय भवन उद्घाटनका नाममा ३० लाख बजेट विनियोजन गरी खरिद...
पार्टीलाई विभाजन हुन नदिई नतिजामुखी बनाउन प्रतिबद्ध छौँ: चिरीबाबु महर्जन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य (खुला) पदका उम्मेदवार चिरीबाबु महर्जनले पार्टीभित्र कुनै पनि किसिमको विभाजन नहोस् भन्ने नै मुख्य उद्देश्य रहेको बताउनुभएको छ। महाधिवेशनको प्रचारप्रसारका क्रममा बिहीबार बोल्दै उहाँले गगन थापाको नेतृत्वमा बन्ने कार्यसमितिले प्रभावकारी रूपमा नतिजा दिनका लागि आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दिएका अन्य नेताहरूले पनि पार्टीलाई बलियो र एकढिक्का बनाएर लैजाने दाबी गरेका छन्। महामन्त्रीका उम्मेदवार नैनसिंह महरले देशको सङ्कट समाधान गर्दै राजनीतिक दल र जनताबीचको दूरी घटाउन आफ्नो उम्मेदवारी रहेको...
अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ: प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई कमजोर र विभाजित गर्ने प्रयास भइरहेको बताउनुभएको छ। काठमाडौँ महानगर अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले कसैको स्वार्थ पूरा हुन नदिने र पार्टीको इतिहास, विधान तथा स्थापित परम्परा विपरीत कार्य गर्न नहुनेमा जोड दिनुभयो। गल्ती गर्नेहरूलाई ढाकछोप वा प्रोत्साहन गर्ने परिपाटी गलत रहेको उल्लेख गर्दै उहाँले बेथितिहरूलाई सच्चाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। लोकतान्त्रिक पार्टीमा मतभेद र भिन्न विचार स्वाभाविक भए पनि विधि र नियम उल्लङ्घन गरेर मनपरी गर्नु अलोकतान्त्रिक व्यवहार भएको उहाँको तर्क थियो। सभापति शेरबहादुर...
त्रिविलाई परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सुस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गर्न त्रिविलाई निर्देशन दिनुभएको छ। काठमाडौँको कीर्तिपुरमा आयोजित विश्वविद्यालयको ६७औँ वार्षिक बैठकमा बोल्दै मन्त्री पोखरेलले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गरी ढिलो परीक्षा र नतिजाको परिपाटी सुधार्न आग्रह गर्नुभयो। उहाँले विश्वविद्यालयलाई पठनपाठनमा मात्र सीमित नराखी राष्ट्रको नीति, कानुन र पाठ्यक्रम निर्माणमा सहयोग पुर्याउने मुख्य ‘थिंक ट्याङ्क’का रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। नेपालका १५ वटै विश्वविद्यालयहरूसँग जोडिएकाले...
सूर्यमुखी तेलको भन्सार दर घटाउन व्यवसायीको माग
भारतले सूर्यमुखी तेलको भन्सार दर उल्लेख्य घटाएपछि नेपालमा चोरी पैठारी बढ्ने जोखिम औँल्याउँदै नेपाली खाने तेल व्यवसायीहरूले भन्सार दर घटाउन माग गरेका छन्। भारत सरकारले सेप्टेम्बर २४ देखि सूर्यमुखीको कच्चा पदार्थको भन्सार साढे १६ प्रतिशतबाट घटाएर साढे ५ प्रतिशतमा झारेको छ। जीएसटीसहित भारतमा लागत मूल्य ११ प्रतिशत मात्र पर्ने भएकाले त्यहाँ प्रतिकिलो करिब १० रुपैयाँ सस्तो भएको छ। नेपालमा भने कच्चा सूर्यमुखी तेलमा १० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट लाग्दै आएको छ। भारतबाट हुने अवैध आयात नरोके नेपाली उद्योगहरू प्रतिस्पर्धा गर्न नसक्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताउनुभयो।...
अदालत धाउन छाडेर एकताबद्ध हुन गगन थापाको आह्वान
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य गरी एकताबद्ध हुन संस्थापनइतर समूहका नेताहरूलाई आह्वान गर्नुभएको छ। बुधबार खुल्लामञ्चमा आयोजित महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले अदालत धाउने काम छाडेर गुटबन्दीको अध्याय यहीँ अन्त्य गर्न आग्रह गर्नुभयो। अदालतको आदेशअनुसार तोकिएको समयमा अधिवेशन गर्दा केही स्थानमा भएका त्रुटि र अन्यायलाई सच्याउने प्रतिबद्धता उहाँले जनाउनुभयो। पार्टीमा असहमति र प्रश्न गर्न पाइने भए पनि सबै जना पद्धति र अनुशासनमा बाँधिनुपर्ने उहाँको भनाइ थियो। बन्दसत्रको समाप्तिसँगै सबै गुटबन्दी समाप्त भएको दाबी गर्दै थापाले अब कांग्रेस नयाँ...
मुलुक अप्ठेरोमा हुँदा कांग्रेस विभाजित हुनु हुँदैन: भीष्मराज आङदेम्बे
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश अप्ठेरो परिस्थितिमा रहेका बेला पार्टी फुट्न वा विचारमा विभाजित हुन नहुने बताउनुभएको छ। बुधबार महाधिवेशनको बन्दसत्रमा बोल्दै उहाँले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्वले मुलुकलाई दुर्घटनामा पुर्याउन सक्ने जोखिम औँल्याउनुभयो। महाधिवेशनमा सबै उमेर समूहका प्रतिनिधिको भरोसालाई आत्मसात गर्नुपर्ने भन्दै उहाँले केवल अनुहार फेरेर नभई नीति, सिद्धान्त र प्रणाली सुधारेर मात्रै कांग्रेसले देशलाई सही दिशा दिनसक्ने स्पष्ट पार्नुभयो। कांग्रेसलाई सत्ता प्राप्तिमा मात्र सीमित नराखी समृद्धिको सोच कार्यान्वयन गर्ने माध्यम बनाउनुपर्ने...
बागलुङको जैमिनी नगरपालिकामा १ करोड ११ लाखको अनियमितता
गण्डकी प्रदेश अन्तर्गत बागलुङको जैमिनी नगरपालिकामा नियम, कानुन र वित्तीय अनुशासनको धज्जी उडाउँदै १ करोड ११ लाख २७ हजार ३९९ रुपैयाँको व्यापक अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेश नगरी १ करोड २६ लाख २ हजार ७९४ रुपैयाँ मनपरी खर्च गरेर राज्य कोषको दोहन गरिएको छ !स्थानीय सरकारमा सुशासन र वित्तीय अनुशासनको नारा घन्किइरहँदा बागलुङको जैमिनी नगरपालिकामा भने बेथिति र गैरकानुनी खर्चको सीमा नाघिएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार यसवर्षको थपिएसँगै पालिकाको कुल अद्यावधिक बेरुजु १३ करोड ८० लाख ४५ हजार रुपैयाँ पुगेको छ।मात्र ७ वर्षका लागि भाडामा लिइएको व्यक्तिको जग्गामा ५ वर्ष...
गगन थापालाई समर्थन गर्दै किशोर सिंह राठौरले फिर्ता लिए उम्मेदवारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। बुधबार राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको बृहत्तर एकताका लागि गगन थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको घोषणा गर्नुभयो। पार्टी संकटमा रहेको विशेष परिस्थितिमा कांग्रेसलाई बलियो बनाउन मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। त्रिचन्द्र कलेजको स्ववियु कालदेखिकै सहकार्य स्मरण गराउँदै उहाँले थापालाई सहयोग गर्न उम्मेदवारी छाडेको स्पष्ट पार्नुभयो। साथै, नयाँ पुस्तालाई कांग्रेसको इतिहास र मूल्यमान्यता बुझाउँदै मर्यादित बनाउने जिम्मेवारी पुरानो...
कांग्रेसलाई गतिशील र सशक्त बनाउन भूमिका खेल्छु: सुरेन्द्रराज पाण्डे
नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई अझ गतिशील र सशक्त बनाउन आफूले प्रभावकारी भूमिका खेल्ने बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीको उपसभापति पदका उम्मेदवार पाण्डेले नयाँ पुस्ताको जोस-जाँगर र पुराना नेताहरूको अनुभवलाई जोडेर कांग्रेसलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो क्रममा उहाँले नेता गगन कुमार थापाको पार्टी सुदृढीकरण अभियानलाई साथ दिने स्पष्ट पार्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका पाण्डेले आफ्नो कार्यकालमा यातायात क्षेत्रलाई मर्यादित, परिष्कृत र प्रविधिमैत्री बनाउन व्यवसायीहरूसँग सहकार्य गर्दै महत्त्वपूर्ण...
ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू
चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर ललितपुरले विशेष सुरक्षा योजना लागू गरेको छ। सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न दैनिक १,१५१ जना र कमाण्ड फोर्ससहित कुल १,३४१ प्रहरी जनशक्ति परिचालन गरिएको एसपी गौतम मिश्रले जानकारी दिनुभयो। विशेष सुरक्षा योजनाअन्तर्गत बैंक, वित्तीय संस्था, सुन पसल, सपिङ कम्प्लेक्स र बसपार्क जस्ता भीडभाड हुने स्थानलाई प्राथमिकतामा राखिएको छ। २४ वटा मुख्य स्थानमा २४ सै घण्टा प्रहरी पिकेट तैनाथ रहनेछ भने प्रत्येक युनिटबाट मोबाइल तथा पैदल गस्ती खटाइएको छ। गस्तीका साथै सादा पोशाकका प्रहरी तथा यात्रुवाहक सवारीमा छद्मभेषी प्रहरीमार्फत निगरानी...
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ३ करोड ३३ लाखको अनियमितता
भक्तपुरको चाँगुनारायण नगरपालिकामा ३ करोड ३३ लाख ९८ हजार ६८४ रुपैयाँको अनियमितता भएको छ भने प्रमाण तथा कागजात पेश नै नगरेर २ करोड ९७ लाख ८८ हजार ३४६ रुपैयाँ झ्वाम पारिएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकामा यस वर्षको ८ करोड ३५ लाख ७० हजार थपिएर कुल अद्यावधिक बेरुजु ३५ करोड ५९ लाख ६६ हजार ५९० रुपैयाँ पुगेको छ। बजेट र स्वीकृत कार्यक्रम नै नभएको न्यायिक समितिको अभिमुखीकरणका नाममा ३ लाख १० हजारभन्दा बढी खर्च लेखिएको छ। कोटेशन र जिन्सी दाखिलाविना सोझै जुत्ता बनाउने तालिमका नाममा ५ लाख ६५ हजारको कपडा खरिद गरियो। समयमै विद्युत महसुल नबुझाउँदा नगरपालिकाले ७३ हजारभन्दा बढी...
बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न ऐन संशोधन गर्ने तयारी: कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता भएका व्यक्तिहरूलाई मृत्यु घोषणा गर्न र मृत्यु दर्ता सहज बनाउन कानुन संशोधनको तयारी भइरहेको जानकारी दिनुभएको छ। सिंहदरबारमा मंगलबार बसेको संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले विद्यमान मूल ऐनमा संशोधनका लागि कानुन मन्त्रालय र विपद् प्राधिकरणबीच निरन्तर छलफल भई उपयुक्त समाधान निकालिएको बताउनुभयो। हाल संसद अधिवेशन अन्त्य भएकाले छिटो प्रक्रियाबाट काम अघि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ। हालै भोटेकोशी क्षेत्रमा आएको बाढीले सबैलाई सचेत...
कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले पार्टीभित्र बढ्दो विभाजन रोक्न र कांग्रेसलाई एकताबद्ध बनाउन सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो। गुटबन्दी र आन्तरिक कलहका कारण आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। राठौरले देशभरका नेता तथा कार्यकर्तालाई समान व्यवहार र न्याय दिलाउनुका साथै अराजकता अन्त्य गरी पार्टीलाई अनुशासित र मर्यादित बनाउने प्रतिबद्धता जनाउनुभयो। बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता...
भक्तपुर नगरपालिकामा ३ करोड ९ लाखको अनियमितता
भक्तपुर नगरपालिकामा नियम-कानुन विपरीत मनपरी ढंगले बजेट खर्च गर्दा करोडौँ रुपैयाँको आर्थिक अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार बागमती प्रदेशको भक्तपुर नगरपालिकामा मात्रै ३ करोड ९ लाख ११ हजार रुपैयाँको अनियमितता भएको छ भने प्रमाण र कागजात नै पेश नगरी ४ करोड ६० लाख ५८ हजार रुपैयाँ भुक्तानी दिइएको छ। स्थानीय तहले संघ र प्रदेशको कानुन विपरीत आफूखुसी ऐन-नियम बनाएर राज्यको ढुकुटीमा चरम बदमासी गरेको प्रतिवेदनले औँल्याएको छ। नियम अनुसार अस्थायी, करार वा ज्यालादारीमा काम गरेका कर्मचारी स्थायी भएमा विगतको पूरै अवधि उपदानमा जोड्न पाइँदैन। तर, भक्तपुर नगरपालिकाले...




















