अबको निकास के ?
हाम्रो देश अहिले एक जटिल राजनीतिक र सामाजिक मोडमा उभिएको छ। चरम भ्रष्टाचार तथा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी निर्णय, त्यसको विरुद्धमा भड्किएको जेनजी युवापुस्ताको आन्दोलन, प्रहरीद्वारा भएको गोली प्रहार र त्यसमा भएका मृत्युले राजनीतिक मात्र नभई नैतिक संकट पनि उजागर गरेका छन्। राज्य र जनताबीचको विश्वासको डोरी चुँडिन लागेको जस्तो देखिँदै गर्दा सबैको मनमा एउटै प्रश्न छ—अबको निकास के ? सबैभन्दा पहिले, दमन र बल प्रयोगबाट समाधान खोज्ने प्रयास दीर्घकालीन निकास हुन सक्दैन। इतिहासले देखाएको छ, जनताको आवाजलाई दबाउने प्रयासले अझ ठूलो विस्फोट निम्त्याउँछ। अहिले सडकमा देखिएको आक्रोश...


