Skip to main content
सोमबार, २६ असोज २०८३

हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 12, 2026


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले असोज महिनामा फेला परेका ती सवारी साधन धनीहरूलाई बुझाउनुभएको हो।

विभिन्न निवेदन तथा सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा ट्राफिक प्रहरीले यी सवारी साधन नियन्त्रणमा लिएको थियो।

कार्यक्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारी साधन खुला र धेरैले देख्ने ठाउँमा मात्र पार्किङ गर्न आग्रह गर्नुभयो। साथै, चाडपर्वको अवसरमा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र जथाभाबी वा अस्तव्यस्त रूपमा पार्किङ नगर्न सम्पूर्ण सवारी चालकहरूलाई सुझाव दिनुभएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।