Skip to main content
बुधबार, २१ असोज २०८३

मुलुक अप्ठेरोमा हुँदा कांग्रेस विभाजित हुनु हुँदैन: भीष्मराज आङदेम्बे

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 7, 2026


नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले देश अप्ठेरो परिस्थितिमा रहेका बेला पार्टी फुट्न वा विचारमा विभाजित हुन नहुने बताउनुभएको छ। बुधबार महाधिवेशनको बन्दसत्रमा बोल्दै उहाँले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्वले मुलुकलाई दुर्घटनामा पुर्‍याउन सक्ने जोखिम औँल्याउनुभयो।

महाधिवेशनमा सबै उमेर समूहका प्रतिनिधिको भरोसालाई आत्मसात गर्नुपर्ने भन्दै उहाँले केवल अनुहार फेरेर नभई नीति, सिद्धान्त र प्रणाली सुधारेर मात्रै कांग्रेसले देशलाई सही दिशा दिनसक्ने स्पष्ट पार्नुभयो। कांग्रेसलाई सत्ता प्राप्तिमा मात्र सीमित नराखी समृद्धिको सोच कार्यान्वयन गर्ने माध्यम बनाउनुपर्ने उहाँको जोड थियो।

पार्टीलाई एकढिक्का बनाउने प्रयासलाई समर्थन गर्दै आफूले कुनै पदमा उम्मेदवारी नदिएको उहाँले स्पष्ट पार्नुभयो। पदमा नरहे पनि संसद र सडकमा कांग्रेसको बलियो आवाज बनेर उभिरहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।