Skip to main content
मंगलबार, २० असोज २०८३

कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 6, 2026


नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले पार्टीभित्र बढ्दो विभाजन रोक्न र कांग्रेसलाई एकताबद्ध बनाउन सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो।

गुटबन्दी र आन्तरिक कलहका कारण आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। राठौरले देशभरका नेता तथा कार्यकर्तालाई समान व्यवहार र न्याय दिलाउनुका साथै अराजकता अन्त्य गरी पार्टीलाई अनुशासित र मर्यादित बनाउने प्रतिबद्धता जनाउनुभयो।

बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह जस्ता संस्थापक नेताहरूले स्थापित गरेको राजनीतिक मूल्य, मान्यता र मर्यादालाई पुनर्जीवित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।