Author: Ground Zero
असोजको अन्तिम साता देशभरि दशैँको महोल छ। गोंगबु बसपार्कबाट दैनिक हजारौँ मान्छे काठमाडौं बाहिर गइरहेका छन्। बाहिरिने यात्रुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा भिडभाड छ। यही भिडमा इन्जिनियरहरु सहित एउटा टोली काठमाडौंबाट पोखरा प्रस्थान गर्दैछ, दशैँको उल्लास मनाउन होइन, कामको जिम्मेवारी पूरा गर्न। हो, सबैलाई दशैँ लागिसक्दा पनि अख्तियार अनुसन्धान आयोगका कर्मचारी काममै व्यस्त थिए। दशैँकै माहोलबीच इन्जिनियर साथमा लिएर अख्तियारको टोली पोखरा पुग्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा भ्रस्टाचार भएको हो, हैन छानवीन थाल्यो। पहिला सम्बन्धित कागजातको अध्ययन...
कर उठाउने माध्यम मात्रै बन्यो एम्बुस्ड नम्बर प्लेट
कुनै बेला सरकारको दाबी थियो— इम्बोस्ड नम्बर प्लेटले सवारी सााधन चोरीका घटना रोक्छ, गैरकानुनी धन्दामा सवारी साधनको प्रयोग घटाउँछ। सरकारले अहिलेसम्म सडकमा इम्बोस्ड नम्बर प्लेट सिस्टम राखेकै छैन। अत्याधुनिक नम्बर प्लेट राख्दाको फाइदा गाडी प्रयोगकर्ताले पाउँदैनन्। तर काम नगरे पनि इम्बोस्ड नम्बर प्लेट धमाधम वितरण भइरहेको छ। किन यस्तो भइरहेको छ त ? कुरा सिम्पल छ, राजस्व असुली गर्न । काम नलाग्ने इम्बुस्ड नम्बर प्लेट बारे अर्को एउटा रोमाञ्चक कुरा छ। यतिबेला तपाइँसँग पुरानो नम्बर प्लेटको सवारी साधन छ र बिक्री गर्नु भयो भने अनिवार्य इम्बोस्ड नम्बर हाल्नुपर्छ । यसरी पुरानो सवारी साधनमा...
वैदेशिक रोजगारीमा कहाँ कहाँ ठगिन्छन् नेपाली ?
गरिबी, बेरोजगारी र भ्रस्ट सरकारका कारण विदेश जानेहरुको संख्या दिनदिनै बढ्दैछ । कहाली लाग्दो दृश्य त यो छ कि वैदेशिक रोजगारी क्रममा ठगिने सर्वसाधारण भन्दा ठग्ने पीडकहरुको संख्या धेरै भइसकेको छ । ७७ वटै सीडीओ अफिस र वैदेशिक रोजगार विभागमा परेका उजुरीको प्रकृति केलाउँदा भन्न सकिन्छ :— मुख्य १० ठाउँमा ठगिन्छन् नेपालीहरु ।











