Author: Ground Zero
चौँरीका बथान चर्ने ठूला फाँटहरु। तिब्बती बौद्ध धर्म सँगैअनौठो प्रथा मान्ने छुट्टै समाज । यो हुम्लाको लिमी उपत्यका हो।सदरमुकाम सिमिकोटबाट ४ दिन हिँडेपछि पुगिने यो ठाउँमा वर्षौंदेखि एउटा अनौठो प्रथा चल्दै आएको छ- बहुपति प्रथा। दाजुभाइले एउटै महिलालाई संयुक्त रुपमा पत्नी बनाउनेयो प्रथा जान्न हामी लिमी उपत्यको हल्जी गाउँमा छौँ। गाउँको विद्यालयमा हामीले एक जना युवालाई भेट्यौँ । २६ वर्षिय छिरिङ एनदाक तामाङ । छिरिङ शिक्षक हुन्। उनी अंग्रेजी र तिब्बती भाषा पढाउँछन् ।परिवारमा छिरिङ र उनका एक जना भाई छन् । उनीहरुबीच उमेर फरक छ । तर छिरिङ र उनको भाइकी श्रीमती एउटै छिन्।
महाराजा र बाहुबली थालीका लागि प्रख्यात
नेपाल ग्राउन्ड जिरोले मेरो कथा शीर्षकमा आम मान्छेको कथा प्रस्तुत गर्छ। यो पटक हामी प्रसारण जोशीको कथा लिएर आएका छौँ। प्रसारण अध्ययनका लागि डेनमार्क गएका थिए। उनको मन त्यहाँ अडिएन। नेपाल फर्किए र हस्पिटालिटी विजनेश सुरू गरे। अहिले उनको भोजन अल्टिमेट नामको रेष्टुराँ ५२ परिकार र ३० परिकार समावेश हुने महाराजा थाली र बाहुबली थालीका लागि प्रख्यात भएको छ। अहिले भोजन अल्टिमेट कपन, जउलाखेल र सीतापाइलामा सञ्चालनमा छन्।
चीनले भन्यो, ‘पोखरा विमानस्थलमा उडान गर्न प्रतिबद्ध छौँ’
पोखरा अन्तरााष्ट्रिय विमानस्थलमा सिधा उडान गना चीनले प्रततबद्धता जनाएको छ। ‘छेन्दु र कुनमिंगबाट यसअघि नै पोखराका लागि चार्टर्ड उडान भइसकेका छन्। थप सिधा उडान गर्न चीन सधैँ प्रततबद्ध छ’, काठमाडौंस्थित चिनियाँ दूतावास प्रवक्ताको कार्यालयले भनेको छ। तर ती उडान व्यवसायिक हुनेछन् वा चार्टर्ड उडान गरिने हो केही खुलाइएको छैन। केही देशले नेपालको पर्यटन र उड्डयनको विकास भन्दा पोखरामा अन्तर्राष्ट्रिय उडान अवरोध गर्दै आएको चीनको बुझाइ छ। निर्माण सम्पन्न भएर नेपाललाई हस्तान्तरण गरेको १ वर्ष ३ महिना बितिसक्दा पनि हालसम्म पोखराबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएका छैनन्। यो बीचमा पाँच वटा चार्टड...
चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट?
पोखरा अन्तर्ष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाको विषयलाई लिएर काठमाडाैंस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको छ। सबै प्रक्रिया पूरा गरेपछि सम्झौताअनुसार नेपालले पाउनुपर्ने १५ प्रतिशत रकम पाउने अवधि सकिन लागेको जानकारी दिँदै दूतावासले कुटनीतिक नोट पठाएको हो। काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई पठाएको कुटनीतिक नोट सामान्य अवस्थामा कुटनीतिक नोट पठाउनुको मतलब दुई देशबीच औपचारिक सञ्चार गर्नु हो। तर पोखरा विमानस्थलको विषयमा चीनले पठाएको कुटनीतिक नोटमा उसको सरोकार पनि देखिन्छ । यसमा चीनले कुटनीतिक भाषामा भनेको छ, विमानस्थल निर्माणको सम्झौताअनुसार नेपाल...
अन्ततः अख्तियारको कठघरामा प्रदीप अधिकारी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भएको भ्रस्टाचारको छानवीन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बिहीबार बयान लिएको छ।अधिकारीसँग बिहान १०ः२५ बजेदेखि लगातार ४ घण्टासम्म बयान लिएको हो।ग्राउन्ड जिरोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भएको अनियमितताको निरन्तर खोजी रिपोर्टिङ गर्दै आएको छ। यही सन्दर्भमा अख्तियारले बिहीबार अधिकारीसँग बयान लिएको हो। स्रोतका अनुसार अख्तियारको ६ नम्बर पिलरमा उनको बयान लिइएको हो। उनको पूरा भएकै छैन। फेरि उनलाई बयानका लागि बोलाइएको छ।यसअघि महानिर्देशक अधिकारीलाई पत्राचार गरी...
मोदीद्वारा कालापानी क्षेत्रमा निर्माण गरिने शिवधामको शिलान्यास
पिथाैरागढमा आयोजित शिवधाम शिलान्यास कार्यक्रम। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भर्चुवल माध्यमबाट नेपालको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा निर्माण गरिने शिवधामको शिलान्यास गरेका छन्। नेपालको चुच्चे नक्सा भित्र पर्ने क्षेत्रमा भारतले शिवधाम निर्माण गर्न लागेको हो। कैलाशधाम पनि नाम दिइएको यो परियोजना ७५ करोड भारुमा निर्माण गरिने बताइएको छ। जम्मु कस्मिरबाट भारतीय प्रधानमन्त्री मोदीले भर्चुवल माध्यमबाट शिलान्यस गरेको ठाउँ गुञ्जी गाउँ हो। यो गाउँलाई आफ्नो देशभित्रको भूभाग भन्दै नेपालले तीन वर्षअघि चुच्चे नक्सा जारी गरेको थियो। नक्सालाई संसदले अनुमोदन गरेको थियो। ...
विवादित सुपर त्रिसुलीबारे संसदमा बहस
सुपर त्रिशुली जलविद्युत् आयोजना विवादको विषय संसद प्रवेश गरेको छ। आयोजनाले बल मिच्याइँ गरेर काम गरेको भन्दै स्थानीय आक्रोशित भइरहेको सन्दर्भमा संसदमा यस विषयमा बहस भएको हो। ‘पृथ्वीराजमार्गको त्रिशुली नदीमा सुपर त्रिशुली आयोजना बनाउने काम भइरहेको रहेछ’, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले संसदलाइ सम्बोधन गर्दै भने, ‘यसले राफ्टिङ पर्यटनमा प्रतिकूल असर पार्ने देखिन्छ।’ सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालिले त्रिशुलीमा एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजना निर्माणको काम गरिरहेको हो। कम्पनीले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको देखिए पछि स्थानीयबासी...
किन विरोधमा उत्रिए आयोजना क्षेत्रका स्थानीय ?
यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना हो । यही विवादित आयोजनाबारे केही समय अघि ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो । यो विवादको विषयमा संसदमा समेत प्रश्न उठ्न थालेको छ ।अर्को तर्फ स्थानीय बासिन्दा र विभिन्न सरोकारवालाले पनि सुपर त्रिशुली जलविद्युत् आयोजना निर्माण राक्नेका लागि आवाज उठाउन थालेका छन् ।एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजनाको प्रवद्र्धक सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालि हो । अरुण सर्राफ यो कम्पनीका मालिक हुन् । ब्लु इनर्जीका मालिक अरुण सर्राफले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको पाएपछि...
नागरिक उड्डयन प्राधिकरणद्वारा समाचारको खण्डन
नेपाल नागरिक उड्डयन प्राधिरणले नेपाल ग्राउन्ड जिरो डट कममा ‘विमाननस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?’ शीर्षक राखी सम्प्रेषित समाचारको खण्डन गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ग्राउन्ड जिरोलाई पठाएको खण्डन जस्ताको त्यस्तै हेर्नुहोस् : हामी दृढ छौंप्राधिकरण महानिर्देशक अधिकारीले खण्डनमा उल्लेख गरेका विषयमा भन्नुपर्दा प्रकाशित समाचारको सुक्ष्म डिटेलिङसहित सम्पूर्ण तथ्यहरूको सत्यतामा हामी अडिग छौं। थप लिंक:विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भारपोखरामा कसरी...
त्यो एक करोड ठग्नेहरू को को हुन्?
धेरै नेपालीको श्रम गन्तव्य यतिबेला युरोपका देशहरु बनिरहेका छन्। पश्चिम युरोपको तुलनामा गरिब मानिने पूर्वी युरोपका देशहरुमा मेनपावरले नेपालीलाई पठाइरहेका हुन्। मेनपावर मात्र हाेइन कामका लागि युरोप पठाउनेमा एजुकेसन कन्सल्ट्यान्सीहरू पनि देखिएका छन्। नेपाल प्रहरीको अनुसन्धानअनुसार युरोप पठाइदिन्छु भन्नेहरुले पुस महिनामा जम्मागरी करिब १ करोड रुपैयाँ ठगी गरेका छन्। दलालहरूको ठग्ने तरिका कस्तो छ त? २ लाख तलब र स्थायी बसोबास मुख्य हतियार युरोप पठाइदिन्छु भन्नेहरुले पहिला खाडी मुलुक पठाइदिन्छु भन्ने शैली नै अपनाइरहेको प्रहरी निचोड छ। ठगीको आरोपमा पक्राउ गरी प्रहरीले गरेको अनुसन्धानबाट...
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
सन् २०१६ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु भइसकेको थियो। तर यो सन् २०१७ को कुरा हो। त्यहाँ चिनियाँ ठेकेदार कम्पनी सीएएमसीले निर्माण गरिरहेको निर्माण कार्यको स्वतन्त्र गुणस्तर मूल्यांकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्जिनियर मुरारी गौतमलाई नियुक्त गर्यो। गौतम नेपाल आउनु ठिक अगाडि विश्वकप रंगशालाहरुको संरचना निर्माणमा कतारमा थिए। मातृभूमिमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकोमा उनी उत्साही भएर पोखरा पुगे। ठूला परियोजनामा काम गरेको प्रशसस्त अन्तर्राष्ट्रिय अनुभव भएका उनले त्यहाँ के अनुभव गरे ? इन्जिनियर गौतमले कन्सल्ट्यान्टको रुपमा काम गर्दा चिनियाँ ठेकेदार...
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ५ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। २८ अर्ब रुपैयाँ चीनसँग ऋण लिएर बनाइएको विमानस्थलबाट वर्षभरिमा एउटा पनि व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएनन्। यी सब पुराना कुरा हुन्। ग्राउन्ड जिरो खोजले पाएको नयाँ तथ्य हो— व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने गरी यो परियोजना सुरु नै गरिएको थिएन। चाइना सीएएमसी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको ठेक्का सम्झौता एवं चिनियाँ कम्पनीले पेमेन्टका लागि पठाएका बिलहरुले करिब १५ अर्ब रुपैयाँ भ्रस्टाचारको पुस्टि गरेका हुन्। विमानस्थललाई अपांग बनाउने काम सन् २०१६ अप्रिल अर्थात्...
कारवाहीमा परेका मेनपावरका मालिक को हुन् ?
आज हामी वैदेशिक रोजगार विभागमा भएको बेथिति बारेमा चर्चा गर्दैछौं ।वैदेशिक रोजगार विभागले वि.सं. २०८० साल मंसिर २४ गते एउटा प्रेस नोट जारी गर्यो । प्रेस नोटमा भनिएको थियो— इजाजत प्राप्त केही मेनपावरहरुको कारोबार रोक्का गरिएको छ । केहीलाई निलम्बन र खारेजै गरिएको जानकारी दिइयो । विभागले त्यतिबेला आफ्नो कार्यप्रगति देखाउँदै ५० मेनपावर कारवाहीमा परेको जनाएको थियो । प्रेस नोटमा मेनपावरलाई गरिएको जरिवाना रकम समेत उल्लेख थियो । त्यसपछि हामीले मेनपावरहरु कसरी कालो सूचीमा पर्छन् भनेर वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीलाई सोधेका थियौं ।वैदेशिक रोजगार विभागबाट इजाजत पाएका मेनपावरले...
वीरेन्द्र, सुजन: कोरिया जान काठमाडौं आए, प्रहरीको गोलीले ज्यान गुमाए
शुक्रबार २९ डिसेम्बर, २०२३ मा काठमाडौंको रिङरोडको बालकुमारी क्षेत्रमा युवा विरोध प्रदर्शनमा उत्रिए। त्यही बेला भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला सरकारी गाडी चढेर त्यहीँ आइपुग्छन्। कोरियाली रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर युवाहरु बालकुमारीमा बिहानैदेखि बिरोध प्रदर्शन गर्दै थिए। उनी त्यहीँ पुगे। अगाडि प्रदर्शन देखे पनि मन्त्रीका चालकले गाडी घुमाएर फर्काएनन्। प्रदर्शन भइरहेको ठाउँमै प्रवेश गराए। त्यसपछि मात्र हो गाडी युवाको पकडमा पुगेको हो। आक्रोशित युवाले सबैभन्दा पहिला गाडीको हावा खुस्काइदिए। मन्त्री र मन्त्रीको सुरक्षामा खटिएका दुई जना पिएसओलाई गाडीबाट...
बहराइनको दरबारमा नेपाली रोयल गार्ड
खाडीका देशहरुमा कहाँ छैनन् र नेपाली ? साउदी अरब, युएई, बहराइन, इराक, जोर्डन, यमन सबैतिर नेपाली पुगेका छन् । दक्ष जनशक्तिदेखि क्लिनर, कन्सट्रक्सनको काम गर्नेसम्म ती देशमा नेपाली छन् । बहराइनको स्थिति अलिक फरक छ । नेपालीले त्यहाँको दरबार र राजपरिवार सदस्यलाई रोयल गार्डको रुपमा सुरक्षा दिन्छन् ।सुन्दर समुन्द्री तट भएको बहराइनमा नेपालीहरु रोयल गार्ड, घरको सुरक्षा, किचेन, घरभित्रको काम, ड्राइभिङ जस्ता काम गर्दै आएका छन् । बहराइनमा राजतन्त्र छ । त्यहाँ अहिले हमाद बिन इसा अल खलिफा महाराज छन् ।इमान्दार स्वभावका नेपालीहरुले महाराज र राजपरिवार सदस्यको मन जितेका छन् । विश्वास आर्जन गरेका छन् । त्यही...
अहिलेसम्मकै सबैभन्दा धेरै नेपाली विद्यार्थी अमेरिका पुगे
उच्च शिक्षा अध्ययन गर्न अमेरिका जाने नेपाली विद्यार्थीहरु प्रत्येक वर्ष बढ्दै गएका छन् । विश्व उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न कसलाई मन लाग्दैन र? अनुसन्धान, काम र व्यवसायमा उत्कृष्ट करिअर चाहने प्रत्येक युवाको सपना हुन् अमेरिकी विश्वविद्यालयहरु। यो पटक हामीले अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीबारे खोजी गरेका छौँ । अमेरिकी विश्वविद्यालयहरुमा कति नेपाली छन्? उनीहरुले कुन विषय पढिरहेका छन्? स्नातक, स्नातकोत्तर, पीएचडी कुन तहमा कति विद्यार्थी छन्? सबैभन्दा पहिला हामीले यी प्रश्नहरु इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेसन (आईआईई) लाई इमेलबाट सोध्यौँ । Fact-SheetDownload ...




















