Skip to main content
बिहिबार, २२ असोज २०८३

अदृश्य शक्तिको इसारामा कांग्रेस विभाजन गर्ने प्रयास भइरहेको छ: प्रकाशमान सिंह

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 8, 2026


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई कमजोर र विभाजित गर्ने प्रयास भइरहेको बताउनुभएको छ। काठमाडौँ महानगर अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले कसैको स्वार्थ पूरा हुन नदिने र पार्टीको इतिहास, विधान तथा स्थापित परम्परा विपरीत कार्य गर्न नहुनेमा जोड दिनुभयो।

गल्ती गर्नेहरूलाई ढाकछोप वा प्रोत्साहन गर्ने परिपाटी गलत रहेको उल्लेख गर्दै उहाँले बेथितिहरूलाई सच्चाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। लोकतान्त्रिक पार्टीमा मतभेद र भिन्न विचार स्वाभाविक भए पनि विधि र नियम उल्लङ्घन गरेर मनपरी गर्नु अलोकतान्त्रिक व्यवहार भएको उहाँको तर्क थियो।

सभापति शेरबहादुर देउवाको नेतृत्व र केन्द्रीय कार्यसमितिले विधान अनुसार नै आवश्यक निर्णय गर्दै अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो। संस्थापक नेताहरूले देखाएको निष्ठा, सिद्धान्त र आदर्शको बाटोमा रहेर वर्तमान चुनौतीहरूको समाधान गर्दै अघि बढ्ने नेता सिंहले प्रतिबद्धता जनाउनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।