Skip to main content
बिहिबार, २२ असोज २०८३

त्रिविलाई परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 8, 2026


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सुस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गर्न त्रिविलाई निर्देशन दिनुभएको छ। काठमाडौँको कीर्तिपुरमा आयोजित विश्वविद्यालयको ६७औँ वार्षिक बैठकमा बोल्दै मन्त्री पोखरेलले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गरी ढिलो परीक्षा र नतिजाको परिपाटी सुधार्न आग्रह गर्नुभयो।

उहाँले विश्वविद्यालयलाई पठनपाठनमा मात्र सीमित नराखी राष्ट्रको नीति, कानुन र पाठ्यक्रम निर्माणमा सहयोग पुर्याउने मुख्य ‘थिंक ट्याङ्क’का रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। नेपालका १५ वटै विश्वविद्यालयहरूसँग जोडिएकाले त्रिविले अभिभावकीय भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो।

त्रिविको अधिकार विकेन्द्रीकरण गर्दै यसै वर्षदेखि काठमाडौँ बाहिरका प्रदेशमा पनि दीक्षान्त समारोह आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो। साथै, आङ्गिक क्याम्पसको जीर्ण पूर्वाधार सुधार, क्याम्पसको सौन्दर्यीकरण र विदेशी विद्यार्थी आकर्षित गर्ने वातावरण निर्माणका साथै इनोभेसन सेन्टरहरू प्रभावकारी रूपमा सञ्चालन गर्न मन्त्री पोखरेलले सुझाव दिनुभयो।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।