Skip to main content
आइतबार, २५ असोज २०८३

बेत्रावतीको एक्रो ब्रिज हस्तान्तरण: नुवाकोट र रसुवाको यातायात सञ्चालनमा

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Ground Zero

October 11, 2026


नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानास्थित बेत्रावतीको फलाकु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। गत भदौ १० को बाढीले क्षति पुर्‍याएको उक्त क्षेत्रमा सेनाले कडा चट्टान फुटाएर पहुँच मार्ग बनाउँदै असोज २० देखि २४ गतेभित्र पुल जडान सम्पन्न गरेको हो।

४० टन भारवहन क्षमता रहेको यो पुल २४० फिट लामो र १८ फिट चौडा छ। सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सेनाले देशैभर ५१ वटा पुल निर्माण गरिसकेको छ।

पुल निर्माणसँगै रसुवा पुनः राष्ट्रिय राजमार्गसँग जोडिएको छ। उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल र स्थानीयवासीले पुल सञ्चालनमा आएपछि आवतजावत सहज भई जनजीवन सामान्य बन्दै गएकोमा खुसी व्यक्त गरेका छन्। तीनै तहका सरकारले विपद् पीडितको पुनस्थापनामा काम गरिरहेको जनाइएको छ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।