Author: Ground Zero
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताउनुभएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित दुई महिने राष्ट्रिय जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले जनताको त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षा गर्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले राष्ट्रियतामाथि आघात पुगे टुलुटुलु हेरेर नबस्ने स्पष्ट पार्नुभयो। पार्टीको मुख्य आधार जनता नै भएकाले घरदैलोमा पुगेर उनीहरूका गुनासो, अपेक्षा र सुझाव सुन्ने उहाँको भनाइ थियो। उहाँले...
रामेछापको मन्थली नगरपालिकामा १ करोड १३ लाखको अनियमितता
रामेछापको मन्थली नगरपालिकामा १ करोड १३ लाख ६४ हजार ७२ रुपैयाँको चरम अनियमितता भएको छ भने कुनै प्रमाण तथा कागजात नै पेस नगरी ७६ लाख ५६ हजार ५ सय ४५ रुपैयाँ स्वाहा पारिएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार मन्थली नगरपालिकाको कुल अद्यावधिक बेरुजु २५ करोड ७ लाख ५५ हजार ६ सय ३० रुपैयाँ पुगेको छ। वडा नं २ मा सांस्कृतिक सङ्ग्रहालय निर्माणको नाममा विनियोजन गरिएको बजेटबाट चामल, तेल र प्याज खरिदका बिल भरपाई मिलाएर खाना-खाजामा २ लाख रुपैयाँ उडाइएको छ। समयमै बिजुलीको महसुल नबुझाउँदा नगरपालिकाले जरिवानाबापत मात्रै १ लाख ५१ हजार रुपैयाँभन्दा बढी थप व्ययभार व्यहोरेको छ। त्यस्तै, रोजगार...
रामेछापको खाँडादेवी गाउँपालिकामा १ करोड ७५ लाखको अनियमितता
रामेछापको खाँडादेवी गाउँपालिकामा १ करोड ७५ लाख ९ सय १९ रुपैयाँको अनियमितता भएको छ भने कुनै प्रमाण तथा कागजात नै पेस नगरी १ करोड २६ लाख ९ सय ६० रुपैयाँ झ्वाम पारिएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकाको कुल अद्यावधिक बेरुजु ५९ करोड २३ लाख ८४ हजार ३ सय ५७ रुपैयाँ पुगेको छ। कानुन विपरीत वडा नं ३ मा दरबन्दी नै नभएको पदमा ज्यालादारी कर्मचारी राखेर ३ लाख १५ हजार रुपैयाँ बाँडिएको छ। यस्तै, समयमै बिजुलीको महसुल नबुझाउँदा जरिवानाबापत मात्रै ६ लाख ५३ हजार रुपैयाँभन्दा बढी थप व्ययभार पारिएको छ। निर्देशिकाले तोकेको सीमाभन्दा बढी अध्यक्ष र उपाध्यक्षको क्वार्टर व्यवस्थापन, खाना...
मकवानपुरको मनहरी गाउँपालिकामा १ करोड ४३ लाखको अनियमितता
मकवानपुरको मनहरी गाउँपालिकामा १ करोड ४३ लाख ४० हजार ७ सय ७८ रुपैयाँको अनियमितता भएको छ भने आवश्यक प्रमाण र कागजात नै पेस नगरी ११ लाख ७९ हजार २ सय ३० रुपैयाँ स्वाहा पारिएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुसहित मनहरीको कुल अद्यावधिक बेरुजु ३० करोड ९७ लाख ८९ हजार ५८ रुपैयाँ पुगेको लोक सेवा आयोगमा माग नै नपठाई नाप्रास, अमिन र सामाजिक परिचालक जस्ता पदमा नियमविपरीत करारमा कर्मचारी भर्ती गरेर २१ लाख ८८ हजार रुपैयाँभन्दा बढी उडाइएको छ। यस्तै, विपद्का नाममा ब्याकहो लोडर चलाउँदा नापजाँचको प्राविधिक प्रतिवेदनबिनै इन्धनका नाममा १८ लाख ५३ हजार रुपैयाँ भुक्तानी...
मकवानपुरको बकैया गाउँपालिकामा १ करोड २१ लाखको अनियमितता
मकवानपुरको बकैया गाउँपालिकामा १ करोड २१ लाख ७२ हजार ७ सय ९६ रुपैयाँको चरम अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेस नगरी ३६ लाख ३९ हजार २ सय ८२ रुपैयाँ खर्च पारिएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुसहित गाउँपालिकाको कुल अद्यावधिक बेरुजु १९ करोड ८९ लाख ८२ हजार १ सय ८० रुपैयाँ पुगेको छ ओ एण्ड एम सर्भे नै नगरी नियमविपरीत करारमा मान्छे थपेर ५७ लाख ७८ हजार रुपैयाँभन्दा बढी अनियमित तरिकाले बाँडिएको छ। कानुनले रोक लगाएको अध्यक्षको स्वकीय सचिव पदमा ज्यालादारीमा कर्मचारी राखेर २ लाख ४८ हजार रुपैयाँ गैरकानुनी भुक्तानी दिइएको छ। आफ्नै बजेट हुने...
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १ करोड ६७ लाखको अनियमितता
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १ करोड ६७ लाख ७ हजार ५ सय १७ रुपैयाँको चरम अनियमितता भएको छ भने आवश्यक प्रमाण र कागजात नै पेस नगरी १ करोड १ लाख ८८ हजार २ सय १६ रुपैयाँ स्वाहा पारिएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुसहित इन्द्रसरोवरको कुल अद्यावधिक बेरुजु १२ करोड ९० लाख ३८ हजार ८ सय ९७ रुपैयाँ पुगेको छ। संगठन र व्यवस्थापन सर्वेक्षणको स्वीकृत दरबन्दीभन्दा बढी दरबन्दी बाहिरका ८ जना अनावश्यक कर्मचारी भर्ना गरेर ३४ लाख २१ हजार रुपैयाँभन्दा बढी उडाइएको छ। गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कार्यपालिकाको स्वीकृति र भ्रमण अभिलेखबिनै १ लाख ४६ हजार रुपैयाँभन्दा...
हेटौंडा उपमहानगरपालिकामा ४ करोड ८८ लाखको अनियमितता
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ४ करोड ८८ लाख ८४ हजार ९९ रुपैयाँको चरम अनियमितता भएको छ भने आवश्यक प्रमाण तथा कागजात नै पेस नगरी ८५ लाख ७५ हजार ७ सय २४ रुपैयाँ स्वाहा पारिएको छ! महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार अघिल्लो वर्षको बेरुजुसहित हेटौँडा उपमहानगरको कुल अद्यावधिक बेरुजु ५५ करोड ८० लाख ७४ हजार ३ सय ३० रुपैयाँ पुगेको छ। प्रदेश कानुन विपरीत निर्देशिका बनाएर जनप्रतिनिधि र अधिकारीहरूलाई चियापान तथा अतिथि सत्कारका नाममा ५९ लाख ४० हजार रुपैयाँ बाँडिएको छ। मन्त्रालयको स्वीकृति नै नलिई भारत र क्यानडा भ्रमणको खर्च भुक्तानी गरिएको छ भने आफ्नै सभाहल छाडेर सौराहाका महँगा रिसोर्टमा...
बुढीगण्डकी बाढी प्रभावित क्षेत्र विपद् सङ्कटग्रस्त घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित गोरखा, धादिङ र बागलुङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार प्रभावित परिवारले निजी रूपमा अस्थायी बसोबास गर्दा अधिकतम छ महिनाका लागि प्रतिपरिवार मासिक रु. १५ हजार (चार जनासम्म) र सोभन्दा बढी सदस्य भए प्रतिसदस्य थप रु. दुई हजार राहत उपलब्ध गराइने छ। बैठकले जापानबाट प्राप्त हुने २९८ मिलियन जापानी येन र जर्मनीबाट प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने...
पराजित र छुटेका सबैलाई समेटेर अघि बढ्छौँ : सभापति गगन थापा
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको नयाँ कार्यसमिति चयनका क्रममा छुटेका वा पराजित भएका सबैलाई समेटेर अघि बढ्ने बताउनुभएको छ। बौद्धिक पेसाकर्मी अभियान परिषद्द्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यासको निरन्तर प्रक्रिया भएको स्पष्ट पार्नुभयो। उहाँले पार्टीभित्र जित्नेले सबै कुरा पाउने र हार्नेले सबै गुमाउने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिनुभयो। पार्टीभित्र नेतृत्व चयनका लागि अपनाइएको निर्वाचन प्रक्रियाबाट धेरै महत्त्वपूर्ण सिकाइहरू प्राप्त भएको उहाँको भनाइ थियो। सबै सदस्यको समान अधिकार रहने उल्लेख गर्दै...
गृहमन्त्री गुरुङको निर्देशन: संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने
गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउने जोकोहीलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पार्नुभएको छ। ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सूचनाको संरक्षण र गोपनीयता कायम राख्न जिम्मेवार हुन निर्देशन दिनुभयो। नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनी सुधार तथा सेवासुविधा थप गर्न सरकारले पहल गरिरहेको उहाँले बताउनुभयो। अन्तरदेशीय अपराध नियन्त्रणका लागि प्रहरीलाई थप सक्षम बनाउनुपर्नेमा जोड दिँदै गृहमन्त्री गुरुङले प्रहरीको बर्दीलाई डर-त्रासको नभई आशा, भरोसा र सहकार्यको प्रतीक बनाउन आग्रह गर्नुभयो। विपद् उद्धारमा खटिने...
अलोकतान्त्रिक ढङ्गले सत्ता परिवर्तन गर्ने प्रवृत्तिको अनुसन्धान हुनुपर्छ: केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृत्तिका विरुद्ध अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान’को वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्याएर आफ्ना कठपुतली सरकार स्थापना गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो। सरकारमा रहनेहरू जनताप्रति पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उहाँले एमाले नेतृत्वको सरकारले अशक्त, अपाङ्गता भएका, असहाय र ज्येष्ठ नागरिकको व्यवस्थापनमा विशेष ध्यान दिएको स्मरण...
कांग्रेस १५ औं महाधिवेशन: मतगणना अन्तिम चरणमा, बिहीबार रातीसम्म सम्पूर्ण नतिजा आउने
नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतगणना बिहीबार रातीसम्म सकिने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सबै पदको अन्तिम मतपरिणाम बिहीबार रातीसम्म सार्वजनिक भइसक्नेछ। अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना निकै दु्रत गतिमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो। महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भइसक्नुभएको छ। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ। खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी...
प्रस्तावित राजदूत चुडामणि खरेलबारे थप अध्ययन गर्ने संसदीय सुनुवाइ समितिको निर्णय
संसदीय सुनुवाइ समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलबारे थप अध्ययन गर्ने भएको छ। बुधबार बसेको समिति बैठकमा खरेलमाथि आर्थिक चलखेललगायतका गम्भीर प्रश्न उठेपछि थप अध्ययन गरेर मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो। बैठकमा रास्वपाका कविन्द्र बुर्लाकोटी, माओवादीका वर्षमान पुन र एमालेकी पद्मा अर्याललगायत सांसदहरूले तथ्यहरू सार्वजनिक भएकाले थप छानबिन र छलफल आवश्यक रहेको बताउनुभयो। सांसदहरूको मागपछि समिति सभापति बोध नारायण श्रेष्ठले थप अध्ययनपश्चात् मात्र आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो। यता, प्रस्तावित राजदूत खरेलले भने आफूमाथि लागेका...
पार्टीमा सही पद्धति बसाल्न जोड दिने उपसभापति मधु आचार्यको प्रतिबद्धता
नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई सबल रूपमा अघि बढाउन सही पद्धति बसाल्ने बताउनुभएको छ। बुधबार काठमाडौँमा आयोजित लक्ष्मण बहादुर शाहीको ‘आधा अध्याय’ पुस्तक लोकार्पण समारोहमा बोल्दै आचार्यले पार्टीमा व्यक्तिभन्दा पद्धति महत्त्वपूर्ण हुने स्पष्ट पार्नुभयो। पहुँचका आधारमा अवसर पाउने प्रवृत्तिको विरोध गर्दै उहाँले निष्ठापूर्वक जनताको सेवामा समर्पित कार्यकर्तालाई प्राथमिकता दिइने बताउनुभयो। चुनावी टिकट वितरणमा पनि आन्तरिक मूल्याङ्कनको स्पष्ट पद्धति विकास गर्नुपर्नेमा उहाँको जोड थियो। लोकतन्त्र आफैँमा एक पद्धति भएकाले यसले ल्याउने सकारात्मक सुधारलाई आत्मसात् गर्दै...
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा १ करोड ५६ लाखको अनियमितता
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा १ करोड ५६ लाख ५० हजार ७ सय ५५ रुपैयाँको चरम अनियमितता भएको छ भने कुनै प्रमाण तथा कागजात नै पेस नगरी १ करोड २३ लाख ६३ हजार ८ सय १६ रुपैयाँ झ्वाम पारिएको छ ! महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार चन्द्रागिरिमा कुल २९ करोड ३ लाख ७३ हजार ८ सय ७३ रुपैयाँ अद्यावधिक बेरुजु पुगेको छ। स्थानीय सरकार सञ्चालन ऐन विपरीत २७ जना इन्जिनियर, ल्याब असिस्टेन्ट र प्रशासनिक कर्मचारीलाई गैरकानुनी रूपमा करारमा राखेर ९९ लाख ६३ हजार रुपैयाँ तलबभत्ता बाँडिएको भेटिएको छ। कार्यविधि अनुसार अधिकतम ५० हजार रुपैयाँसम्म मात्र भुक्तानी दिन पाइने वृत्तचित्र निर्माणमा नियमविपरीत ३...
आईपीयू महासभामा सहभागी भई सभामुख अर्याल स्वदेश फिर्ता
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औँ महासभामा सहभागी भई मंगलबार दिउँसो स्वदेश फर्कनुभएको छ। तान्जानियामा आयोजित महासभामा सभामुख अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको हो। भ्रमणबारे जानकारी दिँदै संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले नेपालले प्रस्तुत गरेको जलवायु विपद् सम्बोधन र हिमाली क्षेत्रको उत्थानशीलता सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुईतिहाइ मतले पारित भई छलफल भएको बताउनुभयो। नेपालको संसदीय इतिहासमा यो पहिलो ऐतिहासिक सफलता भएको उहाँको भनाइ छ। भ्रमणका क्रममा युवा नेतृत्व, संसदीय सहभागिता र दिगो विकासबारे...
अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुने रास्वपाको स्पष्टोक्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले अडियो प्रकरणमा दोषी पाइए सांसद खगेन्द्र सुनारमाथि नियमानुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ। मंगलबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुर्लाकोटीले उक्त प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगले छानबिन सुरु गरिसकेको जानकारी दिनुभयो। बाहिर आएका प्रमाण र अडियोको सत्यतथ्य पत्ता लगाउन छानबिन भइरहेको र प्रक्रिया नटुङ्गिएसम्म सुनारलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको उहाँले बताउनुभयो। अडियो प्रकरणमा राज्यका कानुन आकर्षित भएमा सरकारी निकायहरूले गर्ने अनुसन्धानमा पार्टीको पूर्ण सहयोग...
नेपाल-ओमान सम्बन्ध थप सुदृढ बनाउने प्रस्तावित राजदूत पदमाक्षी राणाको प्रतिबद्धता
ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मंगलबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन गर्दै दुई देशबीचको सहकार्य अझ मजबुत बनाउने बताउनुभयो। उहाँले बलियो जनस्तरको सम्बन्धलाई विस्तार गर्दै साझा समृद्धिका लागि व्यावहारिक सहकार्य गर्नु आफ्नो मुख्य लक्ष्य रहेको धारणा राख्नुभयो। नेपाल र ओमानबीचको श्रम गतिशीलतालाई निरन्तरता दिँदै थप सुदृढ बनाइने उहाँको भनाइ छ। यसैगरी व्यापार तथा लगानी प्रवर्द्धनका...
संसदीय दलकी उपनेता पद्मा अर्यालको माग: सांसद सुनार अडियो प्रकरणको संसदीय छानबिन हुनुपर्छ
नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको अडियो प्रकरणप्रति गम्भीर आपत्ति जनाउँदै संसदीय छानबिनको माग गर्नुभएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले यो विषय सम्बन्धित राजनीतिक दलको मात्र नभई संसदकै दायराभित्र पर्ने भएकाले संसदबाटै गम्भीरतापूर्वक छानबिन हुनुपर्ने बताउनुभयो । छानबिनका क्रममा दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उहाँको भनाइ छ । सार्वजनिक पदमा रहेका व्यक्तिहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर जनताको सेवकका रूपमा प्रस्तुत हुनुपर्नेमा...
आर्थिक कूटनीति र पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता
भारतका लागि प्रस्तावित राजदूत डा. निश्चल नाथ पाण्डेले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा बदलेर नेपालमा लगानी र प्रविधि भित्र्याउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै डा. पाण्डेले भारतीय पर्यटक बढाउन र भारतीय कर्मचारीहरू लक्षित विशेष योजना ल्याउनुपर्ने बताउनुभयो। साथै, नयाँ दिल्ली, वाराणसी, बेंगलोर लगायतका शहरहरूसँगै कलकत्तासँग पनि नियमित उडानका लागि प्रयास गर्ने उहाँको भनाइ थियो। उहाँले सीमा सुरक्षामा प्रविधि तथा ड्रोनको प्रयोग बढाएर ‘स्मार्ट बोर्डर’ अवधारणा लागू गर्नुपर्नेमा जोड...
एमालेविरुद्धको घेराबन्दी अझै जारी छ: केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नजिकिँदै गर्दा एमालेविरुद्धको घेराबन्दी अझै जारी रहेको बताउनुभएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले विगतदेखि नै पार्टीविरुद्ध पटक-पटक घेराबन्दीको प्रयास भइरहेको उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रियता, स्वाधीनता र लोकतन्त्र कमजोर बनेको अवस्थामा तिनको पुनरुत्थान अनिवार्य सर्त रहेको बताउनुभयो। राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने चेतावनी दिँदै उहाँले पार्टीलाई सशक्त रूपमा अघि बढाउन आन्तरिक विरोध र असहमतिमा नअल्झिन...




















