
Ground Zero
October 8, 2026

नेपाली कांग्रेसका केन्द्रीय सदस्य (खुला) पदका उम्मेदवार चिरीबाबु महर्जनले पार्टीभित्र कुनै पनि किसिमको विभाजन नहोस् भन्ने नै मुख्य उद्देश्य रहेको बताउनुभएको छ। महाधिवेशनको प्रचारप्रसारका क्रममा बिहीबार बोल्दै उहाँले गगन थापाको नेतृत्वमा बन्ने कार्यसमितिले प्रभावकारी रूपमा नतिजा दिनका लागि आफू पूर्ण रूपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दिएका अन्य नेताहरूले पनि पार्टीलाई बलियो र एकढिक्का बनाएर लैजाने दाबी गरेका छन्। महामन्त्रीका उम्मेदवार नैनसिंह महरले देशको सङ्कट समाधान गर्दै राजनीतिक दल र जनताबीचको दूरी घटाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो।
त्यस्तै, केन्द्रीय सदस्य (महिला खुला) की उम्मेदवार बासना थापाले असन्तुष्ट पक्षलाई मिलाउँदै आगामी चुनौती सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। अन्य उम्मेदवारहरूले पनि कांग्रेसलाई सशक्त र नतिजामुखी बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता जनाएका छन्।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।