
Ground Zero
October 7, 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। बुधबार राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको बृहत्तर एकताका लागि गगन थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ताको घोषणा गर्नुभयो।
पार्टी संकटमा रहेको विशेष परिस्थितिमा कांग्रेसलाई बलियो बनाउन मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। त्रिचन्द्र कलेजको स्ववियु कालदेखिकै सहकार्य स्मरण गराउँदै उहाँले थापालाई सहयोग गर्न उम्मेदवारी छाडेको स्पष्ट पार्नुभयो। साथै, नयाँ पुस्तालाई कांग्रेसको इतिहास र मूल्यमान्यता बुझाउँदै मर्यादित बनाउने जिम्मेवारी पुरानो पुस्ताको रहेको उहाँले बताउनुभयो।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ, जसका लागि उम्मेदवारहरू अन्तिम समयमा मत माग्न व्यस्त छन्।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।