Author: Ground Zero
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको वाइडबडी जहाज उडेको केही मिनेटमै दायाँ इन्जिनमा आगलागी भएपछि भारतको कोलकाता डाइभर्ट गरिएको छ । आकाशमै देखिएको प्राविधिक संकटबीच चालकदलले दायाँ इन्जिन बन्द गरी बायाँ इन्जिनको भरमा जहाजलाई सुरक्षित गन्तव्यमा पुर्याएका छन् । जहाजमा सवार सबै २२५ यात्रु र चालकदल सुरक्षित रहेका छन् । उडेको चार मिनेटमै इन्जिनमा आगो विमानस्थल प्रशासनका अनुसार टर्किस एयरलाइन्सको उडान नम्बर टीएचवाई–७२७ को ए ३३०–३०३ सिरिजको जहाज बुधबार दिउँसो १: २८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । तर...
खोला सारेर व्यापार साम्राज्य निर्माण: टाटा मोटर्सको नेपाल वितरक सिप्रदीमाथि गम्भीर कानूनी प्रश्न
सिप्रदी ट्रेडिङ प्रालिको ठीक बीचबाट बल्खु खोला बग्थ्यो । यो आरोप होइन । यो दाबी होइन ।यो नापी विभागको नक्सा र फिल्ड बुकले पुष्टि गरेको तथ्य हो । आज त्यही ठाउँमा खोला छैन । कंक्रिट छ ।भवन छन् र गाडीहरू पार्किङमा लाइनमा छन् । तर नक्सामा —बल्खु खोला अझै त्यहीँ बगिरहेको छ ।यो भारतको बहुराष्ट्रिय कम्पनी टाटा मोटर्स लिमिटेडको नेपालका लागि एक मात्र आधिकारिक वितरक — सिप्रदी ट्रेडिङ प्रालिको व्यापारिक कम्पाउन्ड हो । खोला कसरी कब्जा भयो ?ग्राउण्ड जिरोको पहिलो सिरिजमा हामीले देखाइसकेका छौं —सिप्रदीले कसरी बल्खु खोला मिच्यो । खोलाको प्राकृतिक बहाव परिवर्तन गर्यो र स्थानीय सर्वसाधारण नागरिकका...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: ८ अर्ब भ्रष्टाचारमा ५ लाख धरौटी-प्रदीप अधिकारी प्रकरण सर्वोच्चमा
नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी जसको कार्यकालमै ३५ अर्ब रुपैयाँ लागतको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भयो—अहिले सोही आयोजनासँग जोडिएको अर्बौं रुपैयाँको भ्रष्टाचार प्रकरणमा केन्द्रमा छन् । विशेष अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग उक्त आदेश बदरको माग गर्दै सर्वोच्च अदालत पुगेको छ । अख्तियारले माघ २ गते सर्वोच्च अदालतमा दायर गरेको पुनरावेदनमा विशेष अदालतको थुनछेक आदेशलाई कानून, प्रमाण र स्थापित न्यायिक नजिरविपरीत भन्दै प्रदीप अधिकारीसहित सात जना प्रतिवादीलाई थुनामा राखी...
कसरी बल्खु खोला निजी व्यापारिक कम्पाउन्डमा बिलीन भयो ?
काठमाडौंको पश्चिमी किनारमा, जहाँ एक दिन खोला बग्थ्यो । तर, आज यहाँ कंक्रिट छ । यो भारतको टाटा मोटर्स लिमिटेडको नेपालका लागि एक मात्र आधिकारिक वितरक — सिप्रदी ट्रेडिङ प्रालिको व्यापारिक कम्पाउन्ड हो र, यही कम्पाउन्ड भित्र नक्सामा अझै बगिरहेको एउटा खोला छ —बल्खु खोला ।अहिले बगिरहेको बल्खु खोलायो अहिले बगिरहेको बल्खु खोला हो । चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ११ र १४ छुट्याउने प्राकृतिक सिमाना । आज बल्खु खोला यहाँ सिधा बगेको देखिन्छ । कंक्रिटको पर्खालबीच ।सानो, साँघुरो धार । तर, के बल्खु खोला सधैं यस्तै थियो ?नक्साले देखाएको खोलानापी विभागको आधिकारिक सर्वे नक्सा —२०२२ साल ।यो नक्साले भन्छ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र प्राविधिक चुनौतीहरू
पोखराको आकाश अझै पनि अन्तर्राष्ट्रिय उडानको आवाज सुन्न आतुर छ । ३५ अर्ब लगानीमा चीनको ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुन सकेको छैन ।यो केवल व्यवस्थापनको असफलता मात्र होइन, प्राविधिक, नीतिगत र गम्भीर भ्रष्टाचारजन्य निर्णयहरूको संयुक्त परिणाम हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही विमानस्थल निर्माणमा ८ अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै पहिलो चरणको मुद्दा विशेष अदालतमा दायर गरिसकेको छ ।मुद्दाको केन्द्रमा छन्—नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी, जो हाल...
एक खर्ब भ्रष्टाचारको छायाँ– अख्यिार प्रमुख प्रेम राईलाई हत्याको धम्की र प्रदिप अधिकारीको कनेक्सन
नेपालको उड्डयन क्षेत्रमा करिब १ खर्ब भ्रष्टाचारका मुख्य नाइके प्रदिप अधिकारीलाई पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई हत्या गर्ने योजना प्रदिप अधिकारीले बनाएको खुलेको छ । आफूलाई उग्रवादी समुह नेपालका संयोजक बताउने प्रकाश पाठकले २ मिनेट २१ सेकेण्डको भिडियो जारी गरी प्रदिप अधिकारीलाई अख्यिार प्रमुख प्रेम राईले चर्चामा आउनका लागि पक्राउ गरेको र अब यस्तो काम बन्द गर्न धम्की दिएको हो । त्यति मात्रै नभएर उक्त भिडियोमा प्रदिप अधिकारीको नाम दुई दुई पटक लिँदै उनलाई समातेकै कारण तल्लो स्तरको भाषा प्रयोग गर्दै अख्यिार प्रमुख राईलाई हत्या गर्ने चेतावनी दिएको हो । ...
उड्डयन संकटको पाँच वर्ष: १२३ जनाको मृत्युपछि पनि न्यायिक छानबिन कहाँ अड्कियो ?
नेपालको आकाश — जहाँ सपनाहरू उड्छन्, तर कहिलेकाहीँ, त्यही आकाशमा न्याय पनि हराउँछ । पाँच वर्षभित्र सात हवाई दुर्घटना र एक सय २३ जनाको मृत्यु । तर आजसम्म, कुनै उच्चस्तरीय न्यायिक छानबिन छैन । के यो केवल दुर्घटना हो — कि योजनाबद्ध मौनता ?
मिति : २०२४ जुलाई २४
समय : बिहान ११ : ११ मिनेट
स्थान : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
एयरलाइन्स : सौर्य एयरलाइन्सको CRJ-200 LR.
दर्ता नम्बर : 9N-AME
उडान : काठमाडौं — पोखरा मर्मतका लागि उड्दै थियो । तर उडानका केही सेकेन्डमै, त्यो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ठोक्कियो । १९ जना मध्ये १८ जनाको ज्यान गयो । तीन वर्षको नाबालक बालक, उसलाई ‘सौर्य...
सरकारी जग्गा र १० अर्बको मणिपाल: बतासविरुद्ध उजुरी दर्ता, के महाविर पुनले फिर्ता गराउन सक्लान् ?
सुशिला कार्की नेतृत्वको नयाँ सरकार, नयाँ आशा ! त्यसै आशाको केन्द्रमा छन् — शिक्षा मन्त्री महाविर पुन । जसले प्रयोगशालाबाट राजनीतिमा प्रवेश गरे, शिक्षालाई व्यापार होइन, आविष्कार बनाउन चाहने मान्छे । तर, उनी मन्त्री बन्नु भएको केही दिनमै शिक्षा मन्त्रालयमा दर्ता भएको एउटा उजुरी। पोखराका केही नागरिक अगुवाहरूले १० अर्ब बराबरको मणिपाल मेडिकल कलेज बतास समूहले अवैध रूपमा कब्जा गरेको भन्दै शिक्षा मन्त्रालयमा उजुरी दर्ता गरेका छन् । यो उजुरी केवल कागज होइन, यो देशको सम्पत्तिको रक्षा गर्ने अभियान हो ।
मणिपालको सुरुको कथा
सन् १९९२ । पोखराको फुलबारीमा एउटा नयाँ सपना जन्मियो — नेपाल मणिपाल मेडिकल कलेज।...
पोखरा विमानस्थल घोटाला: सरकार र अख्तियारको मौन रहस्य !
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । जहाँ ३५ अर्ब खर्च भयो, तर जहाज उडेन । यो कथा केवल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मात्रै होइन, भ्रष्टाचारको उडानको हो । नेपाली उड्डयनको इतिहासमा अहिले चर्चामा छ एक नाम — प्रदिप अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक । जसले नेपालको आकाशबाट विकासका सपना होइन, अर्बौंको भ्रष्टाचारको कालो धुवाँ उडाएका छन् ।
💸 भ्रष्टाचारको पृष्ठभूमि:
सामान्य इन्जिनियरबाट सुरु भएको प्रदिप अधिकारीको यात्रा नेपालकै उड्डयन प्रशासनको सर्वोच्च पद — महानिर्देशकसम्म पुग्यो । तर, यो उडान विकासको होइन, भ्रष्टाचारको सिँढी थियो ।
भ्रष्टाचारको हिसाब गर्दा नेपालको उड्डयन...
लुक्लामा सेटिङ, काठमाडौंमा अख्तियारको छापाः प्रदिप अधिकारी र लुकिएको फाइलको रहस्य
देशभर भ्रष्टाचार विरुद्धको लहर चलेको छ । जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले ठूलो माछा समाउने प्रतिज्ञा गरेकै थियो । तर यता, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी भने उस्तै ढुक्क थिए —ढुक्क, किनकि उनको भरोसा सिस्टम सेटिङमा थियो ।
असोज २४ गते, शुक्रबार, उनी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको टोली लिएर हेलिकोप्टरमा लुक्ला पुगे ।
लुक्लातर्फको उडान
“सोज २४ गते दिउँसो २ बजेतिर —फिस्टेल एयरको हेलिकोप्टर काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्छ । हेलिकोप्टरमा थिए —पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व न्यायाधीश आनन्द मोहन भट्टराईका भाई...
जेन-जी को दबाब र अख्तियारमाथि प्रश्नचिह्न: जब अख्तियार मौन रहन्छ, तब भ्रष्टाचार बोल्छ
काठमाडौं । मंगलबार बिहान टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेटअगाडि असामान्य दृश्य थियो। केही युवाहरू भन्दै थियो, ‘नैतिकताको आधारमा राजीनामा देऊ’, ‘भ्रष्टाचारमुक्त नेपाल हाम्रो सपना’ जस्ता नारा लगाउँदै उभिएका थिए। उनीहरू न कुनै दलका कार्यकर्ता थिए, न कुनै संस्थाका पेशेवर आन्दोलनकारी। उनीहरू थिए — जेन-जी मुभमेन्ट एलाइन्स, स्वतन्त्र नागरिक अभियानमा जुटेका नयाँ पुस्ताका प्रतिनिधि।
लक्ष्य स्पष्ट थियो — अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा। उनीहरूको बुझाइमा अख्तियार अब भ्रष्टाचारविरुद्धको प्रहरी होइन, बरु भ्रष्टाचारको मौन सहयात्री बनेको छ। “जब अख्तियार नै जनताको...
सौर्य एयरलाइन्स जहाज दुर्घटना प्रतिवेदन : मृतक को–पाइलटमाथि दोष, परिवार न्यायको खोजीमा
२०८१ साउन ९ गते, सौर्य एयरलाइन्सका यात्रुका लागि कहिल्यै नबिर्सने दिन बन्यो । काठमाडौंबाट पोखरा जाने क्रममा विमान दुर्घटना हुँदा १९ मध्ये १८ जनाको ज्यान गयो । तर, यो दुर्घटनापछि बनेको सरकारी जाँचबुझ आयोगको प्रतिवेदनले मृतक को–पाइलट सुशान्त कटुवाललाई मुख्य दोषी ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्सलाई निर्दोष देखाएको छ । पीडित परिवारका लागि यो प्रतिवेदन घाउमाथि नुन छर्किने काम भयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित पाँच सदस्यीय आयोगले प्रतिवेदन सार्वजनिक गर्दै जहाज बिग्रिएको वा प्रणालीगत त्रुटि भएको कुरा खारेज गर्दै दोष...
प्रधानमन्त्री कार्यालयको दर्ता नम्बर-१ : महानिर्देशकलाई तत्काल निलम्बन गर्न प्रधानमन्त्री कार्की समक्ष उजुरी
नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले आफ्नै महानिर्देशक प्रदीप अधिकारीलगायत उच्च पदाधिकारीविरुद्ध अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उजुरी दर्ता गराएका छन्। उनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मात्रै १८ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गर्दै तत्कालीन संसदीय समितिले पनि अधिकारीलाई निलम्बन गरी छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको तर कार्यान्वयन नभएको जनाएका छन्। लामो समयसम्म सरकारले चासो नदेखाएपछि हालैको जेनजी युवाहरूको भ्रष्टाचारविरोधी आन्दोलनपछि बनेको नयाँ सरकार केही गर्छ कि भन्ने...
अबको निकास के ?
हाम्रो देश अहिले एक जटिल राजनीतिक र सामाजिक मोडमा उभिएको छ। चरम भ्रष्टाचार तथा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी निर्णय, त्यसको विरुद्धमा भड्किएको जेनजी युवापुस्ताको आन्दोलन, प्रहरीद्वारा भएको गोली प्रहार र त्यसमा भएका मृत्युले राजनीतिक मात्र नभई नैतिक संकट पनि उजागर गरेका छन्। राज्य र जनताबीचको विश्वासको डोरी चुँडिन लागेको जस्तो देखिँदै गर्दा सबैको मनमा एउटै प्रश्न छ—अबको निकास के ? सबैभन्दा पहिले, दमन र बल प्रयोगबाट समाधान खोज्ने प्रयास दीर्घकालीन निकास हुन सक्दैन। इतिहासले देखाएको छ, जनताको आवाजलाई दबाउने प्रयासले अझ ठूलो विस्फोट निम्त्याउँछ। अहिले सडकमा देखिएको आक्रोश...
सर्वोच्च अदालतमा आगजनी, ५० हजार मुद्दा फाइल नष्ट !
काठमाडौंमा पछिल्लो सयम प्रदर्शन अराजक बन्दै जाँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत पनि आक्रमणमा पर्यो । आगजनीमा सर्वोच्च अदालतमा रहेका ५० हजार भन्दा बढी मुद्दाका फाइल जलेर नष्ट भएपछि सबै मुद्दा सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ। सर्वोच्च अदालतका कर्मचारीहरू अवशेष व्यवस्थापनमा खटिएका छन् ।
जेनजी आन्दोलनः संसद् भवनदेखि सिंहदरबारसम्म कब्जामा
जेनजी युवापुस्ताको आन्दोलनले देशको प्रमुख प्रशासकीय अड्डा सिंहदरबार कब्जा गरेका छन् । हजारको संख्यामा आएका युवाहरुले सिंहदरबार कब्जा गरेको हो । त्यसका साथै नयाँ बानेश्वरमा रहेका संसद भवनमा पनि आगजानी गर्दै नियन्त्रणमा लिएको हो ।त्यस्तै जेनजी युवापुस्ताले नेपाली कांग्रेस, एमाले लगायतका पार्टी कार्यालयहरु पनि जलाएका छन
भ्रष्टाचार विरुद्ध जेनजीको दोस्रो दिन पनि प्रर्दशन, ठाउँ ठाउँमा झड्प
भ्रष्टाचार तथा बेतिथीबिरुद्ध स्वस्फूर्त उत्रिएका युवाहरुको प्रदर्शन मंगलबार पनि जारी छन् । जेनजी समूहले सोमबार गरेको प्रर्दशनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । आज पनि ठाउँ ठाउँमा प्रर्दशनकारीले टायर बालेर प्रर्दशन गरिरहेका छन् । केही ठाउँमा झड्प पनि भएका छन् ।
सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनमा १६ प्रदर्शनकारीको मृत्यु
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृतकको संख्या १६ पुगेको छ। एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, सिभिल हस्पीटल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये थपको मृत्यु भएको पुष्टि भएको हो।मृत्यु हुनेमा कालिकोट घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । बाँकीको अहिलेसम्म पहिचान खुलेको छैन ।२ सय भन्दा बढी घाइतेमध्ये एक दर्जन गम्भीर अवस्थामा छन्।
भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर १६ मृत्यु
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृतकको संख्या १६ पुगेको छ। एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, सिभिल हस्पीटल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये थपको मृत्यु भएको पुष्टि भएको हो। ५० भन्दा बढी घाइतेमध्ये एक दर्जन गम्भीर अवस्थामा छन्।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : विकास कि भ्रष्टाचारको अर्को खेल ?
देशको दोस्रो प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा १ अर्ब ६ करोड भन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । तर पूर्व–पश्चिम रन–वे हुने भनिएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको जहाजको रुटको बारेमा हालसम्म टुंगो लागेको छैन । जसका कारणले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा भएको भ्रष्टाचार जस्तै निजगढमा पनि भ्रष्टाचार हुने होइन त ? भन्दै स्थानियबासी लगायत जानकारीहरुले चिन्ता व्यक्ति गरेका छन् । उनीहरुले जहाज टेकअफ र ल्याण्डिङ रुटको बारेमा कुरा नटुंग्याई जस्तो सुकै विमानस्थल निर्माण गरे काम नै नलाग्ने बताउँदै भ्रष्टाचारका लागि नभएर रुटको कुरा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारका मुख्य आरोपित मिडिया ट्राइलमा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब भन्दा बढी भ्रष्टाचारका आरोपित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी आफ्नो बचाउमा मिडिया ट्राइल गर्दै छन् ।सार्वजनिक लेखा समितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्काल निलम्बन सहितको कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारलाई सिफारिस गरेको थियो । तर, भ्रष्टाचार आरोपित अधिकारीमाथि कारबाही गर्न ढिला भएसँगै पछिल्लो समय मिडियामा तथानाम बोल्दै हिडेका छन् ।



















