Author: Ground Zero
सरकारी वनको जग्गामा टहरा बनाउने अनुमति लिएर भव्य पाँचतारे होटल खडा गरियो । अनि जब छानबिनको पालो आयो, छानबिन समिति नै व्यापारीको पछाडि उभियो ।आफ्नै क्षेत्राधिकार नाघेर, आफू अनुकूलका मान्छे राखेर हतार-हतार प्रतिवेदन तयार पारियो । अझ रमाइलो त के भने, सरकारी टोली छानबिन गर्न भन्दै श्रीमती र छोराछोरी बोकेर त्यही व्यापारीको पाँचतारे होटलमा पुग्यो र भोज खाँदै अनुगमन सम्पन्न गर्यो ।केबलकारका बिचौलिया चन्द्र ढकाल र वन निर्देशनालय बागमती प्रदेश हेटौंडाको यो मिलेमतोको भित्री कथा आजको सिरिजमा । चन्द्रागिरिको डाँडामा सेटिङको खेल !नेपालमा सरकारी सम्पत्ति, विशेष गरी वन क्षेत्रको जग्गा कसरी पहुँचवाला र...
EXCLUSIVE : छानबिन टोली नै सेटिङमा ? दोस्रो केबलकार र ब्याङ्केट हल निर्माणमा गैरकानूनी ठहर
चन्द्रागिरि डाँडाको बहुमूल्य राष्ट्रिय वन क्षेत्रभित्र सम्झौता र कानुनविपरीत दोस्रो केबलकार तथा ब्याङ्केट हल निर्माण भइरहेको पुष्टि भएको छ। बागमती प्रदेशको वन निर्देशनालय, हेटौंडाद्वारा गठित उच्चस्तरीय छानबिन टोलीले हालै बुझाएको स्थलगत छानबिन प्रतिवेदनले केबलकारका बिचौलिया चन्द्र ढकालले कानुन मिचेर निर्माण अघि बढाएको ठहर गर्दै तुरुन्त निर्माण कार्य स्थगन गर्न सिफारिस गरेको छ । साथै यो छानबिन गर्ने कर्मचारीहरु चन्द्र ढकालको प्रभावमा परेको प्रमाण ग्राउण्ड जिरोलाई प्राप्त भएको छ । प्राकृतिक सौन्दर्य र माफियाको आँखाकाठमाडौँ उपत्यकालाई दक्षिण-पश्चिमबाट घेरेर बसेको ऐतिहासिक र प्राकृतिक...
पाथीभरा केबलकार: चन्द्र ढकालको स्वार्थमा राज्यको गोली र किर्ते धन्दा !
यो ताप्लेजुङको मुक्कुमलुङ हो। लिम्बू (याक्थुङ) समुदायको हजारौँ वर्ष पुरानो मुन्धुमी आस्थाको धरोहर र रैथाने पहिचानको मुटु । तर, विगत केही वर्षयता यो पवित्र भूमि आस्थाको केन्द्र रहेन-यो त एउटा कर्पोरेट माफिया र राज्य आतङ्कको युद्धमैदान बनेको छ। जहाँ विकासका नाममा रैथाने पहिचानलाई बुटले कुल्चिएको छ र पर्यावरणको आवाज उठाउने नागरिकमाथि राज्यले गोली बर्साएको छ ।विकास कि बिनाश ? ‘पाथीभरा देवी दर्शन केबलकार प्रा.लि. नामको एउटा निजी कम्पनीको स्वार्थ रक्षा गर्न राजनीतिक दलका शीर्ष नेताहरू, मन्त्रीहरू र उच्च प्रशासकहरू कसरी एउटै कित्तामा उभिए ? कानुन बनाउने सांसद र कानुन कार्यान्वयन गर्ने...
मुकुम्लुङको चित्कार र शक्तिको उन्माद: पाथिभरा केबलकारको भित्री नालीबेली
विकास कसका लागि ? के जनताको आस्थाको जग भत्काएर, इतिहासको पहिचान नामेट पारेर र रैथानेहरूको छातीमा बन्दुकको नाल तेर्स्याएर गरिने भौतिक निर्माणलाई विकास भन्न मिल्छ ?सुदूरपूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित त्यो ऐतिहासिक डाँडा— जसलाई आज आधुनिक संसारले पाथिभरा देवीको मन्दिरका रूपमा पुज्छ। तर, यो भूगोल केवल पर्यटकीय गन्तव्य वा कंक्रिटको व्यापार गर्ने थलो मात्र होइन। यो रैथाने याक्थुङ लिम्बु समुदायको आदिमकालदेखिको मुन्धुमी, सांस्कृतिक र आध्यात्मिक ‘चोत्लुङ’ हो— अर्थात् मुकुम्लुङ।जब देशको राज्यसत्ता, नीतिगत कानुन र बन्दुकधारी फौज बिचौलियाको खल्तीमा बन्धक बन्छन्, तब पवित्र...
चन्द्रागिरिमा चन्द्र ढकालको लुट साम्राज्य ! १२ वर्षपछि बल्ल सुरु भयो सरकारी छानबिन
नेपालीमा एउटा उखान छ—’१२ वर्षमा खोला पनि फर्किन्छ। हो, चन्द्रागिरिको डाँडामा एउटा शक्तिशाली व्यापारीले चलाएको वातावरणीय र आर्थिक डकैतीको खोला पनि ठीक १२ वर्षपछि फर्किएको छ !हिजोसम्म कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूलाई आफ्नो रिसोर्टमा सित्तैमा बास बसाएर, रिझाएर, कानुनलाई खल्तीमा हाल्ने चन्द्र ढकालको साम्राज्यमा पहिलो पटक सरकारी कम्पन्न सुरु भएको छ। हिजो शक्तिको आडमा राज्यलाई झुक्याइयो, पर्यावरणको धज्जी उडाइयो। तर, जब ‘ग्राउण्ड जिरो’ ले लगातार ९ वटा सिरिजमार्फत स्टोरी सर्वाजनिक गर्यो र देशको राजनीतिक नेतृत्वमा बालेन शाह प्रधानमन्त्रीका रूपमा उदाए, तब १२ वर्षदेखि...
नुन बजारमा ‘नीतिगत कब्जा’ को खेल
हिमालदेखि तराई-मधेशसम्म हरेक भान्साको अनिवार्य आवश्यकता हो— नुन । ६२ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले भूकम्प, नाकाबन्दी र महामारीमा समेत देशभर सुलभ मूल्यमा नुनको आपूर्ति गर्दै आएको छ। तर, राजनीतिक र व्यापारिक स्वार्थको चंगुलमा पारेर यो स्थापित प्रणालीलाई भत्काउने प्रयास तीव्र पारिएको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पालामा चालिएका कदमहरूले नुन बजारलाई व्यापारीको हातमा सुम्पिने आधार तयार गरेको आरोप लागेको छ। यसै पृष्ठभूमिमा, बालेन शाह नेतृत्वको सरकारले विगतका यी आत्मघाती निर्णयहरू खारेज गर्नुपर्ने माग उठेको छ। प्रस्तुत छ, यिनै गम्भीर विषयहरूमा...
झलनाथदेखि केपी ओलीसम्म: चन्द्र ढकालको स्वार्थका लागि ६ वटा सरकारले कसरी पालैपालो घुँडा टेके ?
आजको ग्राउण्ड जिरोमा हामी देशको त्यही शक्तिशाली र विभेदकारी कानुनको शल्यक्रिया गर्दैछौँ। हामी खोतल्दैछौँ चन्द्रागिरिको त्यो डाँडो, जहाँ एउटा स्वघोषित व्यापारी चन्द्र ढकालको व्यापारिक स्वार्थका लागि देशका छ वटा फरक-फरक सरकारहरूले कसरी पालैपालो घुँडा टेके, कसरी नीतिगत सेटिङको चक्रव्यूह रचियो, र कसरी वन जोगाउने कसम खाएका कर्मचारीहरूले कौडीको भाउमा राज्यको सम्पत्ति चन्द्र ढकालको पोल्टामा सुम्पिए ।चन्द्र ढकाल, जसले राज्यका ६ वटा फरक-फरक सरकारहरू— दक्षिणपन्थीदेखि वामपन्थीसम्म । अन्तरिम सरकारदेखि दुईतिहाइको शक्तिशाली सरकारसम्मलाई आफ्नो स्वार्थको कठपुतली बनाए । कसरी सम्भव भयो त यो ? वन क्षेत्रमा...
EXCLUSIVE-3 :चन्द्रागिरि घोटाला काण्ड : संसदीय टोली नै बिकेको पूर्व महालेखापरीक्षकको खुलासा !
राज्यको अरबौँ मूल्यको प्राकृतिक सम्पदा र ढुकुटी कसरी ‘सेटिङ’का भरमा एउटा व्यापारिक घरानालाई सुम्पिइयो । महालेखा परीक्षकको ५४ औँ वार्षिक प्रतिवेदन (२०७३) मा समेटिएको काठमाडौं फन पार्क प्रा.लि. (चन्द्रागिरि हिल्स) र चन्द्र ढकालको अनियमितताबारे ग्राउण्ड जिरोले महालेखाका पूर्व कार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीसँग ‘एक्सक्लुसिभ’ कुराकानी गरेको छ।कुराकानीका क्रममा पूर्व महालेखापरीक्षक खत्रीले चन्द्रागिरि डाँडामा केबलकार निर्माण गर्दा सरकारसँग भएको सम्झौताको धज्जी उडाउँदै, पर्यावरणमैत्री कटेज (टहरा) बनाउने बहानामा सिधै विशाल पाँचतारे होटल ठड्याइएको भन्दै आक्रोश...
नुनमा राजनीतिक ‘विष’: मोतीलाल दुगडको अखाद्य व्यापार र सरकारी सेटिङको पर्दाफास
नुन—हाम्रो भान्छाको अनिवार्य वस्तु । जस बिना खानाको स्वाद अधुरो हुन्छ र शरीरको सन्तुलन असम्भव । तर, के तपाईंलाई थाहा छ ? तपाईंले स्वस्थ ठानेर महँगो मूल्यमा किनिरहेको ‘पिंक साल्ट’ वास्तवमा नुन नभएर ‘मन्द विष’ सावित भइरहेको छ ? एउटा यस्तो नुन, जसमा न आयोडिन छ, न त सरकारले तोकेको न्यूनतम गुणस्तर नै ।आज ‘ग्राउण्ड जिरो’को दोस्रो सिरिजमा हामी एउटा यस्तो डरलाग्दो खेलको पर्दाफास गर्दैछौं । जहाँ राजनीति, शक्ति र पैसाको आडमा लाखौं नेपालीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । यो कथा हो—एमाले नेता तथा व्यापारी मोतीलाल दुगड, तत्कालिन अर्थ र स्वास्थ्य मन्त्रीद्वय विष्णु...
नदीमाथि ‘कर्पोरेट सुकुमवासी’ को रजगज: खोला मिच्ने सिप्रदीमाथि कहिले चल्छ डोजर ?
काठमाडौंको मुटुमा सरकारी डोजरको गर्जन अचेल सामान्य बनेको छ। बागमतीको तिर होस् वा मनोहराको बगर— “सार्वजनिक जग्गा मिच्न पाइँदैन” भन्दै सरकारले गरिबका झुपडीहरूलाई एकै निमेषमा धुलोमा मिलाइदिएको छ। थापाथलीदेखि गैरीगाउँसम्मका सुकुमवासी बस्तीहरू अहिले इतिहास बनेका छन्। तर, के सरकारी नियमको यो ‘डोजर’ सबैका लागि उत्तिकै बलियो छ ? वा यसको शक्ति केवल गरिबको दैलोमा पुगेर मात्र देखिन्छ ? आज हामी काठमाडौंको त्यस्तो ठाउँमा छौँ, जहाँ खोला नदी बग्थ्यो। तर आज त्यहाँ पानीको कलकल होइन, गाडीको इन्जिन र कंक्रिटको साम्राज्य छ। यो चन्द्रागिरि नगरपालिकामा रहेको सिप्रदी ट्रेडिङ प्रालिको...
१० अर्बको मणिपाल काण्ड: प्रधानमन्त्री बालेनको टेबलमा बतास समूहको फाइल
प्रधानमन्त्री बालेन्द्र शाह समक्ष सरकारी स्वामित्वमा आउनु पर्ने १० अर्ब बराबरको मणिपाल मेडिकल कलेज पोखराको स्वामित्व हस्तान्तरण प्रकरणमा उजुरी दर्ता भएको छ ।उजुरीमा विशेषगरी बतास समूह सँग जोडिएका व्यवसायीहरू—आनन्दराज बतास र नारायणप्रसाद पौडेल—लाई मुख्य रूपमा आरोपित गरिएको छ । साथै, तत्कालीन शिक्षा मन्त्री देवेन्द्र पौडेलको भूमिकामाथि पनि प्रश्न उठाइएको छ ।चैत १६, २०८२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दर्ता गरिएको उक्त उजुरीमा १० अर्ब रुपैयाँ बराबरको मणिपाल मेडिकल कलेज सरकारी स्वामित्वमा आउनुपर्ने भए पनि अवैध रूपमा बतास समूहमा...
नुनको खेल: पूर्वअर्थ मन्त्री, स्वास्थ्य मन्त्री र मोतीलाल दुगडबीच के सम्बन्ध ?
नेपालका हिमालदेखि तराईसम्म ।हरेक भान्सामा एउटा चीज अनिवार्य छ — नुन ।दालमा नुन कम भयो भने स्वाद हराउँछ ।तर, २०८१-८२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल थियो, त्यति बेला नेपालमा नुनको बजारमा केही यस्तो भइरहेको छ । जसले करोडौं नेपालीको भान्सा, सरकारी नीति र ठूलो व्यापारिक स्वार्थलाई जोडिरहेको छ ।एकातिर छ —६२ वर्षभन्दा लामो इतिहास भएको सरकारी संस्था, जसले हिमाली गाउँसम्म नुन पुर्यायो ।अर्कोतिर छ —निजी क्षेत्रको अदृश्य आर्थिक लेनदेन गरी प्रवेश, महँगो नुन र नीतिगत विवाद । तत्कालिन सरकारले अचानक निर्णय गर्छ —अब नुनको आयात र बिक्री निजी...
सीमान्तबाट सिंहदरबारसम्म: सीता वादीदेखि सस्मित र मेहतासम्म
नेपालको राजनीति धेरैपटक परिवर्तनको कुरा गर्छ । तर व्यवहारमा त्यो परिवर्तन कति देखिन्छ भन्ने प्रश्न सधैं उठ्ने गरेको छ। तर यसपटक, नयाँ सरकार गठनसँगै केही यस्ता अनुहारहरू सत्तामा पुगेका छन्, जसले केवल पद होइन—कथा बोकेर आएका छन्।प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् हेर्दा स्पष्ट हुन्छ—यो सरकार केवल शक्ति सन्तुलनको परिणाम होइन । यो सन्देशको संरचना हो।त्यो सन्देश तीन तहमा प्रकट भएको छ:👉 सीमान्तबाट प्रतिनिधित्व👉 सेवा क्षेत्रमा सुधारको प्रतिबद्धता👉 युवा नेतृत्वको उदययी तीनै आयामलाई बुझ्न तीन पात्र पर्याप्त छन्—सीता वादी, निशा मेहता र सस्मित पोखरेल । सीता वादी — इतिहासको भार...
सिस्टम ब्रेक गर्ने नेता: को हुन् बालेन शाह ?
वर्षौँदेखि संस्थागत बन्दै गएको भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएको जेनजी आन्दोलनको दबाबबीच परिवर्तनको प्रतीक बनेका बालेन शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सम्पन्न शपथसँगै केवल नयाँ सरकार गठन भएको छैन, भ्रष्टाचारविरुद्धको जनआक्रोश सत्ता केन्द्रसम्म पुगेको सन्देश पनि दिएको छ। अब सबैको नजर एउटै प्रश्नमा केन्द्रित छ—जेनजी आन्दोलनले उठाएको आवाजलाई बालेनले शासनमा कति रूपान्तरण गर्न सक्छन् ? एउटा शपथ, जसले राजनीति हल्लायोकाठमाडौंको शीतल निवास । राष्ट्रिय झण्डा फहराइरहेको छ, क्यामेराहरू केन्द्रित छन् एउटा अनुहारमा— राष्ट्रपति रामचन्द्र...
खुल्छ कि बन्द हुन्छ ? १ खर्ब उड्डयन भ्रष्टाचारमा बालेनको निर्णय के हुन्छ ?
जेनजी आन्दोलनपछि नेपालको राजनीति बदलिएको छ । युवा सडकमा उत्रिए ।भ्रष्टाचारको विरुद्ध आवाज उठ्यो ।त्यसपछि निर्वाचन भयो र नागरिकहरूले पुराना राजनीतिक दलहरूलाई अस्वीकार गर्दै नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन दिए ।अब प्रश्न उठेको छ—के नयाँ सरकारले नेपालको उड्डयन क्षेत्रमा भएको एक खर्ब रुपैयाँभन्दा बढीको भ्रष्टाचारको फाइल खोल्न सक्ला ?यो केवल एउटा राजनीतिक प्रश्न होइन । यो करदाताको प्रश्न हो । यो नेपालको विकास मोडलको प्रश्न हो । किन कि पछिल्लो ४/५ वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नाममा अर्बौँ रुपैयाँ खर्च गर्यो । तर आज पनि ति नयाँ अन्तर्राष्ट्रिय...
बालेन शाहको ऐतिहासिक जित, ओलीको किल्ला ढल्यो
नेपालको संसदीय राजनीतिमा दशकौँदेखि अडिग मानिएको एउटा किल्ला अन्ततः ढलेको छ । झापा–५, जहाँबाट पटक–पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो अपराजेय प्रभावको दाबी गर्दै आएका थिए, त्यही क्षेत्रमा यसपटक ठूलो राजनीतिक भूकम्प आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ६८ हजारभन्दा बढी मत ल्याउँदै ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गरेका छन् । यो परिणाम केवल एक निर्वाचन क्षेत्रको हार–जित होइन, बरु नेपालको पुरानो राजनीतिक संरचनामाथि उठेको नयाँ पुस्ताको शक्तिशाली चुनौतीका रूपमा हेरिएको छ। झापाबाट सन्देशबालेन शाहले झापा–५ मा ओलीलाई अत्यन्तै फराकिलो...
खोला मिचेर भवन निर्माण ? सिप्रदीविरुद्ध अख्तियारमा उजुरी दर्ता
काठमाडौं उपत्यकाको चन्द्रागिरि नगरपालिका–सतुंगल क्षेत्र । यो ठाउँबाट बग्ने बल्खु खोला कुनै समय प्राकृतिक घुमाउरो बहावसहित साबिक नक्सामा स्पष्ट देखिन्थ्यो । तर, आज त्यही क्षेत्रमा कंक्रिट संरचना उभिएका छन् । खोला कहाँ गयो ? कसरी हरायो ? र कसको स्वार्थका लागि सारियो ? ग्राउण्ड जिरोले सार्वजनिक गरेको खोजमूलक स्टोरीपछि अन्ततः यो विषय औपचारिक रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । मिति २०८२/११/१२ गते । टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिप्रदी ट्रेडिङ प्रालि विरुद्ध औपचारिक उजुरी दर्ता भएको छ। उजुरी दर्ता नम्बर: C-046809 अब प्रश्न उठ्छ—के सार्वजनिक खोला मिचेर...
यती र सौर्य एयरलाइन्स दुर्घटनाको अधुरो न्याय: ९० मृत्यु पछि पनि सरकार किन चुप ?
नेपालको उड्डयन इतिहासमा २०२३ जनवरी १५ र २०२४ जुलाई २४ कालो दिनमा दर्ज भयो ।पहिलो : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यती एयरलाइन्सको एटीआर- ७२ विमान अवतरणकै क्रममा दुर्घटनाग्रस्त हुँदा ७२ जनाको ज्यान गयो ।दोस्रो : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडेको सौर्य एयरको जहाज केही सेकेण्डमै दुर्घटनामा पर्दा १८ जनाले ज्यान गुमाए ।यी दुई दुर्घटनामा ९० जना नागरिकको मृत्यु भयो । तर आजसम्म एउटा मूल प्रश्न अनुत्तरित छ— यी दुर्घटना केवल ‘दुर्घटना’ मात्र हुन्, कि ‘लापरबाही’का परिणाम ?उड्डयन विज्ञ शिशिर शर्मा स्पष्ट शब्दमा भन्छन्—“दुवै दुर्घटनालाई प्राविधिक प्रतिवेदनमा सीमित गरेर सकिँदैन ।...
नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरण: सर्वोच्चद्वारा धरौटी अस्वीकार, प्रदीप अधिकारी थुनामै
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित पूर्वमहानिर्देशक प्रदिप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । घना मानव बस्तीको बीचमा करिब १४ करोड रुपैयाँ खर्चेर हेलिपोर्ट निर्माण गरिएको बहुचर्चित भ्रष्टाचार प्रकरणमा प्राधिकरणका निलम्बित पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापा सम्मिलित इजलासले विशेष अदालतको आदेशलाई सदर गर्दै “कानुन बमोजिम अघि बढ्न” निर्देशन दिएको छ । विशेष अदालतको आदेश सदर, थुनामै बस्ने अवस्था यथावतयसअघि विशेष...




















