
Ground Zero
October 7, 2026

नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई अझ गतिशील र सशक्त बनाउन आफूले प्रभावकारी भूमिका खेल्ने बताउनुभएको छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीको उपसभापति पदका उम्मेदवार पाण्डेले नयाँ पुस्ताको जोस-जाँगर र पुराना नेताहरूको अनुभवलाई जोडेर कांग्रेसलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो क्रममा उहाँले नेता गगन कुमार थापाको पार्टी सुदृढीकरण अभियानलाई साथ दिने स्पष्ट पार्नुभयो।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका पाण्डेले आफ्नो कार्यकालमा यातायात क्षेत्रलाई मर्यादित, परिष्कृत र प्रविधिमैत्री बनाउन व्यवसायीहरूसँग सहकार्य गर्दै महत्त्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।