Skip to main content
सोमबार, ०७ मंसिर २०८३

Author: Ground Zero

दुर्गा प्रसाईं होइन, जिबी राईलाई समाते ९ अर्ब फिर्ता हुन्थ्यो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले व्यक्तिगत ‘इगो’ र प्रतिशोध साध्न राज्यसत्ताको नाङ्गो दुरुपयोग गरिरहेको गम्भीर आरोप लगाउनुभएको छ। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी र दुर्गा प्रसाईंलाई पटक-पटक पक्राउ गरिएको घटनाप्रति कडा असन्तुष्टि जनाउनुभयो। “दुर्गा प्रसाईंको साटो जिबी राईलाई पक्राउ गरेको भए सर्वसाधारणको ९ अर्ब रुपैयाँ फिर्ता हुने थियो,” उहाँले भन्नुभयो। व्यक्तिगत स्वार्थमा यसरी नै अघि बढे वर्तमान सरकार र विगतको केपी ओली सरकारमा कुनै भिन्नता नरहने उहाँको तर्क थियो। ...

Continue reading

सुरक्षा थ्रेटको बहानामा मध्यरातमा पूर्वप्रधानन्यायाधीश पक्राउ गर्नु नयाँ स्टन्ट

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। बैठकमा बोल्दै नेकपाका सांसद युवराज दुलालले सरकारले विपत्तिको समयमा जनतालाई राहत दिनुपर्ने मुख्य जिम्मेवारी छोडेर अन्यत्र ध्यान मोडेको आरोप लगाउनुभयो। मध्यरातमा बिना पक्राउ पुर्जी र बिना कारण पूर्वप्रधानन्यायाधीशलाई समातेर सरकारले गैरकानुनी राज्यको दृष्टान्त र नयाँ ‘स्टन्ट’ देखाएको उहाँको भनाइ थियो। जेन्जीबाट सुरक्षा थ्रेट रहेको बहानामा पक्राउ गरिएको विषयमा प्रश्न उठाउँदै सांसद दुलालले भन्नुभयो, “सुरक्षा थ्रेट दिनेलाई पक्राउ...

Continue reading

रास्वपा सांसद खगेन्द्र सुनारको विपक्षीमाथि कडा प्रहार

रास्वपाका सांसद खगेन्द्र सुनारले विपक्षी दलका नेताहरूप्रति कडा कटाक्ष गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन शाहको सम्बोधनलाई लिएर विपक्षीहरूले ‘कन्फिडेन्स नभएको’ टिप्पणी गरेपछि सांसद सुनारले त्यसको कडा प्रतिवाद गर्नुभएको हो। संसदमा बोल्दै उहाँले प्रश्न गर्नुभयो, “घिउ खाएपछि जिउमा बल आउँछ भन्ने सुनेको थिएँ, तर के खाएपछि कन्फिडेन्स आउँदो रहेछ, हामी सुन्न चाहन्छौँ।” विपक्षी नेताहरू जोडिएका विभिन्न चर्चित काण्डहरूको स्मरण गराउँदै सुनारले व्यङ्ग्य गर्नुभयो, “ग्रिन टी, गिरीबन्धु टी, क्विन्टल–क्विन्टल सुन, वा लडाकु शिविरको पसिना-खुन खाएपछि आउँछ त्यो कन्फिडेन्स?...

Continue reading

विनाकारण पक्राउ जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। सोमबार संघीय संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको भए त्यो स्वयं सरकारकै लागि घातक हुने बताउनुभयो। सुरक्षा थ्रेटको बहानामा पक्राउ गर्नु सामान्य मानिसले पनि बुझ्ने खेल भएको उल्लेख गर्दै उहाँले साँच्चिकै खतरा थियो भने घरमै सुरक्षाकर्मी बढाउनुपर्ने तर्क गर्नुभयो। यस्ता घटना नदोहोर्‍याउन उहाँले सरकारलाई आग्रह गर्नुभएको...

Continue reading

सरकारको गुण्डागर्दी शैली

प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बिनाकारण र बिना पक्राउपुर्जी नियन्त्रणमा लिएर छाडिएको विषयलाई लिएर सरकारमाथि प्रश्न उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक सांसद ऐनबहादुर महरले संसद्‍मा बोल्दै सरकारको यो कदमप्रति कडा आपत्ति जनाउनुभएको हो। उहाँले बिना पक्राउपुर्जी र बिनाकारण पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गैरकानुनी राज्यको दृष्टान्त भएको टिप्पणी गर्नुभयो। सरकारको यस्तो शैलीलाई मध्यरातिको ‘नयाँ स्टन्ट’को संज्ञा दिँदै प्रमुख सचेतक महरले यसले कानुनी शासन र सरकारी निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो।

Continue reading

पूर्वप्रधानन्यायाधीश पक्राउ

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र तत्काल भएको रिहाइप्रति कडा आपत्ति जनाउनुभएको छ।सिंहदरबारस्थित संसद् भवनमा बोल्दै उहाँले प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा बसेका व्यक्तिलाई पक्राउ गरेर भोलिपल्टै छाड्ने सरकारी शैलीलाई ‘केटाकेटीको खेल’ र ‘नौटङ्की’को संज्ञा दिनुभयो। सांसद राईले तथ्यपूर्ण अनुसन्धान र पर्याप्त आधारविना हतारमा पक्राउ गर्ने र लगत्तै छाड्ने कार्यले देशको न्याय प्रणाली र सरकारी निकायको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको बताउनुभयो। उहाँले यस्ता संवेदनशील विषयमा...

Continue reading

सुस्ता डुबानमा

लगातारको वर्षापछि नारायणी नदीमा आएको भिषण बाढी गाउँतर्फ सोझिँदा नवलपरासीको सुस्ता पूर्ण रूपमा डुबानमा परेको छ। नदीको सतह नियन्त्रणबाहिर गई बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा गम्भीर जोखिममा परेका छन्। आइतबार बिहानैदेखि उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सर्वसाधारणको संयुक्त टोलीले डुबानमा परेका नागरिकहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिरहेको छ। बाढीका कारण घरमुनि पानी जमेर जनजीवन अस्तव्यस्त बनेको छ। सुरक्षा निकायले उद्धार कार्यलाई तीव्र बनाउँदै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ।

Continue reading

जिब्रो छेड्ने जात्रा

नेवार समुदायको धार्मिक आस्था र मौलिक संस्कृतिसँग जोडिएको ऐतिहासिक एवं परम्परागत ‘म्ये प्वाः खनेगु’ अर्थात् जिब्रो छेड्ने जात्रा मध्यपुर थिमिमा विशेष विधिपूर्वक सम्पन्न भएको छ ।हरेक वर्ष इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमा (येंया पुन्ही) को भोलिपल्ट मनाइने यस जात्रामा यस वर्ष थिमिका स्थानीय वीरेन्द्रभक्त गजू श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडाएर पुस्तौँदेखिको सांस्कृतिक परम्परालाई निरन्तरता दिनुभएको हो। मध्यपुर थिमिमा वैशाख २ गते बोदेमा र आश्विन शुक्ल पूर्णिमाका दिन गरी वर्षमा दुई पटक जिब्रो छेड्ने जात्रा मनाउने प्रचलन छ । जात्राको अवलोकन गर्न पुग्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री...

Continue reading

बर्दघाट नगरपालिकामा ४ करोड ४९ लाखको अनियमितता

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकामा ४ करोड ४९ लाख ३३ हजार ४ सय ४३ रुपैयाँको आर्थिक अनियमितता भएको छ भने ६३ लाख ३४ हजार ८ सय ४३ रुपैयाँ खर्चको कुनै प्रमाण नै पेस गरिएको छैन। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार २ अर्ब २९ करोड ६३ लाखभन्दा बढीको लेखापरीक्षण गर्दा बर्दघाट नगरपालिकाको कुल अद्यावधिक बेरुजु २० करोड ३७ लाख ९ हजार ९ सय २५ रुपैयाँ पुगेको छ। प्रदेश कानुनले स्पष्ट रूपमा रोक्दा-रोक्दै दरबन्दी बाहिर गैरकानुनी रूपमा करार कर्मचारी भर्ती गरी १ करोड ५६ लाखभन्दा बढी बजेट रित्याइयो। जसमध्ये स्वास्थ्यतर्फका अनमी, ल्याब असिस्टेन्ट र पब्लिक हेल्थ नर्स जस्ता पदमा...

Continue reading

परराष्ट्रको घोषणा

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएलगत्तै परराष्ट्र मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी महासभाका उपलब्धिबारे जानकारी गराएको छ ।पत्रकार सम्मेलनमा मन्त्रालयका निमित्त सचिव गणेश प्रसाद ढकालले नेपालले जलवायु सिर्जित विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगमा विशेष जोड दिएको बताउनुभयो । नेपालले ’लस एन्ड ड्यामेज फण्ड’ लगायतका विद्यमान वित्तीय संयन्त्रहरूबाट स्रोत परिचालनको प्रक्रिया सहज बनाउन विश्वसमुदायसमक्ष जोडदार माग गरेको उहाँले जानकारी दिनुभयो। निमित्त सचिव...

Continue reading

बराहताल गाउँपालिकामा २ करोड ६९ लाखको अनियमितता

सुर्खेतको बराहताल गाउँपालिकामा २ करोड ६९ लाख ५३ हजार २ सय २ रुपैयाँको आर्थिक अनियमितता भएको छ भने १ करोड ७९ लाख ६ हजार ३ सय ६५ रुपैयाँ खर्चको कुनै प्रमाण नै पेस गरिएको छैन। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार १ अर्ब ३८ करोड ५० लाखभन्दा बढीको लेखापरीक्षण गर्दा गाउँपालिकाको कुल अद्यावधिक बेरुजु ३० करोड १८ लाख १२ हजार ७ सय ५२ रुपैयाँ पुगेको छ। स्थानीय सरकार सञ्चालन ऐन विपरीत स्वीकृत दरबन्दी नै नभएका पदहरूमा ४३ जना कर्मचारी करारमा राखेर १ करोड ५४ लाख रुपैयाँभन्दा बढी तलब भत्ता बाँडियो। कानुनले तोकेका पदबाहेक गैरकानुनी रूपमा नियुक्ति दिएर नागरिकको करबाट सङ्कलित बजेटमा मनपरी...

Continue reading

भारतको भन्सार

भारत सरकारले कच्चा खाने तेलको आयात भन्सार दर घटाएपछि नेपालबाट भारततर्फ हुने खाने तेल निर्यात प्रभावित हुने भएको छ। सेप्टेम्बर २४ देखि भारतले सोयाबिन र पाम तेलको कच्चा पदार्थमा भन्सार साढे १६ बाट साढे ११ प्रतिशत तथा सूर्यमुखी तेलमा साढे ५ प्रतिशतमा झारेको छ। यस निर्णयसँगै नेपाली उद्योगीहरूले भारतसँग प्रतिस्पर्धा गर्न नसक्ने र निर्यात ठप्प हुने स्थिति बनेको छ। नेपालबाट सर्वाधिक निर्यात हुने सोयाबिन र सूर्यमुखी तेलको निकासी रोकिएमा स्वदेशी उद्योगहरू बन्द भई मजदुरहरू बेरोजगार हुने जोखिम बढेको उद्योग संगठन मोरङले जनाएको छ।

Continue reading

हामी क्षतिपूर्ति होइन, जलवायु न्याय चाहन्छौं : राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहको कडा प्रहार

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई न्युयोर्कस्थित मुख्यालयमा नेपाली समय अनुसार शुक्रबार बिहान सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री बालेन शाहले विश्वमञ्चमा एक शक्तिशाली, साहसिक र युगान्तकारी वक्तव्य दिएका छन्। विश्वव्यापी जलवायु संकट, अन्तर्राष्ट्रिय लजिस्टिक प्रणालीमा रहेको असमानता, सैन्य होडबाजी र भूपरिवेष्ठित तथा अल्पविकसित राष्ट्रहरूमाथि भइरहेको अन्यायविरुद्ध खरो रूपमा प्रस्तुत हुँदै प्रधानमन्त्री शाहले नेपाल अब केवल दया वा क्षतिपूर्तिको याचक मात्र नरहेर स्पष्ट जलवायु न्यायको पक्षधर रहेको घोषणा सम्बोधनका क्रममा उनले नेपाल, भारत र चीनको संयुक्त नेतृत्वमा ‘हिमालय जलवायु लचिलोपन...

Continue reading

न्यायपालिका माथिको प्रहार

नेकपा एमालेले न्यायपालिकामाथि भइरहेको निरन्तरको प्रहारले लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै एमाले सांसद गुरु प्रसाद बरालले २०८२ भदौ २४ को घटनाले अदालतमा आगजनी र मिसिल नष्ट भई नागरिकको न्याय पाउने अधिकार खोसिएको बताए। सत्तापक्षबाटै न्यायपालिकालाई थर्काउने र अपमानित गर्ने काम भइरहेको आरोप लगाउँदै उनले अदालत सरकारको विरोधी नभई संविधानको रक्षक भएको स्पष्ट पारे । संसद्को काम कानुन बनाउने र व्याख्या गर्ने अधिकार न्यायपालिकाको भएको उल्लेख गर्दै उनले अदालतलाई स्वतन्त्र राख्न र न्याय परिषद्लाई सशक्त बनाउन माग गरे।

Continue reading

कर्मचारी सरुवा

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले कर्मचारी सरुवा–बढुवालाई विधि र पद्धतिमा ढाल्न स्वायत्त बोर्ड गठनको माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिमा आएपछि सबैभन्दा ठूलो दबाब सरुवा\बढुवाकै व्यहोर्नुपरेको अनुभव सुनाए। “सुशासनका कुरा गर्ने इष्टमित्रहरू नै नातावाद खोज्दै आउँछन्, काम नगरिदिँदा टीका र आशीर्वादको साटो सराप पाइने पिर छ,” उनले व्यङ्ग्य गरे । रास्वपाको वाचापत्रमा समेत पूर्वानुमानयोग्य र विधिमा आधारित सरुवा प्रणालीको प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले सरकारलाई यो सरापबाट बचाउन र चाँडै स्वायत्त बोर्ड गठन गर्न आग्रह गरे ।

Continue reading

अख्तियारमा ४० हजार भ्रष्टाचार केस ! मन्त्री र सचिव नै मुद्दाको घेरामा: ठूला माछा फस्लान् ?

यदि तपाईंलाई लाग्छ कि देश चलाउनेहरू, जनताले चुनेका प्रतिनिधिहरू र मन्त्रालयका ठूला हाकिमहरू देश बनाउन दिनरात खटिएका छन्, भने यो भिडियो पूरा हेर्नुहोस् । आज हामी तपाईंको त्यो भ्रम सधैँका लागि तोड्दै छौँ !के तपाईंलाई थाहा छ ? पछिल्लो एकै वर्षमा नेपालमा भ्रष्टाचारका कतिवटा मुद्दा दर्ज भए ? १० हजार ? २० हजार ? होइन ! ४० हजारभन्दा बढी !सरकारी ढुकुटीबाट कति रकम स्वाहा पारियो ? २५ अर्ब २३ करोड रुपैयाँभन्दा बढी !यी कुनै हावादारी कुरा होइनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छत्तिसौं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) को सक्कली र कहालीलाग्दो आँकडा...

Continue reading

सम्भावित असर

आगामी मौसमी जोखिमलाई ध्यानमा राख्दै गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बबरमहलस्थित मौसम पूर्वानुमान महाशाखा पुगेर सम्भावित असरबारे जानकारी लिएका छन्। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी शुक्रबारदेखि सोमबार (असोज ८ देखि १२ गते) सम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जानकारी गराएका छन्। विपत्‌बाट हुन सक्ने जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि जानकारी लिइएको गृहमन्त्री गुरुङले बताए। उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा टोली परिचालन गरी सतर्कता अपनाउन निर्देशन दिएका छन्। त्यस्तै,...

Continue reading

छानबिन माग

नेकपाका सांसद युवराज दुलालले त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दोषीमाथि कारबाही गर्न र घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए। प्रहरीसँगको विवादमा चालकले आत्महत्याको चेतावनी दिँदा पनि ट्राफिक प्रहरीले विवेक गुमाएको र युवकलाई जोगाउन नसकेको सांसद दुलालको आरोप छ। यो घटना नागरिकको चरम निराशा, बेरोजगारी र युवाको पीडाको अभिव्यक्ति भएको उनले टिप्पणी गरे। सांसद दुलालले ठूला सवारीको लाइसेन्स लिन साना सवारीको लाइसेन्स अनिवार्य चाहिने झन्झटिलो व्यवस्था सच्याउन सरकारसँग माग गरे।...

Continue reading

खारेज गर्न

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १७१ प्रति असन्तुष्टि जनाएकी छन्। ट्राफिक वा प्रहरीको कारबाही चित्त नबुझे ३५ दिनभित्र काठमाडौँस्थित यातायात व्यवस्था विभागका महानिर्देशकसमक्ष उजुरी दिनुपर्ने विद्यमान व्यवस्था अव्यावहारिक रहेको उनको तर्क छ। दार्चुलाका चालकले ५०० रुपैयाँ जरिवानाको पुनरावेदन गर्न ५० हजार खर्चिएर काठमाडौँ धाउनुपर्ने बाध्यता न्यायोचित नभएको भन्दै उनले यो दफा तत्काल संशोधन वा खारेज गर्न माग गरिन्। सांसद तामाङले उजुरी प्रक्रियालाई अनलाइन प्रणालीमार्फत जिल्लाबाटै सुलभ बनाउनुपर्नेमा...

Continue reading

खत्याड गाउँपालिकामा १ करोड ९० लाखको अनियमितता

मुगुको खत्याड गाउँपालिकामा १ करोड ९० लाख ७० हजार ८ सय ४७ रुपैयाँको आर्थिक अनियमितता भएको छ भने २ करोड २७ लाख २८ हजार ९ सय ५५ रुपैयाँ खर्चको कुनै प्रमाण नै पेस गरिएको छैन।महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार १ अर्ब २३ करोड ८७ लाखभन्दा बढीको लेखापरीक्षण गर्दा खत्याड गाउँपालिकाको कुल अद्यावधिक बेरुजु ५० करोड २७ लाख ६५ हजार ७ सय ९ रुपैयाँ पुगेको छ।आन्तरिक स्रोत जम्मा ४४ लाख रुपैयाँ मात्र रहेको खत्याडमा स्वीकृत दरबन्दी बाहिरका ४० जना करार कर्मचारीलाई १ करोड ४८ लाख रुपैयाँ पारिश्रमिक बाँडियो। दरबन्दी मिलान नै नगरी २८ जना शिक्षक राखेर ९० लाखभन्दा बढी बजेट रित्याइयो। नियमविपरीत नगर प्रहरीलाई...

Continue reading