
Ground Zero
October 7, 2026

चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर ललितपुरले विशेष सुरक्षा योजना लागू गरेको छ। सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न दैनिक १,१५१ जना र कमाण्ड फोर्ससहित कुल १,३४१ प्रहरी जनशक्ति परिचालन गरिएको एसपी गौतम मिश्रले जानकारी दिनुभयो।
विशेष सुरक्षा योजनाअन्तर्गत बैंक, वित्तीय संस्था, सुन पसल, सपिङ कम्प्लेक्स र बसपार्क जस्ता भीडभाड हुने स्थानलाई प्राथमिकतामा राखिएको छ। २४ वटा मुख्य स्थानमा २४ सै घण्टा प्रहरी पिकेट तैनाथ रहनेछ भने प्रत्येक युनिटबाट मोबाइल तथा पैदल गस्ती खटाइएको छ।
गस्तीका साथै सादा पोशाकका प्रहरी तथा यात्रुवाहक सवारीमा छद्मभेषी प्रहरीमार्फत निगरानी बढाइएको छ। सुरक्षालाई थप चुस्त बनाउन २४ घण्टा सीसीक्यामेरा कन्ट्रोल रुमबाट अनुगमन गरिनेछ भने पूजाआजा र अत्यधिक भीडभाड हुने क्षेत्रमा ड्रोनमार्फत समेत निगरानी गरिने ललितपुर प्रहरीले जनाएको छ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।