Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

आइतबार, ०७ वैशाख २०८२
Jan 31, 2024
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ५ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। २८ अर्ब रुपैयाँ चीनसँग ऋण लिएर बनाइएको विमानस्थलबाट वर्षभरिमा एउटा पनि व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएनन्। यी सब पुराना कुरा हुन्। ग्राउन्ड जिरो खोजले पाएको नयाँ तथ्य हो— व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने गरी यो परियोजना सुरु नै गरिएको थिएन। चाइना सीएएमसी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको ठेक्का सम्झौता एवं चिनियाँ कम्पनीले पेमेन्टका लागि पठाएका बिलहरुले करिब १५ अर्ब रुपैयाँ भ्रस्टाचारको पुस्टि गरेका हुन्। विमानस्थललाई अपांग बनाउने काम सन् २०१६ अप्रिल अर्थात् शिलान्या…

Jan 16, 2024
Episode – 04
व्यापारिक घराना सर्राफ समूहले प्रवर्द्धन गरेको कम्पनीले नियम उल्लंघन गर्दै त्रिशुलीमा हाइड्रोपावर बनाउन थालेपछि स्थानीय आक्रोशित भएका छन्। नेपालकै पहिलो व्यवसाहिक र्‍याफ्टिङ बन्द होला भनेर पर्यटन व्यवसायी चिन्तित छन्। कार्यशैलीका कारण ब्लु इनर्जी सुरुदेखि नै विवादित छ। आयोजनाको वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नक्कली बनाएको विवाद सेलाएकै छैन। अहिले फेरि सार्वजनिक सुनुवाइ नगरी काम अघि बढाएपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका हुन्। एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजनाको प्रवर्धक ब्लु इनर्जी प्रालि हो। अरुण सर्राफ यो कम्पनीका मुख्य प्रवर्धक हुन्। त्रिशुली…

Jan 3, 2024
आज हामी वैदेशिक रोजगार विभागमा भएको बेथिति बारेमा चर्चा गर्दैछौं । वैदेशिक रोजगार विभागले वि.सं. २०८० साल मंसिर २४ गते एउटा प्रेस नोट जारी गर्‍यो । प्रेस नोटमा भनिएको थियो— इजाजत प्राप्त केही मेनपावरहरुको कारोबार रोक्का गरिएको छ । केहीलाई निलम्बन र खारेजै गरिएको जानकारी दिइयो । विभागले त्यतिबेला आफ्नो कार्यप्रगति देखाउँदै ५० मेनपावर कारवाहीमा परेको जनाएको थियो । प्रेस नोटमा मेनपावरलाई गरिएको जरिवाना रकम समेत उल्लेख थियो । त्यसपछि हामीले मेनपावरहरु कसरी कालो सूचीमा पर्छन् भनेर वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीलाई सोधेका थियौं । वैदेशिक रोजगार विभागबाट इजाजत पाएका मेनपावरले मा…

Dec 30, 2023
शुक्रबार २९ डिसेम्बर, २०२३ मा काठमाडौंको रिङरोडको बालकुमारी क्षेत्रमा युवा विरोध प्रदर्शनमा उत्रिए। त्यही बेला भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वाला सरकारी गाडी चढेर त्यहीँ आइपुग्छन्। कोरियाली रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर युवाहरु बालकुमारीमा बिहानैदेखि बिरोध प्रदर्शन गर्दै थिए। उनी त्यहीँ पुगे। अगाडि प्रदर्शन देखे पनि मन्त्रीका चालकले गाडी घुमाएर फर्काएनन्। प्रदर्शन भइरहेको ठाउँमै प्रवेश गराए। त्यसपछि मात्र हो गाडी युवाको पकडमा पुगेको हो। आक्रोशित युवाले सबैभन्दा पहिला गाडीको हावा खुस्काइदिए। मन्त्री र मन्त्रीको सुरक्षामा खटिएका दुई जना पिएसओलाई गाडीबाट ओरा…

Dec 21, 2023
खाडीका देशहरुमा कहाँ छैनन् र नेपाली ? साउदी अरब, युएई, बहराइन, इराक, जोर्डन, यमन सबैतिर नेपाली पुगेका छन् । दक्ष जनशक्तिदेखि क्लिनर, कन्सट्रक्सनको काम गर्नेसम्म ती देशमा नेपाली छन् । बहराइनको स्थिति अलिक फरक छ । नेपालीले त्यहाँको दरबार र राजपरिवार सदस्यलाई रोयल गार्डको रुपमा सुरक्षा दिन्छन् । सुन्दर समुन्द्री तट भएको बहराइनमा नेपालीहरु रोयल गार्ड, घरको सुरक्षा, किचेन, घरभित्रको काम, ड्राइभिङ जस्ता काम गर्दै आएका छन् । बहराइनमा राजतन्त्र छ । त्यहाँ अहिले हमाद बिन इसा अल खलिफा महाराज छन् । इमान्दार स्वभावका नेपालीहरुले महाराज र राजपरिवार सदस्यको मन जितेका छन् । विश्वास आर्जन गरेका छन् । त्यही भ…

Dec 19, 2023
Episode – 03
हुस्सुले ढाकेका अग्ला डाँडा हेर्दै, हजुरआमाको काखमा लुक्दै, खेल्दै र धुलेढुंगे बाटो हिँडेर विद्यालय जाँदै उनी हुम्लाको बर गाउँमा हुर्किए। हरेक विपतमा हजुरआमाको काख उनको सेल्टर थियो, प्रेमको केन्द्र थियो। ११ वर्षको हुँदा उनकी स्नेही हजुरआमाले श्वास छोडिन्। शिक्षकहरुलाई थाहा थियो, उनी पढाईमा अब्बल छन्। बुवालाई थाहा थियो, जिल्लामा डाक्टर छैनन्। र टासी लामाको मनमा गडेको थियो, उपचार पाएकी भए हजुरआमा यति चाँडै उनलाई छोडेर जाने थिइनन्। अस्पताल वरपर रहने जो कोही सेतोकोटधारी स्वास्थ्यकर्मीलाई त्यतिबेला सिमिकोटले डाक्टर भन्थ्यो। टासी त्यही डाक्टर बन्न चाहन्थे। सेतोकोट लगाएर बिरामीको उपचार गर्न चा…

Dec 8, 2023
उच्च शिक्षा अध्ययन गर्न अमेरिका जाने नेपाली विद्यार्थीहरु प्रत्येक वर्ष बढ्दै गएका छन् । विश्व उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न कसलाई मन लाग्दैन र? अनुसन्धान, काम र व्यवसायमा उत्कृष्ट करिअर चाहने प्रत्येक युवाको सपना हुन् अमेरिकी विश्वविद्यालयहरु। यो पटक हामीले अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीबारे खोजी गरेका छौँ । अमेरिकी विश्वविद्यालयहरुमा कति नेपाली छन्? उनीहरुले कुन विषय पढिरहेका छन्? स्नातक, स्नातकोत्तर, पीएचडी कुन तहमा कति विद्यार्थी छन्? सबैभन्दा पहिला हामीले यी प्रश्नहरु इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेसन (आईआईई) लाई इमेलबाट सोध्यौँ । Fact-SheetDownload न्यूयोर…

Dec 6, 2023
असोजको अन्तिम साता देशभरि दशैँको महोल छ। गोंगबु बसपार्कबाट दैनिक हजारौँ मान्छे काठमाडौं बाहिर गइरहेका छन्। बाहिरिने यात्रुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा भिडभाड छ। यही भिडमा इन्जिनियरहरु सहित एउटा टोली काठमाडौंबाट पोखरा प्रस्थान गर्दैछ, दशैँको उल्लास मनाउन होइन, कामको जिम्मेवारी पूरा गर्न। हो, सबैलाई दशैँ लागिसक्दा पनि अख्तियार अनुसन्धान आयोगका कर्मचारी काममै व्यस्त थिए। दशैँकै माहोलबीच इन्जिनियर साथमा लिएर अख्तियारको टोली पोखरा पुग्यो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा भ्रस्टाचार भएको हो, हैन छानवीन थाल्यो। पहिला सम्बन्धित कागजातको अध्ययन गर्यो…

Dec 3, 2023
रोजगारीका लागि विदेश पुग्नेमा जोश, जाँगर र शक्ति हुने उमेर समूहका युवा धेरै छन् । तर सुन्दर सपना बुनेर रोजगारीका लागि विदेश पुगेका उनीहरु अकालमै ज्यान गुमाइ रहेछन्। विदेशी भूमिमा अन्तिम श्वास लिइरहेछन्। धेरै नेपाली मलेसिया र खाडीका देशहरुमा मारिने गरेको तथ्यांक वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग छ । आत्महत्या गरी प्राण त्याग्नेहरु दक्षिण कोरियामा धेरै छन्। मलेसिया पछि साउदी अरब, कतार र युएई धेरै नेपाली मारिने देशहरु हुन्। बितेका १० वर्षमा १० हजारभन्दा बढी कामदारले विदेशी भूमिमा अकालमै ज्यान गुमाएका छन्। नेपाली कामदारको बारेमा युकेको हड्जफिल्ड र बर्नमाउथ युनिभर्सिटीका अनुसन्धानकर्ताले के…

Nov 22, 2023
नेपाली नर्सलाई युके पठाउने काम अन्तिम चरणमा पुगेको छ। एक सय जना माग भएकोमा निर्धारित मापदण्ड पूरा गर्नेहरु भने जम्मा ७८ जना मात्रै छन् । उनीहरुको डकुेमन्ट भेरिफिकेसनको काम पूरा भइसकेको छ। अनलाइन फारम साइन-अप गर्नेहरु ७ सय ७१ जना थिए । निर्धारित योग्यता पूरा गर्नेहरु माग संख्या भन्दा थोरै भए। ‘अनलाइन प्रणालीबाट सबै मापदण्ड पूरा गरी ८२ जनाको फारम आएको थियो’, वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले ग्राउन्डजिरोसँग भने, ‘तर त्यसमा पनि डकुमेन्ट नपुगेका ४ जना रिजेक्ट भएका छन्।’ युके जाने प्रक्रियामा अनलाइनबाट आवेदन दिन मिल्ने प्रणाली बनाइएको थियो। कामका लागि युके जान पाइने यो क…

Nov 20, 2023
पछिल्लो समय नेपालमा सर्वाधिक लोकप्रिय भिडियो सेयरिङ एप हो— टिकटक। नेपालमा टिकटकबाट कलाकार जन्मिएका छन्। टिकटकबाट बुढाबुढीको जीवनमा खुशीका रंगहरु थपिएका छन्। टिकटकबाट स—साना व्यापार, व्यवसाय चलेका छन्। टिकटकबाटै समाज सेवाका अभियान सञ्चालन भएका छन्। बैंक तथा ठूला कम्पनीले आफ्ना सूचना ग्राहकसम्म पुर्याउन टिकटकको उपयोग गरेका छन्। यी सब पुराना कुरा हुन्। टिकटकबारे नयाँ अपडेट हो— नेपालमा टिकटक प्रतिबन्धित छ। तर चिन्ता नगर्नुहोस्। यो प्रविधिको समय हो । भीपीएन प्रयोग गरी आरामसँग टिकटक चलाउन सकिन्छ। भिडियो क्लिप सेयर गर्ने यो एपदेखि किन तर्सियो सरकार? सञ्चारमन्त्री रेखा शर्मा भन्छिन्, ‘टिकटक पीडितह…

Nov 17, 2023
Episode – 02
यहाँ अति विपन्न परिवारका युवतीको विवाह हुँदैन। वयस्क उमेरमा यौन, धन र सुरक्षित भविष्यको चाहना कसलाई हुँदैन र ? हुन पनि विवाह नहुने भएपछि यहाँका केटीहरुको जीवनले अर्कै मोड लिन्छ। उनीहरु सन्तान जन्माउन प्रतिष्ठित धनी पुरुष खोज्छन्। घरमा श्रीमती, छोराछोरी भए पनि युवतीले बच्चा जन्माउने उद्देश्यले राखेको यौन प्रस्ताव धनाढ्य पुरुषले स्वीकार्छन्। बच्चा जन्माउँछन्। त्यसपछि महिलाले पुरुषसँग सरोकार राख्दिनन्। पुरुषले पनि महिलाको वास्ता गर्दैनन्। तपाइँलाई लाग्ला, यस्तो कहीँ हुन्छ ? हो, हल्जी गाउँ, लिमी उपत्यका, हुम्लामा यस्तै हुन्छ। सुन्दै अनाैठो लाग्ने नेलु प्रथामा यस्तै हुन्छ।

Nov 9, 2023
कुनै बेला सरकारको दाबी थियो— इम्बोस्ड नम्बर प्लेटले सवारी सााधन चोरीका घटना रोक्छ, गैरकानुनी धन्दामा सवारी साधनको प्रयोग घटाउँछ। सरकारले अहिलेसम्म सडकमा इम्बोस्ड नम्बर प्लेट सिस्टम राखेकै छैन। अत्याधुनिक नम्बर प्लेट राख्दाको फाइदा गाडी प्रयोगकर्ताले पाउँदैनन्। तर काम नगरे पनि इम्बोस्ड नम्बर प्लेट धमाधम वितरण भइरहेको छ। किन यस्तो भइरहेको छ त ? कुरा सिम्पल छ, राजस्व असुली गर्न । काम नलाग्ने इम्बुस्ड नम्बर प्लेट बारे अर्को एउटा रोमाञ्चक कुरा छ। यतिबेला तपाइँसँग पुरानो नम्बर प्लेटको सवारी साधन छ र बिक्री गर्नु भयो भने अनिवार्य इम्बोस्ड नम्ब…

Nov 1, 2023
गरिबी, बेरोजगारी र भ्रस्ट सरकारका कारण विदेश जानेहरुको संख्या दिनदिनै बढ्दैछ । कहाली लाग्दो दृश्य त यो छ कि वैदेशिक रोजगारी क्रममा ठगिने सर्वसाधारण भन्दा ठग्ने पीडकहरुको संख्या धेरै भइसकेको छ । ७७ वटै सीडीओ अफिस र वैदेशिक रोजगार विभागमा परेका उजुरीको प्रकृति केलाउँदा भन्न सकिन्छ :— मुख्य १० ठाउँमा ठगिन्छन् नेपालीहरु ।