Skip to main content
मंगलबार, ०९ भदौ २०८३
Sep 7, 2024
पाँच वर्ष (२०७६ असार १७ गते) अघि पोखरा अम्मरसिंह चोकस्थित जेब्रा क्रसमा बाटो काट्दै गर्दा एक नेपालीको मृत्यु भयो, चिनियाँ नागरिकले चलाएको गाडीको ठक्करबाट । जसको कनेक्सन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चाइनिज कम्पनीदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणसम्मको रहेको छ । चिनियाँ नागरिक :- नाम : झु झानफेङ ठेगाना : सिचुआन चेङ्दु चेङ्गुआ जी–९ पासपोर्ट नम्बर : PE 1428270 उमेर : ४४ वर्ष हाल : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा आयोजनाको म्यानेजरको रुपमा कार्यरत । स्थान : पोखरा–१० अम्मरसिंह चोक । समय : राति ११ः३० बजे । गाडी नम्बर : बा २० च २५६६ नम्बर…

Aug 23, 2024
नेपालको उड्डन क्षेत्रमा भएको ४१ अर्बको भ्रष्टाचार । त्यो पनि एउटा कर्मचारीले ? तर, भ्रष्टाचारको पैसाको, बिटोले हिर्काउदा, न सरकारले केही गर्न सकेको छ, ति कर्मचारीलाई । न त अख्तियार दुरुपयोग अनुसन्धान, न त सम्पतिशुद्धिकरणले नै केही गर्न सकेका छन्, ति कर्मचारीलाई । त्यसका बारेमा समाचार लेख्दा उल्टै ज्यान मार्ने धम्की दिन्छन् । उनी अरु कोही होइन । हो त, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी । काठमाडौं छिर्दा चपल लगाएर आएका अधिकारीको नाममा ८ देखि १० अर्बको सम्पति छन् अहिले । सामान्य परिवारका मान्छेको नाममा यति धेरै सम्पति कहाँबाट आयो ? यसको लेखाजोखा ग्राउण्ड जिरोले अर्को अंकम…

Aug 9, 2024
उनी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी । जसमाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १५ अर्ब भन्दा बढीको घोटालाको आरोप छ । जसको खुलासा ग्राउण्ड जिरोले गरेको थियो । सोही घोटाला बारेमा छानबिन गर्नका लागि सार्वजनिक लेखा समितिले प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्गदेनको नेतृत्वमा एक उपसमिति बनाएको छ । समितिले केही समय अघि विमानस्थलको निरिक्षण गरेर पनि आइयो । बिहीबार महानिर्देशक प्रदिप अधिकारीलाई कागज पत्र सहित बयानका लागि बोलाउदा छानबिन समितिकै बैठकमा झुठमाथि झुठ बोलेका छन् ।

Aug 5, 2024
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एयरको जहाज १५ जनवरी २०२३ मा दुर्घटना भयो । जुन दुर्घटनामा ७२ जनाको मृत्यु भयो । ग्राउण्ड जिरोले विमानस्थल प्राविधिक रुपमा तयारी नहुँदै सञ्चालनमा ल्याएकै कारण जहाज दुर्घटना भएको हो भने तथ्य बाहिर ल्याएको छ र सो क्रममा जहाजको ककपीट कुराकानी पनि सार्वजनिक गर्यौं । मंगलबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद मनिष झाले ककपीटको कुराकानी सार्वजनिक नगर्नु पर्ने तर्क गरेका छन् । अब सांसद झालाई हाम्रो प्रश्न १. त्यसो भए १५ जनवरी २०२३ को जहाज दुर्घटनाको पुनः छानविनको माग गर्न सक्नु हुन्छ त्यही संसदबाट ? २. सक्नु हुन्…

Aug 5, 2024
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थमा यति एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ७२ जनाको ज्यान गयो । १५ जनवरी २०२३ मा भएको जहाज दुर्घटना कुनै आकास्मीक थिएन, थियो त नियोजित । त्यसमा पनि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको चरम लापर्वाही । त्यही बन्द भइसकेको एती एयरको पोखरा दुर्घटनाको फाइल ओपन गर्दै छौं । र, यो तेस्रो भागमा हामीले मृतकका आफन्तले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा र यती एयरलाइन्सको चरम लापर्बाहीका कारण जहाज दुर्घटन भएको हो भने थप प्रमाण सार्वजनिक गर्दै छौं ।

Aug 5, 2024
यती एयरको त्यो जहाज दुर्घटना, कुनै भवितव्य अर्थात्आकास्मीक थिएन, थियो त, नियोजित दुर्घटना । जुन दुर्घटनासँग सम्बन्धीत थप प्रमाणहरु हामी सार्वजनिक गर्दै छौं । अब एक पटक ककपीटको यो अडियो सुन्नु होस्, । जहाज दुर्घटना हुनु भन्दा ५ मिनेट अगाडीदेखि दुर्घटनासम्मको ।

Aug 5, 2024
सावधान ! सुन्नु भएको यो डरलाग्दो अडियो । १५ जनवरी २०२३ अर्थात १ माघ २०७९ आइतबारको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको ATR-72 जहाज अवरण गर्ने क्रममा दुर्घटना भयो । जुन दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । तपाईलाई लाग्न सक्छ । जहाज दुर्घटना भएको १८ महिना भयो । जहाज दुर्घटना सम्बन्धी छानबिन आयोगले आफनो प्रतिवेदन सार्वजनिक गरिसक्यो त । दोषी पनि देखाइसक्यो । अब त, फाइल नै बन्द भयो । तर होइन । ग्राउण्ड जिरोले बन्द भएको यति एयर पोखरा दुर्घटनाको फाइल ओपन गर्दै छ । तथ्य र प्रमाणले ७२ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा नेपाल नागरिक उडडयन प्राधिकरणको चरम लापरवाही र…

Jul 16, 2024
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १५ अर्ब भन्दा बढीको घोटाला भएको छ । विमानस्थल सञ्चालनमा आएको १८ महिना १६ दिन भइसक्यो । विमानस्थलबाट न अन्तर्राष्ट्रिय उडान हुनसकेका छन् । न त अनुसन्धान गर्ने निकायले तिव्रताका साथ आफ्नो काम अगाडी बढाई रहेका छन् । अर्को तर्फ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई चीनका कुटनीतिज्ञको अभिव्यक्तिले भूराजनीतिक टकराव बढाइयो । जसले गर्दा पोखराबाट भारतका सहरमा पनि उडान हुन सकेको छैन । आखिर भारत र चीन कसका कारणले पोखरा क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेका छैन ? विमानस्थल निर्माणको क्रममा भएको घोटालामा कसको कति हात रहेको छ । यही स…

Jul 6, 2024
भक्तपुरको नलिञ्चोकमा जर्बस्ती निर्माण गरिएको हेलिप्याड व्यावसायिक रुपमा सञ्चालनमा आएको ९ दिन पछि बन्द गर्ने चेतावनी क्याप्टेनहरुले दिएका छन् । देश भरिका ४७ जना हेलिकोप्टरका क्याप्टेनहरुले सो हेलिप्याड सुरक्षित नरहेको भन्दै यहाँबाट टेकअफ र ल्याण्डिङ गर्दा जति बेला पनि हेलिकोप्टर दुर्घटना हुन सक्ने चेतावनी सहितको ७ बुँदे पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता गराएका छन् । साथै उनीहरुले आफुहरुलाई प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जर्बजस्ती हेलिकोप्टर नलिञ्चोकबाटै उडाउन दवाव दिरहेको दावी गर्दै भोलीको दिनमा कुनै दुर्घटना भए प्रदिप अधिकारीले जिम्मेवारी लिनु पर्ने तर्क गरेका छन् । क्याप्ट…

Jun 13, 2024
प्रदिप अधिकारीको भ्रष्टाचार काण्ड
भक्तपुरको सूर्यविनायक–१० स्थित नलिञ्चोकमा निर्माणाधीन हेलिप्याड निर्माणको क्रममा १० करोड रुपैयाँ भ्रष्टाचार भएको छ । भ्रष्टाचार गर्ने अरु कोही होइन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी हुन् । हेलिप्याड बनाउनै नहुने ठाउँमा पहिलो चरणमा १३ करोड ५१ लाख रुपैयाँ खर्चेर भ्रष्टाचार गरेको तथ्यहरु फेला परेको छ । तथ्यहरुसँगै जब निर्माणाधीन हेलिप्याड रहेको ठाउँ नलिञ्चोक पुग्यौं, त्यसपछि स्थानीयले आफुहरुलाई झुक्याएर बस्तीको बीचमा हेलिप्याड निर्माण गरिरहेको र सुरक्षाको दृष्टिले पनि चुनौतिपूर्ण रहेको बताए । स्थानीयले आफुहरुसँग २०३२ सालमा सरकारले ‘जहाज लोकेटर’को लागि जग्गा लिएको र अहि…

May 24, 2024
डोल्पामा सर्वसाधारण नागरिकले कौडिको भाउमा जग्गा दिए, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मसिनेचौर विमानस्थल निर्माण गर्नका लागि । मसिनेचौर विमानस्थल करोडौं लागतमा निर्माण पनि भयो । तर, निर्माण भएको ३ वर्ष बितिसक्दा पनि परिक्षण उडान समेत हुन सकेको छैन । ग्राउण्ड जिरोले तथ्यहरु केलाउँदै जाँदा मसिनेचौरमा विमानस्थलका लागि उपयुक्त ठाउँ नै नभएको पाइएको छ । तथापी पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकारका महानिर्देशक प्रदिप अधिकारीले कमिसनकै लागि मसिनेचौरमा विमानस्थल बनाएको खुलेको छ । त्यसपछि ग्राउण्ड जिरोको टिम मसिनेचौर विमानस्थल पुग्यौं, त्यसक्षेत्रका सर्वसाधरणलाई भेट्नका लागि । यो पनि : पोखरा विमान…

May 14, 2024
यो हुम्लाको सदरमुकाम सिमिकोट । सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग अलग्गै छ, सहर र बाँकी नेपालभन्दा टाढा । त्यही बाँकी नेपालभन्दा ढाढा रहेको जिल्ला जाँदै छौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र, यो नेपालगञ्ज विमानस्थल । ……

Apr 15, 2024
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रस्टाचार
एक तले घर बनाउने प्रक्रिया के के हुन्छ ? कुरा सामान्य छ। नक्सा बनाउने, पालिकाबाट जाँचपास गर्ने, भूकम्प प्रतिरोधी हुनेगरी तलैदेखि फाउन्डेसन उठाउने आदि, इत्यादि। अनि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गर्दा के के गर्नुपर्छ ? जहाजलाई टेकअफ र अवतरण गर्ने समयमा सुरक्षित र सन्तुलित बनाइराख्ने महत्वपूर्ण ठाउँ हो, रन-वे। ठूलो ताैल भएका जहाज गुड्ने राजमार्ग पनि हो रनवे। त्यसैले रनवे बनाउँदा भार बहन क्षमता पहिलै सुनिश्चित गरिनु पर्छ। त्यसका लागि तलदेखि माटो फिल गर्दा लेयर—लेयरमा प्रयोग गर्ने माटोको वैज्ञानिक परीक्षण गर्दै काम गर्नुपर्छ। एक तले घर बनाउन कति दिन लाग्छ, तपाइँ सोच्दै गर्नु…

Apr 3, 2024
यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना । यही विवादित आयोजनाबारे केही समय अघि ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो । त्यसपछि ५९ जना स्थानीयवासीको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले ब्लु इनर्जी प्रालि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वि. सं २०७४ साउन ३ गते पारित भएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो । नुवाकोटको देवीघाटदेखि चितवनको देवघासम्मको त्रिशूली नदीलाई सम्पदा नदी घोषणा गर्ने अधिकार दिनसमेत परमादेशको माग उक्त रिटमा गरिएको छ । थप स्टोरी ल…

Mar 31, 2024
चौँरीका बथान चर्ने ठूला फाँटहरु। तिब्बती बौद्ध धर्म सँगैअनौठो प्रथा मान्ने छुट्टै समाज । यो हुम्लाको लिमी उपत्यका हो। सदरमुकाम सिमिकोटबाट ४ दिन हिँडेपछि पुगिने यो ठाउँमा वर्षौंदेखि एउटा अनौठो प्रथा चल्दै आएको छ- बहुपति प्रथा। दाजुभाइले एउटै महिलालाई संयुक्त रुपमा पत्नी बनाउनेयो प्रथा जान्न हामी लिमी उपत्यको हल्जी गाउँमा छौँ। गाउँको विद्यालयमा हामीले एक जना युवालाई भेट्यौँ । २६ वर्षिय छिरिङ एनदाक तामाङ । छिरिङ शिक्षक हुन्। उनी अंग्रेजी र तिब्बती भाषा पढाउँछन् । परिवारमा छिरिङ र उनका एक जना भाई छन् । उनीहरुबीच उमेर फरक छ । तर छिरिङ र उनको भाइकी श्रीमती एउटै छिन्।