Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

आइतबार, ०७ वैशाख २०८२

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे १२ किन बन्द !

Subhak Mahato

April 1, 2025

फ्लाइट प्रस्यूडर डिजाइन नै गायब
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको १८ अर्बको भ्रष्टाचार, चरण/चरणमा भएको छ । सि ए एम सी र प्राधिकरण बीच भएको सम्झौतामा के थियो ? कसरी २२ अर्ब ठेक्का सम्झौता भएको विमानस्थलको लागत ३५ अर्ब पुर्‍याइयो नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ?
सम्झौतामा विमानस्थल पूर्ण रुपमा संचालनमा ल्याउन सबै सुविधाहरु, सबै पूर्वाधारहरु निर्माण गरी सञ्चालनमा ल्याउने दायित्व ठेकेदारको हुने व्यवस्था रहेको छ । ठेकेदारले नै छिनेडाँडा काट्नु पर्ने थियो । तर सम्झौता विपरित प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ३२ करोड २ लाखमा छुट्टै निर्माण व्यवसायीलाई ठेक्का दियो ।


त्यस्तै सम्झौतामा एयरपोर्ट भित्र, बाहिर, माटो, ढुंगा, गिट्टी लगायतका कामका लागि २ करोड २२ लाख ५४ हजार २ सय १८ अमेरिकी डलर छुट्याइएको थियो । तर त्यो काम नै नगरेर ठेकेदारसँग मिलेर २ अर्ब बढी झ्वाम पारेका छन् ।


जसले गर्दा रन–वेको उचाई नै कम भयो, भनेर महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
त्यति मात्र नभएर विमानस्थल भित्रको सम्पूर्ण फ्यासीबीलिटी सम्झौताकै जम्मा रकमबाट जडान गर्नु पर्ने उल्लेख छ । अर्थात् २२ अर्बबाटै ठेकेदारले नै जडान गर्नु पर्ने थियो ।

तर, प्रदिप अधिकारीले एच भी एसी सिस्टमका लागि छुट्टै ७ लाख ४२ हजार अमेरिकी डलरको एसी खरिद गरिएको फाइनल बिलमा देखिन्छ ।

सम्झौतामा एडिस्नल आइटमहरु १ करोड ५२ लाख ३० हजार अमेरिकी डलर रहेको छ ।

तर फाइनल बिलमा एडिस्नल खर्च २ करोड ४ लाख ३६ हजार अमेरिकी डलर रहेको छ ।



विमानस्थल पूर्ण रुपमा संचालनमा ल्याउनका लागि जे जे उपकरण चाहिन्छ । ति सबै उपकरण सम्झौताकै रकमबाट खरिद गर्ने र, त्यसलाई एडिस्नल खर्च भनेर राख्न नपाउने उल्लेख छ । तर, यहाँ एडिस्नल खर्चको नाममा २ अर्ब भन्दा बढी रकम झ्वाम् पारेका छन् ।


त्यस्तै कर छुटमा पनि ठूलै भ्रष्टाचार भएको छ । सम्झौतामा सबै कर निर्माण व्यवसायीले तिर्नु पर्ने उल्लेख छ ।

तर महानिर्देशक प्रदिप अधिकारीले विभिन्न सात वटा माष्टर लिष्ट तयार गरी तत्कालिन पर्यटनमन्त्री र अर्थ मन्त्रीलाई प्रभावमा पारेर २ अर्ब २२ करोड ४० लाखको भन्सार छुट दिन लगाइयो ।



सम्झौताको अर्को महत्वपूर्ण बुँदा हेर्नुहोस्, जहाँ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्नु भन्दा अघि नै फ्लाइट प्रस्यूडर डिजाइन गर्नु पर्ने उल्लेख छ ।
फ्लाइट प्रस्यूडर डिजाइनले दिने रिपोर्टको आधारमा मात्रै विमानस्थल निर्माण गर्नु भनिएको थियो । तर, प्रदिप अधिकारीले अनुमानकै भरमा विमानस्थल बनाउन सुरु गरियो । फ्लाइट प्रस्यूडर डिजाइन २०२२ नोभेम्वरमा मात्र बनाइयो । फ्लाइट प्रस्यूडर डिजाइनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न मिल्दैन भने रिपोर्ट दियो । त्यति बेलासम्म पोखरामा विमानस्थल निर्माणको काम करिब करिब सकिसकेको थियो ।


पोखराको भू–वनोटले गर्दा रन–वे १२ बाट जहाज ल्याण्डिङ गर्न अत्यन्तै जोखिमपूर्ण रहेको फ्लाइट इनस्पेक्सन रिपोर्टमा उल्लेख छ । जसले गर्दा नोभेम्बर २०२२ मा थाइल्याण्डको एयरोनटिकल रेडियो लिमिटेडले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट इनस्पेक्सन नै गर्न सकेन रन–वे १२ बाट ।


त्यसपछि प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले फ्लाइट प्रस्यूडर डिजाइन र फ्लाइट इनस्पेक्सन रिपोर्ट लुकाएर राख्दै आएका छन् । पछि रन–वे १२ बाट यति एयरलाइन्सको जहाज ल्याण्डिङ गर्दा सन् २०२३ जनवरी १५ मा दुर्घटना भयो र अहिले रन–वे १२ तर्फको पापी लाइट पनि बन्द गरेर राखेका छन् ।


आखिर किन पापी लाइट बन्द नै गर्नु पर्ने अवस्था सृजना भयो त ? किन फ्लाइट प्रस्यूडर डिजाइनको रिपोर्ट लुकाएर राखियो ? किन फ्लाइट इनस्पेक्सनको रिपोर्ट पनि गायब गरियो ? अनि पोखरामा भएको यति एयरलान्स जहाज दुर्घटनाको कनेक्सन के रहेको छ ?
सम्झौतामा हस्ताक्षर गर्ने प्रदिप अधिकारीलाई राम्रैसँग थाहा थियो कि विमानस्थल निर्माणदेखि पूर्ण रुपमा संचालनसम्मको सबै काम २२ अर्बमै गर्नु पर्ने थियो र सम्झौतामा पनि उल्लेख छ ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।