
Ground Zero
March 24, 2025
गत साउन ९ गते । त्यो, सौर्य एयरलाइन्सको जहाज दुर्घटना । दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै हुँदा १८ जनाको मृत्यु भयो ।
सरकारले दुर्घटना जाँचबुझ गर्नका लागि रतीशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरियो । आयोगले भदौ २० गते आफ्नो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । तर, पूर्ण प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।
अब बुझ्नु पर्ने कुरा के हो भने सौर्य एयरलाइन्सको जहाज दुर्घटना बाहेक नेपालमा जति जहाज दुर्घटना भयो । कुनै पनि दुर्घटनामा जहाजको क्याप्टेन बाँचेका थिएन । तर यस पटक जहाजको क्याप्टेन बाँच्न सफल भयो ।
जसले गर्दा यस पटकको जहाज दुर्घटनामा क्याप्टेन माथि दोष थुपार्न सक्ने अवस्था रहेन र ‘विमानको तौललाई दोष’ देखाएको छ प्रतिवेदनले ।
अर्को तर्फ ४ वर्षको बच्च पनि सौर्य एयरलाइन्सकै कर्मचारी ? उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका कर्मचारी पनि सौर्य एयरलाइन्सकै कर्मचारी हो भने झुठो विवरण सार्वजनीक गरियो ।
जसले गर्दा सौर्य एयरलाइन्स जहाज दुर्घटना प्रारम्भिक प्रतिवेदन नै गल्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको सेटिङ ल्याएको प्रमाण ग्राउण्ड जिरोलाई प्राप्त भएको छ ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।