
Ground Zero
March 5, 2025
एकीकृत समाजवादीका सांसद् शेरबहादुर कुँवरले सौर्य एयरलाइन्स जहाज दुर्घटनाको पुनः छानबिन गर्न माग गरेको छ । बुधबारको प्रतिनिधि सभाको बैठकमा सांसद् कुँवरले गएको साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज उडान गैरकानूनी रहेको र बालकलाई कर्मचारी बनाएको भन्दै सो दुर्घटनाबारे पुनः छानविन गर्नु पर्ने प्रसंग उठाएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको केही बेरमै ९ साउन २०८१ मा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा पाइलट मनिष शाक्य भने बाँच्न सफल भएका थिए ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।