
Ground Zero
May 30, 2025
पोखरामा करिब ३५ अर्बमा निर्माण भएको ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘कसरी प्राविधिक रुपमा फेला भयो ? चीनसँग ऋण लिएर निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष बितिस्क्यो । तर, पूर्ण रुपमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
कारण विमानस्थल निर्माण अन्तर्राष्ट्रिय उडानका निम्ती प्राविधिक रुपमा निर्माण नहुनु । निर्माणको क्रममा १८ अर्ब भन्दा बढी भ्रष्टाचार गर्नु । फ्लाइट प्रस्यूडर डिजाइनले लिएको रिपोर्ट कार्यान्वयन नगर्नु लगायतका धेरै कारणहरु छन् । त्यही भएर हामी फ्लाइट प्रस्यूडर डिजाइन र फ्लाइट क्यालिब्रेसनको रिपोर्ट लिएर उड्डयान विज्ञ शिशिर शर्मालाई भेटेका थियौं र उक्त रिपोर्टहरुले के अर्थ राख्छ, एउटा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ? अनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट, अब अन्तर्राष्ट्रिय उडान गर्नु कति सम्भव छ ? यही सेरोफेरोमा रहेर उड्डयन विज्ञ शर्मासँग सुभक महतोले गरेको भिडियो कुराकानी ।
थप :-
XCLUSIVE पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे ‘सनसनी खुलासा’ (रिपोर्ट सहित)
पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कहाँ चुक्यो प्राधिकरण ?
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।