Skip to main content
बुधबार, १० असार २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्दा पनि किन पोखरा जान मानेन अन्तर्राष्ट्रिय एयरलाइन्स ?

Ground Zero

March 14, 2025


झण्डै ३५ अर्ब ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । सञ्चालनमा आएको २ वर्ष ३ महिना पुरा भयो ।
सञ्चालनमा आएदेखि आजसम्म न त यहाँबाट जहाज टेकअफ गर्‍यो, न त यहाँ ल्याण्डिङ नै व्यावसायीक रुपमा अन्तर्राष्ट्रिय फ्लाइटहरु ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जबर्जस्त निर्माणको नाममा दैनिक १० घण्टा बन्द गरियो । तर पनि कुनै एउटा अन्तर्राष्ट्रिय जहाज, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ र ल्याण्डिङ गर्न मानेन । अरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा त एकआध जहाज गयो । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जान मानेन, अन्तर्राष्ट्रिय जहाजहरु । कारण के होला ? पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा विमानस्थल त बनाइयो, तर आन्तरिक मात्र ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि बजेट त छुट्याइयो, तर, १८ अर्ब भन्दा बढीको भ्रष्टाचार गरियो । के अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सेतो हात्ती नै भयो त ? आखिर सञ्चालनमा आएदेखि अहिलेसम्म कति कमाई गर्‍यो ?

थप स्टोरी लिंक :-
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी?
चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट?
प्राधिकरणकै रिपोर्ट भन्छ— तीन दिनमा बनाइयो रन-वे
नेपालको उड्डयन क्षेत्रमा एक कर्मचारीले गरेको ४१ अर्बको भ्रष्टाचार
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा वितरणको क्रममा १३ अर्बको भ्रष्टाचार

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।