Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

आइतबार, ०७ वैशाख २०८२
May 14, 2024
यो हुम्लाको सदरमुकाम सिमिकोट । सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग अलग्गै छ, सहर र बाँकी नेपालभन्दा टाढा । त्यही बाँकी नेपालभन्दा ढाढा रहेको जिल्ला जाँदै छौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र, यो नेपालगञ्ज विमानस्थल । ……

Apr 15, 2024
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रस्टाचार
एक तले घर बनाउने प्रक्रिया के के हुन्छ ? कुरा सामान्य छ। नक्सा बनाउने, पालिकाबाट जाँचपास गर्ने, भूकम्प प्रतिरोधी हुनेगरी तलैदेखि फाउन्डेसन उठाउने आदि, इत्यादि। अनि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गर्दा के के गर्नुपर्छ ? जहाजलाई टेकअफ र अवतरण गर्ने समयमा सुरक्षित र सन्तुलित बनाइराख्ने महत्वपूर्ण ठाउँ हो, रन-वे। ठूलो ताैल भएका जहाज गुड्ने राजमार्ग पनि हो रनवे। त्यसैले रनवे बनाउँदा भार बहन क्षमता पहिलै सुनिश्चित गरिनु पर्छ। त्यसका लागि तलदेखि माटो फिल गर्दा लेयर—लेयरमा प्रयोग गर्ने माटोको वैज्ञानिक परीक्षण गर्दै काम गर्नुपर्छ। एक तले घर बनाउन कति दिन लाग्छ, तपाइँ सोच्दै गर्नु…

Apr 3, 2024
यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना । यही विवादित आयोजनाबारे केही समय अघि ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो । त्यसपछि ५९ जना स्थानीयवासीको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले ब्लु इनर्जी प्रालि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई वि. सं २०७४ साउन ३ गते पारित भएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको हो । नुवाकोटको देवीघाटदेखि चितवनको देवघासम्मको त्रिशूली नदीलाई सम्पदा नदी घोषणा गर्ने अधिकार दिनसमेत परमादेशको माग उक्त रिटमा गरिएको छ । थप स्टोरी ल…

Mar 31, 2024
चौँरीका बथान चर्ने ठूला फाँटहरु। तिब्बती बौद्ध धर्म सँगैअनौठो प्रथा मान्ने छुट्टै समाज । यो हुम्लाको लिमी उपत्यका हो। सदरमुकाम सिमिकोटबाट ४ दिन हिँडेपछि पुगिने यो ठाउँमा वर्षौंदेखि एउटा अनौठो प्रथा चल्दै आएको छ- बहुपति प्रथा। दाजुभाइले एउटै महिलालाई संयुक्त रुपमा पत्नी बनाउनेयो प्रथा जान्न हामी लिमी उपत्यको हल्जी गाउँमा छौँ। गाउँको विद्यालयमा हामीले एक जना युवालाई भेट्यौँ । २६ वर्षिय छिरिङ एनदाक तामाङ । छिरिङ शिक्षक हुन्। उनी अंग्रेजी र तिब्बती भाषा पढाउँछन् । परिवारमा छिरिङ र उनका एक जना भाई छन् । उनीहरुबीच उमेर फरक छ । तर छिरिङ र उनको भाइकी श्रीमती एउटै छिन्।

Mar 25, 2024
नेपाल ग्राउन्ड जिरोले मेरो कथा शीर्षकमा आम मान्छेको कथा प्रस्तुत गर्छ। यो पटक हामी प्रसारण जोशीको कथा लिएर आएका छौँ। प्रसारण अध्ययनका लागि डेनमार्क गएका थिए। उनको मन त्यहाँ अडिएन। नेपाल फर्किए र हस्पिटालिटी विजनेश सुरू गरे। अहिले उनको भोजन अल्टिमेट नामको रेष्टुराँ ५२ परिकार र ३० परिकार समावेश हुने महाराजा थाली र बाहुबली थालीका लागि प्रख्यात भएको छ। अहिले भोजन अल्टिमेट कपन, जउलाखेल र सीतापाइलामा सञ्चालनमा छन्।

Mar 22, 2024
पोखरा अन्तरााष्ट्रिय विमानस्थलमा सिधा उडान गना चीनले प्रततबद्धता जनाएको छ। ‘छेन्दु र कुनमिंगबाट यसअघि नै पोखराका लागि चार्टर्ड उडान भइसकेका छन्। थप सिधा उडान गर्न चीन सधैँ प्रततबद्ध छ’, काठमाडौंस्थित चिनियाँ दूतावास प्रवक्ताको कार्यालयले भनेको छ। तर ती उडान व्यवसायिक हुनेछन् वा चार्टर्ड उडान गरिने हो केही खुलाइएको छैन। केही देशले नेपालको पर्यटन र उड्डयनको विकास भन्दा पोखरामा अन्तर्राष्ट्रिय उडान अवरोध गर्दै आएको चीनको बुझाइ छ। निर्माण सम्पन्न भएर नेपाललाई हस्तान्तरण गरेको १ वर्ष ३ महिना बितिसक्दा पनि हालसम्म पोखराबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान भएका छैनन्। यो बीचमा पाँच वटा चार्टड उड…

Mar 15, 2024
पोखरा अन्तर्ष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाको विषयलाई लिएर काठमाडाैंस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको छ। सबै प्रक्रिया पूरा गरेपछि सम्झौताअनुसार नेपालले पाउनुपर्ने १५ प्रतिशत रकम पाउने अवधि सकिन लागेको जानकारी दिँदै दूतावासले कुटनीतिक नोट पठाएको हो। काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाल सरकारलाई पठाएको कुटनीतिक नोट सामान्य अवस्थामा कुटनीतिक नोट पठाउनुको मतलब दुई देशबीच औपचारिक सञ्चार गर्नु हो। तर पोखरा विमानस्थलको विषयमा चीनले पठाएको कुटनीतिक नोटमा उसको सरोकार पनि देखिन्छ । यसमा चीनले कुटनीतिक भाषामा भनेको छ, विमानस्थल निर्माणको सम्झौताअनुसार नेपाल नाग…

Mar 14, 2024
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भएको भ्रस्टाचारको छानवीन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बिहीबार बयान लिएको छ। अधिकारीसँग बिहान १०ः२५ बजेदेखि लगातार ४ घण्टासम्म बयान लिएको हो। ग्राउन्ड जिरोले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा भएको अनियमितताको निरन्तर खोजी रिपोर्टिङ गर्दै आएको छ। यही सन्दर्भमा अख्तियारले बिहीबार अधिकारीसँग बयान लिएको हो। स्रोतका अनुसार अख्तियारको ६ नम्बर पिलरमा उनको बयान लिइएको हो। उनको पूरा भएकै छैन। फेरि उनलाई बयानका लागि बोलाइएको छ। यसअघि महानिर्देशक अधिकारीलाई पत्राचार गरी…

Mar 7, 2024
पिथाैरागढमा आयोजित शिवधाम शिलान्यास कार्यक्रम। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भर्चुवल माध्यमबाट नेपालको दार्चुला जिल्लाको कालापानी क्षेत्रमा निर्माण गरिने शिवधामको शिलान्यास गरेका छन्। नेपालको चुच्चे नक्सा भित्र पर्ने क्षेत्रमा भारतले शिवधाम निर्माण गर्न लागेको हो। कैलाशधाम पनि नाम दिइएको यो परियोजना ७५ करोड भारुमा निर्माण गरिने बताइएको छ। जम्मु कस्मिरबाट भारतीय प्रधानमन्त्री मोदीले भर्चुवल माध्यमबाट शिलान्यस गरेको ठाउँ गुञ्जी गाउँ हो। यो गाउँलाई आफ्नो देशभित्रको भूभाग भन्दै नेपालले तीन वर्षअघि चुच्चे नक्सा जारी गरेको थियो। नक्सालाई संसदले अनुमोदन गरेको थियो। शिलान…

Mar 5, 2024
सुपर त्रिशुली जलविद्युत् आयोजना विवादको विषय संसद प्रवेश गरेको छ। आयोजनाले बल मिच्याइँ गरेर काम गरेको भन्दै स्थानीय आक्रोशित भइरहेको सन्दर्भमा संसदमा यस विषयमा बहस भएको हो। ‘पृथ्वीराजमार्गको त्रिशुली नदीमा सुपर त्रिशुली आयोजना बनाउने काम भइरहेको रहेछ’, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले संसदलाइ सम्बोधन गर्दै भने, ‘यसले राफ्टिङ पर्यटनमा प्रतिकूल असर पार्ने देखिन्छ।’ सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालिले त्रिशुलीमा एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजना निर्माणको काम गरिरहेको हो। कम्पनीले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको देखिए पछि स्थानीयबासी आयोजन…

Mar 5, 2024
यो विवादित सुपर त्रिशुली जलविद्युत् आयोजना हो । यही विवादित आयोजनाबारे केही समय अघि ग्राउण्ड जिरोले वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नै नक्कली बनाएको स्टोरी प्रशारण गरेको थियो । यो विवादको विषयमा संसदमा समेत प्रश्न उठ्न थालेको छ । अर्को तर्फ स्थानीय बासिन्दा र विभिन्न सरोकारवालाले पनि सुपर त्रिशुली जलविद्युत् आयोजना निर्माण राक्नेका लागि आवाज उठाउन थालेका छन् । एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजनाको प्रवद्र्धक सर्राफ ग्रुप अन्तर्गतको ब्लु इनर्जी प्रालि हो । अरुण सर्राफ यो कम्पनीका मालिक हुन् । ब्लु इनर्जीका मालिक अरुण सर्राफले इआइए रिपोर्ट नै गलत बनाएर पेस गरेको पाएपछि चितवनको…

Feb 26, 2024
नेपाल नागरिक उड्डयन प्राधिरणले नेपाल ग्राउन्ड जिरो डट कममा ‘विमाननस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?’ शीर्षक राखी सम्प्रेषित समाचारको खण्डन गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ग्राउन्ड जिरोलाई पठाएको खण्डन जस्ताको त्यस्तै हेर्नुहोस् : हामी दृढ छौं प्राधिकरण महानिर्देशक अधिकारीले खण्डनमा उल्लेख गरेका विषयमा भन्नुपर्दा प्रकाशित समाचारको सुक्ष्म डिटेलिङसहित सम्पूर्ण तथ्यहरूको सत्यतामा हामी अडिग छौं। थप लिंक: विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार पोखरामा कसरी गरिन्थ्यो काम…

Feb 14, 2024
काठमाडौंको आकाश बिहान सफा थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान—अवतरणको चाप बढिसकेको थियो। डोमेस्टिक टर्मिनलको प्रतीक्षालयमा यात्रु खचाखच हुँदै थिए। बुद्ध एयर, यति एयरलाइन्सका नियमित उडानहरु डिले हुन थालिसकेका थिए। बिहानको ८:१५ जस्तो भएको थियो। नेपाली सेनाको युनिफर्म लगाएका एक जनासहित ६ पुरुष चढेको जीप विमानस्थल उत्तरतर्फको पार्किङमा पुग्यो। उनीहरू सबै हेलिकोप्टरमा चढे। बिहान ८ बजेर ३१ मिनेट हुँदा पाइलटले हेलिकोप्टर धावनमार्गबाट अघि बढाए। माथिल्लो भागको ब्लेड अर्थात मेन रोटरको घुम्ने गति बढ्यो। पुच्छरतिरको रोटर पनि एकै साथ तीब्र गतिमा घुम्दा चर्को आवाज निस्कियो, घुइँँइँइँ…इँ।…

Feb 7, 2024
धेरै नेपालीको श्रम गन्तव्य यतिबेला युरोपका देशहरु बनिरहेका छन्। पश्चिम युरोपको तुलनामा गरिब मानिने पूर्वी युरोपका देशहरुमा मेनपावरले नेपालीलाई पठाइरहेका हुन्। मेनपावर मात्र हाेइन कामका लागि युरोप पठाउनेमा एजुकेसन कन्सल्ट्यान्सीहरू पनि देखिएका छन्। नेपाल प्रहरीको अनुसन्धानअनुसार युरोप पठाइदिन्छु भन्नेहरुले पुस महिनामा जम्मागरी करिब १ करोड रुपैयाँ ठगी गरेका छन्। दलालहरूको ठग्ने तरिका कस्तो छ त? २ लाख तलब र स्थायी बसोबास मुख्य हतियार युरोप पठाइदिन्छु भन्नेहरुले पहिला खाडी मुलुक पठाइदिन्छु भन्ने शैली नै अपनाइरहेको प्रहरी निचोड छ। ठगीको आरोपमा पक्राउ गरी प्रहरीले गरेको अनुसन्धानबाट देखिएक…

Feb 2, 2024
सन् २०१६ मै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु भइसकेको थियो। तर यो सन् २०१७ को कुरा हो। त्यहाँ चिनियाँ ठेकेदार कम्पनी सीएएमसीले निर्माण गरिरहेको निर्माण कार्यको स्वतन्त्र गुणस्तर मूल्यांकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्जिनियर मुरारी गौतमलाई नियुक्त गर्यो। गौतम नेपाल आउनु ठिक अगाडि विश्वकप रंगशालाहरुको संरचना निर्माणमा कतारमा थिए। मातृभूमिमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकोमा उनी उत्साही भएर पोखरा पुगे। ठूला परियोजनामा काम गरेको प्रशसस्त अन्तर्राष्ट्रिय अनुभव भएका उनले त्यहाँ के अनुभव गरे ? इन्जिनियर गौतमले कन्सल्ट्यान्टको रुपमा काम गर्दा चिनियाँ ठेकेदार कम…