Skip to main content
मंगलबार, ०९ भदौ २०८३
Oct 14, 2025
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । जहाँ ३५ अर्ब खर्च भयो, तर जहाज उडेन । यो कथा केवल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मात्रै होइन, भ्रष्टाचारको उडानको हो । नेपाली उड्डयनको इतिहासमा अहिले चर्चामा छ एक नाम — प्रदिप अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक । जसले नेपालको आकाशबाट विकासका सपना होइन, अर्बौंको भ्रष्टाचारको कालो धुवाँ उडाएका छन् । 💸 भ्रष्टाचारको पृष्ठभूमि: सामान्य इन्जिनियरबाट सुरु भएको प्रदिप अधिकारीको यात्रा नेपालकै उड्डयन प्रशासनको सर्वोच्च पद — महानिर्देशकसम्म पुग्यो । तर, यो उडान विकासको होइन, भ्रष्टाचारको सिँढी थियो । भ्रष्टाचारको हिसाब गर्दा नेपालको उड्डयन इतिहास…

Oct 12, 2025
देशभर भ्रष्टाचार विरुद्धको लहर चलेको छ । जेनजी आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकारले ठूलो माछा समाउने प्रतिज्ञा गरेकै थियो । तर यता, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी भने उस्तै ढुक्क थिए —ढुक्क, किनकि उनको भरोसा सिस्टम सेटिङमा थियो । असोज २४ गते, शुक्रबार, उनी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको टोली लिएर हेलिकोप्टरमा लुक्ला पुगे । लुक्लातर्फको उडान “सोज २४ गते दिउँसो २ बजेतिर —फिस्टेल एयरको हेलिकोप्टर काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्छ । हेलिकोप्टरमा थिए —पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्व न्यायाधीश आनन्द मोहन भट्टराईका भाई सागर…

Oct 7, 2025
काठमाडौं । मंगलबार बिहान टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेटअगाडि असामान्य दृश्य थियो। केही युवाहरू भन्दै थियो, ‘नैतिकताको आधारमा राजीनामा देऊ’, ‘भ्रष्टाचारमुक्त नेपाल हाम्रो सपना’ जस्ता नारा लगाउँदै उभिएका थिए। उनीहरू न कुनै दलका कार्यकर्ता थिए, न कुनै संस्थाका पेशेवर आन्दोलनकारी। उनीहरू थिए — जेन-जी मुभमेन्ट एलाइन्स, स्वतन्त्र नागरिक अभियानमा जुटेका नयाँ पुस्ताका प्रतिनिधि। लक्ष्य स्पष्ट थियो — अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा। उनीहरूको बुझाइमा अख्तियार अब भ्रष्टाचारविरुद्धको प्रहरी होइन, बरु भ्रष्टाचारको मौन सहयात्री बनेको छ। “जब अख्तियार नै जनताको विश्वास…

Sep 26, 2025
२०८१ साउन ९ गते, सौर्य एयरलाइन्सका यात्रुका लागि कहिल्यै नबिर्सने दिन बन्यो । काठमाडौंबाट पोखरा जाने क्रममा विमान दुर्घटना हुँदा १९ मध्ये १८ जनाको ज्यान गयो । तर, यो दुर्घटनापछि बनेको सरकारी जाँचबुझ आयोगको प्रतिवेदनले मृतक को–पाइलट सुशान्त कटुवाललाई मुख्य दोषी ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्सलाई निर्दोष देखाएको छ । पीडित परिवारका लागि यो प्रतिवेदन घाउमाथि नुन छर्किने काम भयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा गठित पाँच सदस्यीय आयोगले प्रतिवेदन सार्वजनिक गर्दै जहाज बिग्रिएको वा प्रणालीगत त्रुटि भएको कुरा खारेज गर्दै दोष को–पाइ…

Sep 21, 2025
भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनले सिंहदरबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म हल्लाएको छ । आन्दोलनको पहिलो माग नै ठूला माछालाई कानुनी कठघरामा ल्याउने होस् भन्ने हो, र अहिले त्यो माग नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी प्रकरणमा केन्द्रित भएको छ । संसदीय छानबिन समितिको प्रतिवेदनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मात्र १८ अर्ब बराबरको अनियमितता भएको पुष्टि गरेको छ । समितिले प्रदिप अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन गर्न सिफारिस गरेको छ, तर अख्तियार अझै मौन छ । यो एक मात्र घटना होइन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा वितरणमा १२…

Sep 16, 2025
नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले आफ्नै महानिर्देशक प्रदीप अधिकारीलगायत उच्च पदाधिकारीविरुद्ध अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उजुरी दर्ता गराएका छन्। उनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मात्रै १८ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गर्दै तत्कालीन संसदीय समितिले पनि अधिकारीलाई निलम्बन गरी छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको तर कार्यान्वयन नभएको जनाएका छन्। लामो समयसम्म सरकारले चासो नदेखाएपछि हालैको जेनजी युवाहरूको भ्रष्टाचारविरोधी आन्दोलनपछि बनेको नयाँ सरकार केही गर्छ कि भन्ने आशासहित…

Sep 11, 2025
जेनजी आन्दोलनको क्रममा भएको आगजनीले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई ठूलो क्षति पुर्‍याएको छ। आगो लाग्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, शिक्षा, कृषि र सामान्य प्रशासन मन्त्रालयका भवनहरू जलेर नष्ट भएका छन्। आगलागीका कारण ऐतिहासिक भवनका महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका छन्। यस घटनापछि प्रशासनीक कामकाज ठप्प भएको छ भने सेवाग्राहीहरू प्रभावित भएका छन्। सुरक्षा निकायले आगो हाल्नेहरू आन्दोलनकारीकै समूह भएको प्रारम्भिक अनुमान गरेको छ। सिंहदरबारमा भएको यो आगजनीले केवल भौतिक क्षति मात्र नभई देशको प्रशासनिक स्थायित्व र लोकतान्त्रिक संरचनाम…

Sep 11, 2025
हाम्रो देश अहिले एक जटिल राजनीतिक र सामाजिक मोडमा उभिएको छ। चरम भ्रष्टाचार तथा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी निर्णय, त्यसको विरुद्धमा भड्किएको जेनजी युवापुस्ताको आन्दोलन, प्रहरीद्वारा भएको गोली प्रहार र त्यसमा भएका मृत्युले राजनीतिक मात्र नभई नैतिक संकट पनि उजागर गरेका छन्। राज्य र जनताबीचको विश्वासको डोरी चुँडिन लागेको जस्तो देखिँदै गर्दा सबैको मनमा एउटै प्रश्न छ—अबको निकास के ? सबैभन्दा पहिले, दमन र बल प्रयोगबाट समाधान खोज्ने प्रयास दीर्घकालीन निकास हुन सक्दैन। इतिहासले देखाएको छ, जनताको आवाजलाई दबाउने प्रयासले अझ ठूलो विस्फोट निम्त्याउँछ। अहिले सडकमा देखिएको आक्रोश केवल…

Sep 10, 2025
काठमाडौंमा पछिल्लो सयम प्रदर्शन अराजक बन्दै जाँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत पनि आक्रमणमा पर्‍यो । आगजनीमा सर्वोच्च अदालतमा रहेका ५० हजार भन्दा बढी मुद्दाका फाइल जलेर नष्ट भएपछि सबै मुद्दा सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ। सर्वोच्च अदालतका कर्मचारीहरू अवशेष व्यवस्थापनमा खटिएका छन् ।

Sep 9, 2025
जेनजी युवापुस्ताको आन्दोलनले देशको प्रमुख प्रशासकीय अड्डा सिंहदरबार कब्जा गरेका छन् । हजारको संख्यामा आएका युवाहरुले सिंहदरबार कब्जा गरेको हो । त्यसका साथै नयाँ बानेश्वरमा रहेका संसद भवनमा पनि आगजानी गर्दै नियन्त्रणमा लिएको हो । त्यस्तै जेनजी युवापुस्ताले नेपाली कांग्रेस, एमाले लगायतका पार्टी कार्यालयहरु पनि जलाएका छन

Sep 9, 2025
भ्रष्टाचार तथा बेतिथीबिरुद्ध स्वस्फूर्त उत्रिएका युवाहरुको प्रदर्शन मंगलबार पनि जारी छन् । जेनजी समूहले सोमबार गरेको प्रर्दशनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । आज पनि ठाउँ ठाउँमा प्रर्दशनकारीले टायर बालेर प्रर्दशन गरिरहेका छन् । केही ठाउँमा झड्प पनि भएका छन् ।

Sep 8, 2025
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृतकको संख्या १६ पुगेको छ। एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, सिभिल हस्पीटल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये थपको मृत्यु भएको पुष्टि भएको हो। मृत्यु हुनेमा कालिकोट घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । बाँकीको अहिलेसम्म पहिचान खुलेको छैन । २ सय भन्दा बढी घाइतेमध्ये एक दर्जन गम्भीर अवस्थामा छन्।

Sep 8, 2025
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृतकको संख्या १६ पुगेको छ। एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, सिभिल हस्पीटल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये थपको मृत्यु भएको पुष्टि भएको हो। ५० भन्दा बढी घाइतेमध्ये एक दर्जन गम्भीर अवस्थामा छन्।

Sep 2, 2025
देशको दोस्रो प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा १ अर्ब ६ करोड भन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । तर पूर्व–पश्चिम रन–वे हुने भनिएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको जहाजको रुटको बारेमा हालसम्म टुंगो लागेको छैन । जसका कारणले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा भएको भ्रष्टाचार जस्तै निजगढमा पनि भ्रष्टाचार हुने होइन त ? भन्दै स्थानियबासी लगायत जानकारीहरुले चिन्ता व्यक्ति गरेका छन् । उनीहरुले जहाज टेकअफ र ल्याण्डिङ रुटको बारेमा कुरा नटुंग्याई जस्तो सुकै विमानस्थल निर्माण गरे काम नै नलाग्ने बताउँदै भ्रष्टाचारका लागि नभएर रुटको कुरा टुंग्या…

Aug 27, 2025
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब भन्दा बढी भ्रष्टाचारका आरोपित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी आफ्नो बचाउमा मिडिया ट्राइल गर्दै छन् । सार्वजनिक लेखा समितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्काल निलम्बन सहितको कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारलाई सिफारिस गरेको थियो । तर, भ्रष्टाचार आरोपित अधिकारीमाथि कारबाही गर्न ढिला भएसँगै पछिल्लो समय मिडियामा तथानाम बोल्दै हिडेका छन् ।

Aug 24, 2025
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ ‘टाँगिया बस्ती’मा निर्माण हुने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल २८ वर्षदेखि चर्चामा छन् । विमानस्थल निर्माणको नाममा १ अर्ब ६ करोड भन्दा बढी खर्च भइसक्यो । तर, टाँगिया बस्तीबाट बिस्थापित हुने २ हजार २ सय घरधुरीलाई कहाँ सार्ने हो ? कसरी सार्ने हो ? कति मुआव्जा दिने हो, त्यसको केही टुंगा छैन । तत्कालिन सरकारले टाँगिया क्षेत्रमा भएको वन फरानी पछि रुख रोप्नका लागि २ सय भन्दा बढी परिवारलाई ५१ वर्ष अघि टाँगिया बस्तीमा ल्याएको थियो । जसमध्ये एक हुन् ७९ वर्षिय बलबहादुर रानामगर । जब २०५० सालमा टाँगिया बस्ती हटाएर विमानस्थल निर्माण गर्ने चर्चा चल्यो, त्यस…

Aug 15, 2025
प्रस्तावित ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणको कुरा सुरु भएको २८ वर्ष भन्दा बढी समय बितिसक्यो । अन्तर्राष्ट्रिय विमानस्थल सोही ठाउँमा निर्माण हुने वा नहुने त्यसको कुनै ग्यारेन्टी छैन । तर, विमानस्थल निर्माणको नाममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले आफ्नै कम्पनीलाई कामको ठेक्का दिएर १ अर्ब ६ करोड भन्दा बढी रुपैयाँ खर्च गरेका छन् । त्यही भएर ग्राउण्ड जिरोको टिम प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रन–वे निर्माण हुने भनिएको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थितको ‘टाँगिया बस्ती’ पुगेका थियौं । जुन बस्तीमा २ हजार २ सय घरधुरी छन् । मतदाताको कुरा गर्न…

Jul 24, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको शुक्रबार (साउन ९ गते) एक वर्ष पुरा भएको छ । १८ जनाको ज्यान जाने गरी भएको सो जहाज दुर्घटना बारे जाँचबुझ गर्न गठन गरिएको अबैधानिक आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीको गम्भिर लापर्वाहीलाई बचाउ गरेका छन् । जाँचबुझ आयोगको प्रारम्भीक प्रतिवेदनले तौलको कारण जहाज दुर्घटना भएको हो भनेर निष्कर्ष निकालेको थियो । तर, पूर्ण प्रतिवेदनले क्याप्टेनको कारण जहाज दुर्घटना भएको हो भने निष्कर्ष छ । यसबारेको चिरफर हेर्नुहोस् । थप स्टोरी : बिग्रेको जहाजमा १९ जना राखेर कसले बाध्य पार्‍यो पोखरा विमानस्थल लानका लागि सौर्…

Jul 14, 2025
आफुले गरेको भ्रष्टाचार लुकाउन भक्तपुरको नलिञ्चोक हेलिप्याडबाट जबर्जस्ती हेलिकप्टर उडाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उर्दी जारी गरेका छन् । प्राधिकरणले हेलिकप्टरका ४२ जना क्याप्टेनहरुको नाम उर्दी सहितको छुट्टाछुट्टै पत्र काटेको हो । नलिञ्चोक हेलिप्याडबाट जसरी पनि हेलिकप्टर उडान गर्नु पर्ने र उडान नगरे लाइसेन्स नै रद्द गर्नेसम्मको धम्की दिएका छन् । करिब २५ करोड लगानी गरी हेलिप्याड खोँच र मानव बस्तीको बीचमा निर्माण गरेपछि उक्त ठाउँबाट प्राविधिक रुपमै हेलिकप्टर टेकअफ र ल्याण्डिङ गर्न नमिल्ने निष्कर्ष प्राधिकरणकै छन् , र यस पटकको सिरिजमा यही कुरा देखाउँदै छौं । थप स्टोरी :- नलिञ्चोकम…