
Ground Zero
May 2, 2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब भन्दा बढीको भ्रष्टाचार भएको छ । सांसद् राजेन्द्र लिङ्देनको संयोजकत्वमा रहेको उपसमितिले विमानस्थल निर्माणका क्रममा अर्बौंको भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।
प्रतिवेदनमा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा भ्रष्टाचार भएको उल्लेख गर्दै विमानस्थल ठेक्का प्रक्रियादेखि निर्माणसम्म नै भ्रष्टाचार सुरु भएको उल्लेख छ । जसका लागि विभिन्न समयमा भएका मन्त्रीहरु र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु जिम्मेवार रहेका छन् । साथै छानबिन समितिले प्राधिकरणका अहिलेका महानिर्देशक प्रदिप अधिकारीलाई मुख्य योजनाकार रहेको उल्लेख छ ।
प्रतिवेदनमा भ्रष्टहरुको नाम किटेर आएपछि उनीहरुले अहिले आफु निकट विभिन्न मिडियामा यो वा त्यो बहाना बनाइरहेका छन् । तर, ३५ देखि ४० अर्बमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजसम्म नियमित व्यवसायीक अन्तर्राष्ट्रिय उडान हुन सकेका छैन भने कुरा स्वाठ्ठहरुलाई पनि थाहा नै छ ।
उपसमितिको विभिन्न ११ वटा शीर्षकमा भ्रष्टाचार भएको निष्कर्ष छ । जसको क्रममा जुन रुपमा अर्थमन्त्रालयले सहयोग गर्नु पर्ने थियो, त्यो रुपमा मन्त्रालयले सहयोग नगर्दा ठूला माछा उम्किन लागेको उपसमितिका संयोजक राजेन्द्र लिङ्देनको भनाई छ । यही भ्रष्टाचार र प्रतिवेदनको बारेमा यो सिरिजमा संयोजक लिङ्देनसँग ग्राउण्ड जिरोले गरेको कुराकानी ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।