
Subhak Mahato
May 23, 2025
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा भएको ३२ देखि ३५ अर्बको स्क्याम । ग्राउण्ड जिरोलाई प्राप्त रिपोर्टहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रुपमा ठिक छैन र यहाँबाट पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान गर्न मिल्दैन ।
यस पटकको सिरिजमा विमानस्थल निर्माण प्राविधिक रुपमा ठिक छैन र जर्बजस्ती जहाज उडाए दुर्घटना हुन सक्ने गम्भिर प्रमाणहरु सार्वजनिक गर्दैछौं । ति प्रमाणहरुले भन्दै छन्, कि ‘रन–वे ३० बाट जहाज टेकअफ गर्न मिल्दैन र रन–वे १२ बाट जहाट ल्याण्डिङ गर्न मिल्दैन’ । ति एक/एक रिपोर्टहरुको एक/एक पाना हामी देखाउँदैछौं ।
यो कुरा बुझ्नका लागि तीन वटा रिपोर्ट र सम्झौता हेर्नु पर्ने हुन्छ ।
पहिलो : नेपाल नागरिक उड्डयन प्राधिकरण र चीनियाँ कम्पनी सिएएमसी बीच भएको मुख्य सम्झौता ।
दोस्रो : फ्लाइट प्रस्यूडर डिजाइन ।
तेस्रो : फ्लाइट क्यालिब्रेसन (फ्लाइट इनस्पेक्सन) रिपोर्ट ।
हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने ठेक्का पाएका चिनियाँ कम्पनी सिएएमसीले बनाएको फ्लाइट प्रस्यूडर डिजाइनको रिपोर्टले ‘रन–वे ३० बाट टेकअफ नगर्न र रन–वे १२ बाट ल्याण्डिङ नगर्न भनी रिपोर्टमा उल्लेख गरेका छन् ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।