Oct 4, 2025
मौसमको नाटकमा लुकेको भ्रष्टाचारः सडक बन्द हुँदा आन्तरिक उडान रोके, अन्तर्राष्ट्रिय भने उडिरहे
बाढी र पहिरोका कारण काठमाडौं उपत्यका भित्रिने–निस्कने सडकमार्ग अवरुद्ध भएको बेला आन्तरिक हवाई उडान पनि ठप्प पारिँदा यात्रुहरू समस्यामा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिनभर आन्तरिक उडान रोकिँदा हजारौं यात्रु अलपत्र परेका छन्, तर यही विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने नियमित रूपमा सञ्चालन भइरहेका छन् । यसले “खराब मौसम” भन्ने बहानामा हवाई सेवाको दुरुपयोग र संभावित भ्रष्टाचारको नाटक भएको आरोप उठेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) का महानिर्देशक प्रदिप अधिकारीको आदेशमा “मौसम प्रतिकूल” भन्दै आन्तरिक उडान बन्द गरिएको प्राधिकरण स्रोतले जनाएको छ । तर, भित्रैका प्रावि…