
Subhak Mahato
April 29, 2025
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि ८ सय ६ बिघा जग्गा अधिग्रहण गरियो । तर, विमानस्थलको ४ सय बिघा भन्दा बढी जग्गामा भैंसी चर्दैछन् । प्राधिकरण नेतृत्वले नीतिगत भ्रष्टाचार गर्नकै लागि आवश्यकता भन्दा बढी जग्गा अघिग्रहण गरेको प्रमाणहरु ग्राउण्ड जिरोलाई प्राप्त भएको छ । अघिल्लो सिरिजमा स्थानीय जग्गा धनीले कसरी मुआब्जा बितरणका क्रममा आफुहरुसँग घुस लिएको दावि गरे, त्यो देखाइसकेका छौं । यो पटकको सिरिजमा हामीले विमानस्थल भन्दा दक्षिण तर्फ आवश्यकता भन्दा बढी खोला र सिमानाको जग्गा भ्रष्टाचार गर्नकै लागि खरिद गरिएको र सो जग्गामा अहिले स्थानीयहरुले भैंसी पाल्न सुरु गरेको हो । भैंसी पाल्नबाट स्थानीयलाई राम्रै आम्दानी भइरहेको छ ।
थप स्टोरीहरु :-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा वितरणको क्रममा १३ अर्बको भ्रष्टाचार
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई घुस दिएपछि मात्रै मुआब्जा
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।