Skip to main content
मंगलबार, ०९ भदौ २०८३
Oct 15, 2023
नेपाल र युकेबीच भएको सम्झौता अनुसार नेपाली नर्स युके गएर कमाउने पैसाबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । यो विषयमा ग्राउन्ड जिरोले एउटा सानो रिसर्च गरेको छ । हामीले नेपाल र युकेबीच भएको सम्झौतापछि भइरहेका चरणबद्ध कामहरु सरसर्ती अध्ययन ग¥यौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम विभागका आधिकारिक व्यक्तिसँग औपचारिक, अनौपचारिक भेटघाट ग¥यौँ । सरकारका आधिकारिक व्यक्तिहरुको भनाइ र सम्झौता सम्बन्धी कागजातअनुसार अहिलेका लागि नेपाली नर्सको युकेको तलब ४१ देखि ५१ लाख रुपैयाँसम्म हुनेछ । तर यो भनेको वार्षिक तलब हो, मासिक होइन । युके गएर उनीहरु कति समय त्यहाँ बस्न पाउँछन् भन्ने टुंगो छ…

Oct 15, 2023
सर्वसाधारण विदेशबाट फर्किंदा ल्याउने मोबाइल फोनमा सरकारले कडाइँ गर्न थालेको विषय नयाँ होइन । वैदेशिक रोजगारबाट फर्किनेले २ वटा फोन ल्याउँदा भन्सार तिर्नु पर्दैन । अन्यले एउटाभन्दा बढी ल्याए भन्सार तिर्नुपर्छ । दशैँ आउन लागेको समयमा हामीले विमानस्थल भन्सारका आधिकारिक अधिकारीलाई सोधेका थियौँ, ‘दशैँमा घर फर्किने नेपालीले एकभन्दा बढी फोन लिएर आए के हुन्छ ?’

Oct 15, 2023
अमेरिकाको डिभी चिट्ठा कार्यक्रममा आवेदन खुलेको दुई साताभन्दा बढी भइसक्यो। चिट्ठा परेर अमेरिका बसाइँ सर्न पाइने भएकाले डिभी कार्यक्रमप्रति नेपालीको ठूलो आकर्षण छ। केही दल र नेताले केही समय अघि अमेरिकाको विरोधीमा सडक आन्दोलन चर्काएका थिए। आन्दोलनको मोर्चामा केहीको टाउको समेत फुटेको थियो। अहिले ती कार्यकर्ताले अमेरिका बसाइँ सर्न पाइने डिभी चिट्ठा भछन् कि भर्दैन होला ? यो प्रश्न पेचिलो छ।

Oct 15, 2023
केही अघि नेपाल र जर्मनीबीच श्रम सम्झौता गरेको थियो। यसै सन्दर्भलाई लिएर यतिबेला अर्को एउटा विषय चर्चामा छ। नेपाली कामदारलाई जर्मनी कसले पठाउने? सरकार कि म्यानपवार? वैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीले पाइला पाइलामा ठगेको विवरण सामान्य भइसकेका छन्। सरकारी संयन्त्रबाट कामदार कोरिया पठाउँदा म्यानपावरभन्दा व्यवस्थित देखिएको छ। जर्मनीको हकमा सरकारले लतो छाडे, कामदार जर्मनी पठाउने जिम्मा मेनपावरले पाउन सक्छन्।

Oct 15, 2023
Episode 01
पत्याउन गाह्रो हुन सक्छ तर यो वास्तविकता हो। तिब्बतसँग सिमा जोडिएको नेपालको हुम्ला जिल्लामा एक चक्की सिटामोल किन्न ४—५ दिन हिँड्नुपर्छ । स्वास्थ्य सेवा पाउन कर्णाली क्षेत्रका बासिन्दाले भोग्नुपर्ने यो एउटा प्रतिनिधिमूलक कथा हो।

Oct 6, 2023
Susta : EP-02
मैले दुई वर्ष अघि ‘सुस्ताको ग्राउण्ड जिरो रिपोर्टिङ’ गरेका थिए । सोही सुस्ताबारेको रिपोर्टिङ युट्युवबाट हटाइएको रहेछ साथीहरुले । मुख्य कपी मसँग सुरक्षित भएको कारण पुनः अपलोड गरेको छु । बर्फिलो बिहानी । यो सुदूर गाउँ शान्त छ । मोटरगाडीका आवाज सुनिँदैनन् । नदी बगेको, हावा चलेको र चराचुरुङ्गी चिरबिर गरेको मात्र सुनिन्छन् ।  सल्लाका सुरिला बोटहरु जाडोले कठ्याङ्ग्रिएका छन् । ठाडा खोलामा पानी हैन बरफ नै बगेको भान हुन्छ ।  पारिलो घामले चियाउँछ । ध्वजा पताकाहरु नाच्न थाल्छन् ।  हिमालतिर जाने तयारी सुरु भइसक्यो । कोही बिहानै बाटो लागिसके, कोही घोडामा रासन लाद्‌दै छन् । ङिमा…