Skip to main content
शनिबार, १३ असार २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा १८ अर्बको भ्रष्टाचार (प्रतिवेदनको पूर्णपाठ)

Subhak Mahato

April 28, 2025


पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको १८ अर्ब भ्रष्टाचारको बारेमा छानबिन गर्न गठित उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी संलग्न व्यक्तिलाई तत्काल निलम्बन सहितको प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाएको छ ।


राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले सोमबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन (प्रतिवेदनको पूर्णपाठ) बुझाएको हो ।

प्रतिवेदनमा महानिर्देशक प्रदिप अधिकारीलगायत संलग्न अन्य बहालवाला पदाधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडी बढाउन र हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशनसहित सिफारिस गरेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अर्बौको भ्रष्टाचार भएको बारेमा ग्राउण्ड जिरोले पहिलो पटक खुलासा गरेको थियो । उक्त विमानस्थलको बारेमा सिरिज रुपमै प्रशारण भएको स्टोरीहरु ग्राउण्ड जिरोमा हेर्न सकिन्छ ।

थप स्टोरीहरु :-
पोखरा विमानस्थलमा १५ अर्ब भ्रस्टाचार, नेपालीलाई चिनियाँ ऋणको भार
पोखरामा कसरी गरिन्थ्यो काम? कन्सल्ट्यान्ट इन्जिनियर गौतमसँगको अन्तर्वार्ता
विमानस्थलको गुणस्तर घट्दा काठमाडौंमा जग्गा बढ्यो, कसरी ?
चिनिया दूतावासले किन पठायो कुटनीतिक नोट ?
प्राधिकरणकै रिपोर्ट भन्छ— तीन दिनमा बनाइयो रन-वे
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचारमा चीन तानिने
प्राधिकरणको महानिर्देशक प्रदिप अधिकारीसँग पोखरा यती एयर जहाज दुर्घटनाको कनेक्सन
नेपालको उड्डयन क्षेत्रमा एक कर्मचारीले गरेको ४१ अर्बको भ्रष्टाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार : मास्टर लिस्टमा जोडिएका पूर्वमन्त्रीहरु को को हुन् ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।