Skip to main content
शनिबार, १३ असार २०८३

ध्वस्त सिंहदरबार: सात मन्त्रालय खरानी, प्रशासनिक स्थायित्वमाथि गम्भीर प्रश्न

Subhak Mahato

September 11, 2025


जेनजी आन्दोलनको क्रममा भएको आगजनीले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई ठूलो क्षति पुर्‍याएको छ। आगो लाग्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, शिक्षा, कृषि र सामान्य प्रशासन मन्त्रालयका भवनहरू जलेर नष्ट भएका छन्।

आगलागीका कारण ऐतिहासिक भवनका महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका छन्।

यस घटनापछि प्रशासनीक कामकाज ठप्प भएको छ भने सेवाग्राहीहरू प्रभावित भएका छन्। सुरक्षा निकायले आगो हाल्नेहरू आन्दोलनकारीकै समूह भएको प्रारम्भिक अनुमान गरेको छ।

सिंहदरबारमा भएको यो आगजनीले केवल भौतिक क्षति मात्र नभई देशको प्रशासनिक स्थायित्व र लोकतान्त्रिक संरचनामाथि पनि गम्भीर प्रश्न उठाएको छ।

सिंहदरबारबाट ध्वस्त मन्त्रालयहरुको ग्राउण्ड जिरो रिपोर्टिङ :

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।