Ground Zero
August 15, 2025
प्रस्तावित ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणको कुरा सुरु भएको २८ वर्ष भन्दा बढी समय बितिसक्यो । अन्तर्राष्ट्रिय विमानस्थल सोही ठाउँमा निर्माण हुने वा नहुने त्यसको कुनै ग्यारेन्टी छैन । तर, विमानस्थल निर्माणको नाममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले आफ्नै कम्पनीलाई कामको ठेक्का दिएर १ अर्ब ६ करोड भन्दा बढी रुपैयाँ खर्च गरेका छन् ।
त्यही भएर ग्राउण्ड जिरोको टिम प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रन–वे निर्माण हुने भनिएको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थितको ‘टाँगिया बस्ती’ पुगेका थियौं । जुन बस्तीमा २ हजार २ सय घरधुरी छन् । मतदाताको कुरा गर्ने हो, भने ४ हजार भन्दा बढी छन् । हिजो आज यो बस्तीका नागरिकहरु विमानस्थल निर्माणको बारेमा कुरा गर्न खासै रुची देखाउँदैन । किन भने २८ वर्षदेखि एउटै कुरा ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन्छ रे !’ न त विमनस्थलको निर्माण हुन सकेको छ, त त आफुहरुको समस्याको समाधान नै ।
न त टाँगिया बस्तीमा फोनले काम गर्छन्, न त इन्टरनेटले ।
टाँगिया बस्तीका नागरिकलाई २८ वर्षदेखि दिएको यातना देखाउँदैछौं, पहिलो सिरिजमा ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।