Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

बुधबार, २७ कात्तिक २०८२

पोखरा विमानस्थल घोटाला: सरकार र अख्तियारको मौन रहस्य !

Ground Zero

October 14, 2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । जहाँ ३५ अर्ब खर्च भयो, तर जहाज उडेन । यो कथा केवल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मात्रै होइन, भ्रष्टाचारको उडानको हो । नेपाली उड्डयनको इतिहासमा अहिले चर्चामा छ एक नाम — प्रदिप अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक । जसले नेपालको आकाशबाट विकासका सपना होइन, अर्बौंको भ्रष्टाचारको कालो धुवाँ उडाएका छन् ।

💸 भ्रष्टाचारको पृष्ठभूमि:
सामान्य इन्जिनियरबाट सुरु भएको प्रदिप अधिकारीको यात्रा नेपालकै उड्डयन प्रशासनको सर्वोच्च पद — महानिर्देशकसम्म पुग्यो । तर, यो उडान विकासको होइन, भ्रष्टाचारको सिँढी थियो ।
भ्रष्टाचारको हिसाब गर्दा नेपालको उड्डयन इतिहासमा सबैभन्दा ठूलो घोटाला प्रदिप अधिकारीकै पालामा भयो — करिब ८० अर्ब रुपैयाँ बराबरको ।

✈️ 🏗️ पोखरा विमानस्थल:
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको गौरव भनेर उद्घाटन गर्‍यो । तर, यो गौरवकै ओढारमा लुकेको थियो १८ अर्बको भ्रष्टाचार ।
जम्मा लगानीः ३५ अर्ब
भ्रष्टाचारः १८ अर्ब
भुक्तानी बिल, ठेक्का प्रक्रिया र सर्भे डिजाइन —सबैमा मिलेमतोको खेल । जहाँबाट अन्तर्राष्ट्रिय उडान नै हुन नसक्ने भौगोलिक र प्राविधिक त्रुटि जानाजान बेवास्ता गरियो ।

🛩️ अन्य विमानस्थलहरूको लहरो:
पोखरामा मात्रै होइन, देशका हरेक कुनामा उस्तै कथा दोहोरियो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल — लगानी ४५ अर्ब र भ्रष्टाचार १२ अर्ब ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार — लगानी २३ अर्ब र भ्रष्टाचार १३ अर्ब ।
नेपालगञ्ज, विराटनगर, भरतपुर — प्रत्येकमा १/१ अर्बको हिनामिना ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल — अस्तित्वमै नआएको योजनामा ६० करोड गायब ।
यसरी प्रदिप अधिकारीले उडानका नाममा भ्रष्टाचारको नेटवर्क निर्माण गरे —जहाँ विमानस्थल भन्दा अगाडि ठेकेदार र कमिसन चल्थ्यो ।

🛩️ उडान नहुने विमानस्थल :
जहाज नै टेकअफ र ल्याण्डिङ गर्न नसक्ने ठाउँमा पनि विमानस्थल बने ।
मसिनेचौर विमानस्थल — जहाज उड्नै सक्दैन ।
मनाङ विमानस्थल — प्राविधिक रूपमा असम्भव ।
नलिञ्चोक हेलिपोर्ट — मानव बस्तीको बीचमा निर्माण ।
तर, ठेक्का चाहिँ पक्का। किनभने उद्देश्य उडान होइन, कमिसन थियो।

💼🕸️ राजनीतिक जालो :
प्रदिप अधिकारीको राजनीतिक उडान पनि कम रोचक छैन । माधवकुमार नेपालदेखि सुरु भएको उनको पहुँच, पछि प्रचण्ड, आरजु राणा हुँदै मुख्य सचिव र ठेकेदार बिचौलिया दिपक भट्टसम्म फैलियो । उनी नेताहरूसँग नजिक, ठेकेदारहरूसँग गहिरो र अनुसन्धान निकायसँग टाढा ।

🐢 अख्तियार र सरकारी ढिलासुस्ती :
संसदको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भेटेपछि कारबाहीको सिफारिस गर्यो । प्रदिप अधिकारी र सम्बन्धित कर्मचारीलाई निलम्बन गरी अनुसन्धान अघि बढाउन निर्देशन दियो, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई । तर, त्यो निर्देशन फाइल नै थुनियो दराजमा । अख्तियार स्रोतका अनुसार हामीले तयारी गरेका थियौँ, तर त्यतिबेलाको सरकारबाट दवाव आयो — अहिले नगर्नू भनेर ।

🗣️ जेन-जी आन्दोलन र सुशिला कार्की सरकार
तर, युवाहरूले यो पटक मौन बस्न सकेनन्। जेन-जी आन्दोलन सुरु भयो — भ्रष्टाचारविरुद्धको अभियान । आन्दोलनपछि बनेको सुशिला कार्की नेतृत्वको सरकार अब भ्रष्टाचारमाथि शून्य सहनशीलताको नीति अपनाउँदैछ। जेनजीका युवाहरूले महानिर्देशक प्रदिप अधिकारीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराइसकेका छन्, दर्ता नम्बर-१ ।

🏠 सम्पत्ति र प्रमाण :
सामान्य परिवारबाट आएका प्रदिप अधिकारीको आज देशका तीन सहरमा ८ अर्बभन्दा बढी सम्पत्ति छ। त्यो पनि आफ्नै नाममा मात्र होइन, नातेदार र बिचौलियाको नाममा लुकाएर राखिएको ।

📺 मौन मिडिया :
सबै तथ्य खुलेका छन्, तर ठूला मिडियाहरू मौन छन् । किनभने विज्ञापन र प्रभाव — दुवै प्रदिप अधिकारीकै नियन्त्रणमा छन् ।

🕰️ अब के हुन्छ ?
अब प्रश्न छ — सुशिला कार्कीको सरकारले यो देशकै सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरणमा कारबाही गर्छ कि गर्दैन ? यदि प्रदिप अधिकारीमाथि कारबाही हुन्छ भने यो देशमा भ्रष्टाचारमुक्त नेपालको यात्राको पहिलो उडान हुनेछ । नत्र, नेपालको आकाश फेरि पनि भ्रष्टाचारकै धुवाँले ढाकिनेछ । यो कथा केवल एक व्यक्तिको होइन, सिस्टमको हो —जहाँ उडानको सपना बेच्नेहरू, देशको भविष्य घोटालामा बेच्दैछन्। तर, देशका युवाहरू अब मौन छैनन् । भ्रष्टाचारविरुद्धको नयाँ उडान सुरु भइसकेको छ — प्रश्न यत्ति मात्र हो ।
यो उडानमा सरकार सँगै उड्छ कि फेरि अवतरण गर्छ ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।