Skip to main content
बुधबार, २० जेठ २०८३

सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनमा १६ प्रदर्शनकारीको मृत्यु

Ground Zero

September 8, 2025


सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृतकको संख्या १६ पुगेको छ। एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, सिभिल हस्पीटल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये थपको मृत्यु भएको पुष्टि भएको हो।
मृत्यु हुनेमा कालिकोट घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । बाँकीको अहिलेसम्म पहिचान खुलेको छैन ।
२ सय भन्दा बढी घाइतेमध्ये एक दर्जन गम्भीर अवस्थामा छन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।