Skip to main content
सोमबार, ११ साउन २०८३

बलबहादुरलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णले दिएको त्रास

Ground Zero

August 24, 2025


बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ ‘टाँगिया बस्ती’मा निर्माण हुने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल २८ वर्षदेखि चर्चामा छन् । विमानस्थल निर्माणको नाममा १ अर्ब ६ करोड भन्दा बढी खर्च भइसक्यो । तर, टाँगिया बस्तीबाट बिस्थापित हुने २ हजार २ सय घरधुरीलाई कहाँ सार्ने हो ? कसरी सार्ने हो ? कति मुआव्जा दिने हो, त्यसको केही टुंगा छैन ।

तत्कालिन सरकारले टाँगिया क्षेत्रमा भएको वन फरानी पछि रुख रोप्नका लागि २ सय भन्दा बढी परिवारलाई ५१ वर्ष अघि टाँगिया बस्तीमा ल्याएको थियो । जसमध्ये एक हुन् ७९ वर्षिय बलबहादुर रानामगर । जब २०५० सालमा टाँगिया बस्ती हटाएर विमानस्थल निर्माण गर्ने चर्चा चल्यो, त्यसपछि नै बलबहादुरको मनमा त्रास पस्यो ।

र, यो दोस्रो सिरिजमा बलबहादुरलाई विमानस्थल निर्माणको चर्चाले दिएको त्रास कथा देखाउँदैछौं ।

थप स्टोरी :
अन्तर्राष्ट्रिय विमानस्थलको नाममा २८ वर्षदेखि स्थानीयलाई यातना !

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।