Skip to main content
सोमबार, ०७ मंसिर २०८३

Author: Ground Zero

सरकार मुकदर्शक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संकटको फाइदा उठाउँदै कालोबजारी गर्नेहरूप्रति सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले बजारमा खाद्यान्न, ग्यास र तरकारीको मूल्य अस्वाभाविक रूपमा बढ्दा पनि अनुगमन निकायहरू नीरिह बनेको बताए। उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग हुँदा आधा मात्र आपूर्ति भएको र उपभोक्ताले घण्टौँ लाइन बस्नुपरेको उनको भनाइ छ। २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम कागजमा मात्र सीमित भएको उल्लेख गर्दै उनले संकटको आडमा भइरहेको यो लुट रोक्न र जनताको चुलो बल्ने सुनिश्चितता गर्न सरकारसँग...

Continue reading

सरकार प्रतिबद्ध

परराष्ट्रमन्त्री शिशिर खनालले राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सीता थपलियाको प्रश्नको जवाफ दिँदै उनले भारत भ्रमणका क्रममा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दबारे स्पष्टीकरण दिएका हुन्। उनका अनुसार यो अभिव्यक्ति नेपालको इतिहास वा राष्ट्रिय हितविपरीत नभई विगतको आन्तरिक राजनीतिक ध्रुवीकरण र कूटनीतिको संकीर्ण राजनीतिक अस्त्रीकरणतर्फ लक्षित थियो। मन्त्री खनालले छिमेकीसँगको सम्बन्धलाई राजनीतिक लाभ–हानिको औजार बनाउने अभ्यास त्यागेर पारस्परिक समानता, सम्मान र आर्थिक...

Continue reading

उद्धारमा ढिलासुस्ती

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशी बाढीपछि सरकारले खोज, उद्धार र राहतमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै उनले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी र विज्ञ परिचालन नभएको बताए। हाकुबेसीस्थित सुरुङमा करिब ३०० जना बेपत्ता हुँदा जम्मा २० जना उद्धारकर्मी मात्रै खटाइएको तथा चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता रहेको उनले जानकारी दिए। सरकारको कमजोरीका कारण बचाउन सकिने नागरिकको समेत अकालमा ज्यान गएको दाबी गर्दै उनले खोज र राहत कार्यलाई तत्काल थप प्रभावकारी बनाउन ध्यानाकर्षण...

Continue reading

जलवायु संकट

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रसुवामा गएको विनाशकारी बाढीपछिको उद्धार, राहत र पुनर्निर्माणका लागि तत्काल उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मंगलबार सभामुख डीपी अर्याललाई भेटेर विपद् व्यवस्थापन र दीर्घकालीन समाधानका लागि संयन्त्र बनाउन ध्यानाकर्षण गराएका हुन्। बाढीलगत्तै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय संयन्त्रको प्रस्ताव गरे पनि २० दिन बितिसक्दा समेत गठन हुन नसकेको भन्दै प्रतिपक्षले असन्तुष्टि जनाएको छ। भेटमा संसद्‌मा प्रधानमन्त्रीसँगको नियमित प्रश्नोत्तर कार्यक्रमलाई...

Continue reading

गोरखामा २० लाख ९० हजारको अनियमितता

“न्याय नपाए गोरखा जानू” भन्ने ऐतिहासिक उखान बोकेको भूमिमै वित्तीय सुशासन भने सङ्कटमा परेको छ। गण्डकी प्रदेशको गोरखा नगरपालिकामा २० लाख ९० हजार रुपैयाँभन्दा बढीको अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले पालिकामा बजेट अनुशासन मिचेर मनपरी खर्च गर्ने परिपाटी उजागर गरेको छ। पालिकाको २ अर्ब ११ करोड १० लाख रुपैयाँभन्दा बढीको लेखापरीक्षण गर्दा यस वर्ष १ करोड ३३ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ। पुराना समेत गरी गोरखा नगरपालिकाको कुल अद्यावधिक बेरुजु अब २२ करोड ६२ लाख १७ हजार रुपैयाँ पुगेको छ। नियम उल्लङ्घनको शृङ्खला पनि अनौठो छ। ४९ जना कर्मचारीको पोशाक...

Continue reading

जनप्रतिनिधिद्वारा प्रशंसा

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा वर्तमान सरकारले चालेको कदमको जनप्रतिनिधिहरूले प्रशंसा गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १४ स्थानीय तहका प्रमुख, बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा जनप्रतिनिधिहरूले बाढीलगत्तै केन्द्र सरकारले मन्त्री तथा कर्मचारीहरूलाई प्रभावित क्षेत्रमा खटाएर निरन्तर फलोअप गरेको भन्दै खुसी व्यक्त गरे। प्रभावित क्षेत्रको वास्तविक स्थिति बुझ्न...

Continue reading

भेरीगंगामा ३ करोड ८ लाखको अनियमितता

कर्णाली प्रदेशको सुर्खेतस्थित भेरीगंगा नगरपालिकामा ३ करोड ८ लाख २७ हजार रुपैयाँभन्दा बढीको अनियमितता सार्वजनिक भएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार १ अर्ब ७८ करोडभन्दा बढी रकमको लेखापरीक्षण गर्दा कुल बेरुजु ९ करोड ६४ लाख ६७ हजार रुपैयाँ देखिएको थियो। फछ्र्यौटपछि पनि ९ करोड ६३ लाख ३० हजार रुपैयाँ फर्छ्यौट हुन बाँकी रहँदा पालिकाको कुल अद्यावधिक बेरुजु ५७ करोड ५३ लाख ७१ हजार रुपैयाँ पुगेको छ।स्वीकृत दरबन्दीविना नै २५ जना करार कर्मचारी राखेर ८० लाख ३० हजार रुपैयाँभन्दा बढी तलब भुक्तानी गरिएको छ। कर्मचारी र पदाधिकारीलाई दोहोरो पर्ने गरी ११ लाख ४५ हजारको जीवन बीमा गरिएको छ भने...

Continue reading

कपिलवस्तुमा १४ लाख ६८ हजारको अनियमितता

करदाताको पसिनाबाट उठेको बजेट कसरी नियमविपरीत बाँडिन्छ ? लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिकामा भएको १४ लाख ६८ हजारभन्दा बढीको अनियमितता लिन सकिन्छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार पालिकामा आर्थिक अनुशासनहीनताको शृङ्खला भयावह बनेको छ। २ अर्ब ३० करोड ८० लाखभन्दा बढीको लेखापरीक्षण गर्दा १ करोड ५६ लाख ८४ हजार थप बेरुजु देखिएपछि पालिकाको अद्यावधिक बेरुजु रकम २० करोड ४९ लाख ३६ हजार रुपैयाँ पुगेको छ। अनियमितताको नमुना वडा नम्बर ५ को कम्प्युटर तालिममा प्रष्ट देखिन्छ, जहाँ वडा नम्बर १ को तुलनामा दोब्बर रकम अर्थात् ३ लाख भुक्तानी दिएर १ लाख ५० हजार रुपैयाँ बढी व्ययभार पारियो। त्यसैगरी,...

Continue reading

पोखरा महानगरपालिकामा ६ करोड ७० लाखको भ्रष्टाचार

पर्यटकीय राजधानी पोखरा। तर, बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ, महानगरपालिकाको आर्थिक प्रशासन र सुशासन भने त्यति नै अलपत्र र भद्रगोल बनेको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनले पोखरा महानगरपालिका भित्रको ठूलो भ्रष्टाचार, बेरुजु र फितलो वित्तीय अनुशासनको पर्दाफास गरेको छ। प्रतिवेदन अनुसार पोखरा महानगरपालिकामा यो वर्ष मात्रै ६ करोड ७० लाख ४९ हजार रुपैयाँ भन्दा बढीको भ्रष्टाचार भएको हो भने वार्षिक बेरुजु २१ करोड ८ लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ। योसँगै महानगरको अद्यावधिक कुल बेरुजु रकम ३ अर्ब ५९ करोड ४० लाख ४९ हजार रुपैयाँ...

Continue reading

निजी क्षेत्रप्रति

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनुभएको छ ।गिरिजाप्रसाद कोईराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनुभएको हो । उहाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नुभयो । विसं २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक...

Continue reading

कानुन निर्माणमा बाधा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति क्षमा माग्नुभएको छ । बिहीबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाले कानुन निर्माणमा बाधा खडा गरेको भन्ने अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमा माग्नुभएको हो । मन्त्री गौतमले आफुले प्रतिनिधि सभामा दुई–तिहाइ बहुमत भए पनि कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभाको बहुमतले मात्र पूर्ण नपुग्ने र कानुन निर्माणका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने एउटा जटिल र संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने तथ्य मात्रै बताएको धारणा...

Continue reading

चौरजहारीमा १ करोड ३५ लाख अनियमितता

कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकामा १ करोड ३५ लाख ४७ हजार रुपैयाँभन्दा बढीको अनियमितता सार्वजनिक भएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार १ अर्ब ७२ करोडभन्दा बढी रकमको लेखापरीक्षण गर्दा कुल बेरुजु १ करोड ५६ लाख ५४ हजार रुपैयाँ देखिएको थियो। असुली र फछ्र्यौटपछि पनि १ करोड ३७ लाख ५१ हजार रुपैयाँ बेरुजु बाँकी रहँदा कुल अद्यावधिक बेरुजु २८ करोड ७५ लाख ३३ हजार रुपैयाँ पुगेको छ। पालिकाले समयमै सवारी साधनको नवीकरण नगर्दा १ लाख १४ हजार रुपैयाँभन्दा बढी जरिवाना तिरेर सरकारी कोषलाई घाटा पुर्याएको छ। त्यस्तै, बोलपत्र आह्वान गर्नुको साटो ७ वटा टुक्रा पारेर सोझै ५४ लाख...

Continue reading

हुकुमी र गुण्डा शैलीमा सञ्चालन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाउनुभयो । प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उहाले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको बताउनुभयो । एउटा सल्लाहकार नै सरकारको विनाशका लागि काफी रहेको उहाको भनाइ छ । उहाले सरकारले संविधानको मर्ममाथि...

Continue reading

जनकपुरधाममा १ करोड ७ लाखको भ्रष्टाचार

जनकपुरधाम उप-महानगरपालिकामा १ करोड ७ लाख भन्दा बढीको भ्रष्टाचार भएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार उप-महानगरपालिकामा यसै वर्ष ५ करोड ५४ लाख ७२ हजार रुपैयाँ नयाँ बेरुजु थपिएको छ । योसँगै पालिकाको कुल अद्यावधिक बेरुजु १ अर्ब ७ करोड ४१ लाख ३० हजार रुपैयाँ पुगेको छ। थपिएको बेरुजुमध्ये असुल गर्नुपर्ने रकम मात्रै ८८ लाख ८५ हजार छ भने १ करोड ९५ लाख रुपैयाँभन्दा बढीको खर्चमा त कुनै आवश्यक प्रमाण र कागजात समेत पेस गरिएको छैन !बजेट अनुशासनहीनताको पराकाष्ठा त के छ भने, पालिकाले वर्षभरि पुँजीगत खर्च ठप्प पारेर असार महिनामा मात्रै ८६.१५ प्रतिशत...

Continue reading

गैरजिम्मेवार धम्की

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरुलाई सुझाव दिनुभएको छ । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले “खुट्टा भाँचिदिने“ वा “गोली हान्ने“ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिनुभएको हो । उहाले मंगलबार जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा गृहमन्त्रीलाई जनताले जेन्जीमार्फत हुटिङ र कालोझण्डा देखाइसकेको भन्दै शासकीय अहङ्कार देखाए जनताले अझ कडा प्रतिवाद गर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको र “एक्लै संसार बोकेर...

Continue reading

कडा चेतावनी

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं सहमहामन्त्री पुरुषोत्तम यादवले जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा सदनमार्फत सरकारलाई चेतावनी दिएका छन् ।प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले जेनजी विद्रोहपश्चात् तत्कालीन अन्तरिम सरकारले गरेको सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै वर्तमान सरकारलाई यथाशीघ्र पूरा गर्न माग गरे ।सडकमा ओर्लिएका जेनजीहरूको माग सत्ता र कुर्सी नभएर सुशासन मात्रै रहेको स्पष्ट पार्दै उनले साथीहरूले सुशासनकै लागि गोली र लाठी खानुपरेको स्मरण गराए। उनले पुराना दलहरूलाई जनमतको मानमर्दन नगर्न र सदनभित्र अहङ्कारको प्रदर्शन बन्द गर्नसमेत कडा चेतावनी दिए।

Continue reading