Skip to main content
बिहिबार, २५ भदौ २०८३

कडा चेतावनी

Ground Zero

September 9, 2026


सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं सहमहामन्त्री पुरुषोत्तम यादवले जेनजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा सदनमार्फत सरकारलाई चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले जेनजी विद्रोहपश्चात् तत्कालीन अन्तरिम सरकारले गरेको सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै वर्तमान सरकारलाई यथाशीघ्र पूरा गर्न माग गरे ।

सडकमा ओर्लिएका जेनजीहरूको माग सत्ता र कुर्सी नभएर सुशासन मात्रै रहेको स्पष्ट पार्दै उनले साथीहरूले सुशासनकै लागि गोली र लाठी खानुपरेको स्मरण गराए।

उनले पुराना दलहरूलाई जनमतको मानमर्दन नगर्न र सदनभित्र अहङ्कारको प्रदर्शन बन्द गर्नसमेत कडा चेतावनी दिए।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।