
Ground Zero
September 10, 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति क्षमा माग्नुभएको छ । बिहीबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाले कानुन निर्माणमा बाधा खडा गरेको भन्ने अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमा माग्नुभएको हो ।
मन्त्री गौतमले आफुले प्रतिनिधि सभामा दुई–तिहाइ बहुमत भए पनि कानुन निर्माण प्रक्रिया प्रतिनिधि सभाको बहुमतले मात्र पूर्ण नपुग्ने र कानुन निर्माणका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने एउटा जटिल र संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने तथ्य मात्रै बताएको धारणा राख्नुभयो । आफूले तथ्यपरक कुरा मात्र राखेको र राष्ट्रिय सभाले असहयोग ग¥यो भनेर कुनै पनि आपत्तिजनक शब्द प्रयोग नगरेको उहाले बताउनुभयो ।
उहाले आफु राजनीतिक व्यक्ति भएकाले आफ्ना भनाइहरूलाई पत्रकार तथा सामाजिक विश्लेषकहरूले फरक–फरक ढंगले व्याख्या गरेको तर्क गर्नुभयो । मन्त्री गौतमले आफूले नबोलेका कुरा वा मिडियाले आफ्नै ढंगले गरेका व्याख्याप्रति आफू जिम्मेवार हुन नसक्ने उल्लेख गर्नुभयो । आगामी दिनमा राष्ट्रिय सभा र सरकार मिलेर समन्वयका साथ कानुन निर्माणमा अघि बढ्नुपर्नेमा उहाले जोड दिनुभयो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।