Skip to main content
शनिबार, २७ भदौ २०८३

निजी क्षेत्रप्रति

Ground Zero

September 11, 2026


नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको बताउनुभएको छ ।
गिरिजाप्रसाद कोईराला फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले वर्तमान प्रधानमन्त्रीले निजी क्षेत्रलाई मन नपराउने र उपेक्षा गर्ने गरेको बताउनुभएको हो । उहाले दुग्ध विकास संस्थान, हेटौँडा कपडा कारखाना, तथा नेपाल औषधि लिमिटेड जस्ता सार्वजनिक संस्थानहरूको सञ्चालन र नाफाप्रति शुभेच्छा रहे पनि राज्य सञ्चालकले निजी क्षेत्र र समग्र अर्थतन्त्रको यथार्थ बुझ्न नसकेको टिप्पणी गर्नुभयो । विसं २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आएको आर्थिक उदारीकरण र नीतिको महत्व धेरै नै रहेको उहाले बताउनुभयो । उहाले विपतपछिको पुनर्निर्माणमा ठूलो स्रोत परिचालन गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको सोच नै सरकारको निर्णय बन्ने हुँदा सही आर्थिक दृष्टिकोण आवश्यक रहेकोमा जोड दिनुभयो ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

More Uncategorized, Social Reels