Author: Ground Zero
नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले आफ्नै महानिर्देशक प्रदीप अधिकारीलगायत उच्च पदाधिकारीविरुद्ध अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उजुरी दर्ता गराएका छन्। उनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मात्रै १८ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गर्दै तत्कालीन संसदीय समितिले पनि अधिकारीलाई निलम्बन गरी छानबिन गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको तर कार्यान्वयन नभएको जनाएका छन्। लामो समयसम्म सरकारले चासो नदेखाएपछि हालैको जेनजी युवाहरूको भ्रष्टाचारविरोधी आन्दोलनपछि बनेको नयाँ सरकार केही गर्छ कि भन्ने...
अबको निकास के ?
हाम्रो देश अहिले एक जटिल राजनीतिक र सामाजिक मोडमा उभिएको छ। चरम भ्रष्टाचार तथा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारी निर्णय, त्यसको विरुद्धमा भड्किएको जेनजी युवापुस्ताको आन्दोलन, प्रहरीद्वारा भएको गोली प्रहार र त्यसमा भएका मृत्युले राजनीतिक मात्र नभई नैतिक संकट पनि उजागर गरेका छन्। राज्य र जनताबीचको विश्वासको डोरी चुँडिन लागेको जस्तो देखिँदै गर्दा सबैको मनमा एउटै प्रश्न छ—अबको निकास के ? सबैभन्दा पहिले, दमन र बल प्रयोगबाट समाधान खोज्ने प्रयास दीर्घकालीन निकास हुन सक्दैन। इतिहासले देखाएको छ, जनताको आवाजलाई दबाउने प्रयासले अझ ठूलो विस्फोट निम्त्याउँछ। अहिले सडकमा देखिएको आक्रोश...
सर्वोच्च अदालतमा आगजनी, ५० हजार मुद्दा फाइल नष्ट !
काठमाडौंमा पछिल्लो सयम प्रदर्शन अराजक बन्दै जाँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत पनि आक्रमणमा पर्यो । आगजनीमा सर्वोच्च अदालतमा रहेका ५० हजार भन्दा बढी मुद्दाका फाइल जलेर नष्ट भएपछि सबै मुद्दा सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको छ। सर्वोच्च अदालतका कर्मचारीहरू अवशेष व्यवस्थापनमा खटिएका छन् ।
जेनजी आन्दोलनः संसद् भवनदेखि सिंहदरबारसम्म कब्जामा
जेनजी युवापुस्ताको आन्दोलनले देशको प्रमुख प्रशासकीय अड्डा सिंहदरबार कब्जा गरेका छन् । हजारको संख्यामा आएका युवाहरुले सिंहदरबार कब्जा गरेको हो । त्यसका साथै नयाँ बानेश्वरमा रहेका संसद भवनमा पनि आगजानी गर्दै नियन्त्रणमा लिएको हो ।त्यस्तै जेनजी युवापुस्ताले नेपाली कांग्रेस, एमाले लगायतका पार्टी कार्यालयहरु पनि जलाएका छन
भ्रष्टाचार विरुद्ध जेनजीको दोस्रो दिन पनि प्रर्दशन, ठाउँ ठाउँमा झड्प
भ्रष्टाचार तथा बेतिथीबिरुद्ध स्वस्फूर्त उत्रिएका युवाहरुको प्रदर्शन मंगलबार पनि जारी छन् । जेनजी समूहले सोमबार गरेको प्रर्दशनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । आज पनि ठाउँ ठाउँमा प्रर्दशनकारीले टायर बालेर प्रर्दशन गरिरहेका छन् । केही ठाउँमा झड्प पनि भएका छन् ।
सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको आन्दोलनमा १६ प्रदर्शनकारीको मृत्यु
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृतकको संख्या १६ पुगेको छ। एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, सिभिल हस्पीटल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये थपको मृत्यु भएको पुष्टि भएको हो।मृत्यु हुनेमा कालिकोट घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् । बाँकीको अहिलेसम्म पहिचान खुलेको छैन ।२ सय भन्दा बढी घाइतेमध्ये एक दर्जन गम्भीर अवस्थामा छन्।
भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर १६ मृत्यु
सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृतकको संख्या १६ पुगेको छ। एभरेस्ट अस्पताल, ट्रमा सेन्टर, सिभिल हस्पीटल, केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेमध्ये थपको मृत्यु भएको पुष्टि भएको हो। ५० भन्दा बढी घाइतेमध्ये एक दर्जन गम्भीर अवस्थामा छन्।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : विकास कि भ्रष्टाचारको अर्को खेल ?
देशको दोस्रो प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा १ अर्ब ६ करोड भन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । तर पूर्व–पश्चिम रन–वे हुने भनिएको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको जहाजको रुटको बारेमा हालसम्म टुंगो लागेको छैन । जसका कारणले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा भएको भ्रष्टाचार जस्तै निजगढमा पनि भ्रष्टाचार हुने होइन त ? भन्दै स्थानियबासी लगायत जानकारीहरुले चिन्ता व्यक्ति गरेका छन् । उनीहरुले जहाज टेकअफ र ल्याण्डिङ रुटको बारेमा कुरा नटुंग्याई जस्तो सुकै विमानस्थल निर्माण गरे काम नै नलाग्ने बताउँदै भ्रष्टाचारका लागि नभएर रुटको कुरा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारका मुख्य आरोपित मिडिया ट्राइलमा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १८ अर्ब भन्दा बढी भ्रष्टाचारका आरोपित नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी आफ्नो बचाउमा मिडिया ट्राइल गर्दै छन् ।सार्वजनिक लेखा समितिले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्काल निलम्बन सहितको कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारलाई सिफारिस गरेको थियो । तर, भ्रष्टाचार आरोपित अधिकारीमाथि कारबाही गर्न ढिला भएसँगै पछिल्लो समय मिडियामा तथानाम बोल्दै हिडेका छन् ।
बलबहादुरलाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णले दिएको त्रास
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ ‘टाँगिया बस्ती’मा निर्माण हुने प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल २८ वर्षदेखि चर्चामा छन् । विमानस्थल निर्माणको नाममा १ अर्ब ६ करोड भन्दा बढी खर्च भइसक्यो । तर, टाँगिया बस्तीबाट बिस्थापित हुने २ हजार २ सय घरधुरीलाई कहाँ सार्ने हो ? कसरी सार्ने हो ? कति मुआव्जा दिने हो, त्यसको केही टुंगा छैन ।तत्कालिन सरकारले टाँगिया क्षेत्रमा भएको वन फरानी पछि रुख रोप्नका लागि २ सय भन्दा बढी परिवारलाई ५१ वर्ष अघि टाँगिया बस्तीमा ल्याएको थियो । जसमध्ये एक हुन् ७९ वर्षिय बलबहादुर रानामगर । जब २०५० सालमा टाँगिया बस्ती हटाएर विमानस्थल निर्माण गर्ने...
अन्तर्राष्ट्रिय विमानस्थलको नाममा २८ वर्षदेखि स्थानीयलाई यातना !
प्रस्तावित ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ निर्माणको कुरा सुरु भएको २८ वर्ष भन्दा बढी समय बितिसक्यो । अन्तर्राष्ट्रिय विमानस्थल सोही ठाउँमा निर्माण हुने वा नहुने त्यसको कुनै ग्यारेन्टी छैन । तर, विमानस्थल निर्माणको नाममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले आफ्नै कम्पनीलाई कामको ठेक्का दिएर १ अर्ब ६ करोड भन्दा बढी रुपैयाँ खर्च गरेका छन् ।त्यही भएर ग्राउण्ड जिरोको टिम प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य रन–वे निर्माण हुने भनिएको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थितको ‘टाँगिया बस्ती’ पुगेका थियौं । जुन बस्तीमा २ हजार २ सय...
सौर्य जहाज दुर्घटना प्रतिवेदनः सालो भेना सम्बन्ध, सुदिप भट्टराई र मुकेश ढंगोल अयोग्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको शुक्रबार (साउन ९ गते) एक वर्ष पुरा भएको छ ।१८ जनाको ज्यान जाने गरी भएको सो जहाज दुर्घटना बारे जाँचबुझ गर्न गठन गरिएको अबैधानिक आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीको गम्भिर लापर्वाहीलाई बचाउ गरेका छन् ।जाँचबुझ आयोगको प्रारम्भीक प्रतिवेदनले तौलको कारण जहाज दुर्घटना भएको हो भनेर निष्कर्ष निकालेको थियो । तर, पूर्ण प्रतिवेदनले क्याप्टेनको कारण जहाज दुर्घटना भएको हो भने निष्कर्ष छ । यसबारेको चिरफर हेर्नुहोस् ।थप स्टोरी :बिग्रेको जहाजमा १९ जना राखेर कसले बाध्य पार्यो पोखरा विमानस्थल लानका लागि सौर्य...
नलिञ्चोक हेलिप्याड भ्रष्टाचार प्रकरणः हेलिप्याड एक वर्षदेखि बन्द, क्याप्टेनहरुलाई धम्की
आफुले गरेको भ्रष्टाचार लुकाउन भक्तपुरको नलिञ्चोक हेलिप्याडबाट जबर्जस्ती हेलिकप्टर उडाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उर्दी जारी गरेका छन् । प्राधिकरणले हेलिकप्टरका ४२ जना क्याप्टेनहरुको नाम उर्दी सहितको छुट्टाछुट्टै पत्र काटेको हो । नलिञ्चोक हेलिप्याडबाट जसरी पनि हेलिकप्टर उडान गर्नु पर्ने र उडान नगरे लाइसेन्स नै रद्द गर्नेसम्मको धम्की दिएका छन् ।करिब २५ करोड लगानी गरी हेलिप्याड खोँच र मानव बस्तीको बीचमा निर्माण गरेपछि उक्त ठाउँबाट प्राविधिक रुपमै हेलिकप्टर टेकअफ र ल्याण्डिङ गर्न नमिल्ने निष्कर्ष प्राधिकरणकै छन् , र यस पटकको सिरिजमा यही कुरा देखाउँदै छौं ।थप स्टोरी :-नलिञ्चोकमा...
नलिञ्चोकमा कमिशनका लागि हेलिप्याड निर्माण, राती मात्र हेलिकप्टर पार्किङ (प्रतिवेदन सहित)
भक्तपुरको नलिञ्चोकमा नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ करोड खर्चेर उपत्यकाका लागि खोँचमा हेलिप्याड निर्माण गरेका छन् । निर्माण सम्पन्न भएर हेलिप्याड सञ्चालनमा आएको एक वर्ष पनि पुरा भयो । तर, यहाँबाट एक वर्षको दौरानमा एउटा पनि व्यावसायीक उडान हुन सकेको छैन, कारण हेलिप्याड भ्रष्टाचारको लागि मात्र निर्माण गरेपछि । अहिले आएर प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले जबर्जस्ती नलिञ्चोक हेलिप्याडबाट उडान गर्न हेलिकप्टरका क्याप्टेनहरुलाई दवाव दिरहेका छन्, भ्रष्टाचारबाट बच्नका लागि ।यसपटको अंकमा हामीले महानिर्देशक प्रदिप अधिकारीले नै गठन गरेको नलिञ्चोक हेलिप्याडबारेको अध्ययन प्रतिवेदन सार्वजनिक...
किन सम्भव छैन अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न ? (विज्ञको कुरा हेरौं)
पोखरामा करिब ३५ अर्बमा निर्माण भएको ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘कसरी प्राविधिक रुपमा फेला भयो ? चीनसँग ऋण लिएर निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे दुई वर्ष बितिस्क्यो । तर, पूर्ण रुपमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।कारण विमानस्थल निर्माण अन्तर्राष्ट्रिय उडानका निम्ती प्राविधिक रुपमा निर्माण नहुनु । निर्माणको क्रममा १८ अर्ब भन्दा बढी भ्रष्टाचार गर्नु । फ्लाइट प्रस्यूडर डिजाइनले लिएको रिपोर्ट कार्यान्वयन नगर्नु लगायतका धेरै कारणहरु छन् । त्यही भएर हामी फ्लाइट प्रस्यूडर डिजाइन र फ्लाइट क्यालिब्रेसनको रिपोर्ट लिएर उड्डयान विज्ञ शिशिर...
पोखरा विमानस्थल निर्माणको भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियारलाई समितिको निर्देशन
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गरी कारबाही गर्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।बुधबार समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १८ अर्ब भन्दा बढीको भ्रष्टाचार भएको बारे अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो ।सांसद् राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कम्तीमा १८ अर्ब भ्रष्टाचार भएको ठहर गरेर प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो । विमानस्थल निर्माणको क्रममा अर्बौको भ्रष्टाचारको...



















