Skip to main content
बुधबार, ३१ भदौ २०८३

सरकार मुकदर्शक

Ground Zero

September 16, 2026


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संकटको फाइदा उठाउँदै कालोबजारी गर्नेहरूप्रति सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले बजारमा खाद्यान्न, ग्यास र तरकारीको मूल्य अस्वाभाविक रूपमा बढ्दा पनि अनुगमन निकायहरू नीरिह बनेको बताए।

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग हुँदा आधा मात्र आपूर्ति भएको र उपभोक्ताले घण्टौँ लाइन बस्नुपरेको उनको भनाइ छ। २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम कागजमा मात्र सीमित भएको उल्लेख गर्दै उनले संकटको आडमा भइरहेको यो लुट रोक्न र जनताको चुलो बल्ने सुनिश्चितता गर्न सरकारसँग माग गरे।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।