Skip to main content
सोमबार, ०७ मंसिर २०८३

Author: Ground Zero

जलवायु असर

नेपाली कांग्रेसले भोटेकोशी विपद् लगायत जलवायु परिवर्तनका असरलाई आवश्यक प्रमाण र दाबीसहित अन्तर्राष्ट्रियकरण गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ। सोमबार सिंहदरबारमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा तयार पारिएको अवधारणा पत्र बुझाउनुभएको हो। संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन जान लाग्नुभएका प्रधानमन्त्रीलाई सिङ्गो देश र प्रमुख प्रतिपक्षी दलको पूर्ण ऐक्यबद्धता रहेको सन्देश दिन खोजिएको उपसभापति शर्माले बताउनुभयो। नेपालले कुल कार्बन उत्सर्जनको १ प्रतिशतभन्दा कम योगदान...

Continue reading

ठुलीभेरी नगरपालिकामा ४२ लाख ७५ हजारको अनियमितता

डोल्पाको ठुलीभेरी नगरपालिकामा करोडौँ रुपैयाँको आर्थिक अनियमितता र बेरुजुको चाङ फेला परेको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार नगरपालिकामा ४२ लाख ७५ हजार रुपैयाँभन्दा बढी सीधा अनियमितता भएको छ भने २ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्चको कुनै प्रमाण नै छैन। कुल १ अर्ब १ करोडभन्दा बढीको लेखापरीक्षण गर्दा नगरपालिकाको अद्यावधिक बेरुजु ५२ करोड ३२ लाख १३ हजार रुपैयाँ पुगेको छ। स्थानीय सरकारमा जनताको कर कसरी दुरुपयोग भइरहेको छ भन्ने उदाहरण बनेको छ— कर्णाली प्रदेशको ठुलीभेरी नगरपालिका। महालेखा परीक्षकको प्रतिवेदनले यहाँको आर्थिक बेथिति उदाङ्गो पारिदिएको छ। पालिकामा १० जना...

Continue reading

भोटेकोशी बाढी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार बसेको सचिवालय बैठकले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। बैठकले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिनका साथै पुनस्र्थापना तथा पुनर्निर्माणको काम तत्काल थाल्न माग गरेको छ। बेपत्ता नागरिकहरूको शव पहिचानका लागि डिएनए परीक्षण छिटो गर्न र पीडित परिवारलाई राहतको प्रभावकारी अनुभूति गराउन पार्टीले जोड दिएको छ। प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा मधेस प्रदेश अधिवेशनको आन्तरिक विवादबारे सहमहामन्त्री हरि ढकाल संयोजकत्वको समितिले प्रस्तुत गरेको अडिट रिपोर्टमाथि छलफल हुनुका साथै अनुशासन आयोग र...

Continue reading

देश गृहयुद्धमा फस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले वर्तमान संविधानमाथि आन्तरिक तथा बाह्य शक्तिहरूबाट चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ। जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद सिंहले वर्तमान संविधान असफल भए देश गृहयुद्धमा फस्ने र आगामी १० वर्षसम्म नयाँ संविधान बन्न नसक्ने चेतावनी दिनुभयो। संविधान गुमेमा मधेश आन्दोलन र जनयुद्धका उपलब्धिहरू समाप्त हुने उल्लेख गर्दै उहाँले केन्द्रले मधेशलाई सधैं उपेक्षा गरेको र मधेश तथा कोशी प्रदेशलाई ‘ब्याटल ग्राउन्ड’ बनाउन खोजिएको आरोप लगाउनुभयो। मधेशमा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइजस्ता आधारभूत क्षेत्र लथालिङ्ग...

Continue reading

दिगो र उत्थानशील

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले कठिन परिस्थितिमा पनि निरन्तर सूचना, सञ्चार र सार्वजनिक सेवा उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली आवश्यक रहेको बताउनुभएको छ। आइतबार आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ’मा बोल्दै मन्त्री तिमिल्सिनाले नेपालको डिजिटल रूपान्तरणलाई प्रविधि विस्तारमा मात्र सीमित नराखी विपद् तथा सङ्कटका समयमा समेत प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। हालैको भोटेकोशी बाढीले भौतिक पूर्वाधारका साथै राष्ट्रिय सूचना प्रणाली, सञ्चार सञ्जाल र तयारीको परीक्षण गरेको उल्लेख गर्दै उहाँले सङ्कटका बेला अफवाह र गलत...

Continue reading

सिम्ता गाउँपालिकामा १ करोड १५ लाखको अनियमितता

कर्णाली प्रदेश, सुर्खेतको सिम्ता गाउँपालिकामा ठूलो आर्थिक अनियमितता बाहिर आएको छ। महालेखापरीक्षकको पछिल्लो वार्षिक प्रतिवेदनले गाउँपालिकाभित्र १ करोड १५ लाख ३६ हजार रुपैयाँको अनियमितता भएको तथ्य सार्वजनिक गरेको गाउँपालिकाको विकास र जनताको सेवाका लागि आएको बजेटमा कसरी वित्तीय अनुशासनहीनता र लापरबाही भयो भन्ने कुरा महालेखाको प्रतिवेदनले स्पष्ट पारेको छ। प्रतिवेदन अनुसार कुल अनियमिततामध्ये ३६ लाख ७० हजार रुपैयाँ त यस्तो छ, जसको कुनै प्रमाण वा कागजात नै छैन। खर्च कहाँ र कसरी गरियो भन्ने विषयमा कुनै आधिकारिक आधार प्रस्तुत गर्न नसक्नुले सार्वजनिक रकमको दोहन कसरी भइरहेको छ भन्ने छर्लङ्ग...

Continue reading

गुर्भाकोटमा १ करोड ९ लाखको अनियमितता

कर्णाली प्रदेश सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका १ करोड ९ लाख ८६ हजारको अनियमितता भएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार नगरपालिकामा १ करोड ९ लाख ८६ हजार ६ सय ४७ रुपैयाँ अनियमितता भएको पुष्टि भएको हो महालेखाको प्रतिवेदन अनुसार नगरपालिकामा प्रचलित कानुन विपरीत ८ विभिन्न पद तथा तहमा २३ जना कर्मचारीहरू करारमा नियुक्त गरी ९२ लाख ७० हजार ९ सय ८४ रुपैयाँ तलब-भत्ता भुक्तानी गरिएको छ। त्यसैगरी बजेट तथा सम्झौता विपरीत विभिन्न योजना र शीर्षकहरूमा रकम खर्च गरी १ करोड ९ लाख ८६ हजार भन्दा बढी रकम अनियमित तरिकाले भुक्तानी दिइएको छ। अनियमितता मात्र होइन, आर्थिक हिनामिनाको अर्को...

Continue reading

चेतावनी

बालेन सरकारको बिरुद्ध मोर्चाबन्दी गरेर आन्दोलन गर्ने प्रचण्डको चेतावनी

Continue reading

स्वीकार्य हुदैन्

पार्टीको विधान, नियम र लोकतान्त्रिक परम्परालाई छलेर गरिने कुनै पनि महाधिवेशन स्वीकार्य हुदैन् : प्रकाशमान सिंह

Continue reading

मंगलसेनमा १ करोड ४७ लाखको अनियमितता

सुदूरपश्चिम प्रदेशको अछामस्थित मंगलसेन नगरपालिकामा १ करोड ४७ लाख ८६ हजार २ सय ८५ रुपैयाँ सोझै अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकामा कानुन र वित्तीय अनुशासन मिचेर मनपरी बजेट भुक्तानी गर्ने परिपाटी भयावह बनेको छ।१ अर्ब ४७ करोडभन्दा बढीको लेखापरीक्षण गर्दा यस वर्ष २ करोड २४ लाखभन्दा बढी बेरुजु थपिएको छ। पुरानासमेत गरी मंगलसेन नगरपालिकाको कुल अद्यावधिक बेरुजु रकम १२ करोड ४५ लाख १७ हजार रुपैयाँ पुगेको छ।अनियमितताको नमुना हेर्नुहोस्— नयाँ प्रणाली लागू भइसके पनि कामै नलाग्ने पुरानो सफ्टवेयर नवीकरणका नाममा ८९ हजारभन्दा बढी उडाइयो। नियमले २० प्रतिशत मात्र...

Continue reading

स्थानीय तहमा सबैभन्दा बढी उजुरी: अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्बन्धित परेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश न्यौपानेले अघिल्लो वर्षबाट सरेका ७,३२३ र नयाँ दर्ता ३३,५१९ गरी कुल उजुरीमध्ये ४९.०३ प्रतिशत (२०,०२५) स्थानीय तहका रहेको जानकारी दिनुभयो। संघीय तहतर्फ ३७.९८ प्रतिशत (१५,५१२) र प्रदेशतर्फ १२.९९ प्रतिशत (५,३०५) उजुरी परेका छन्। संघतर्फ भूमि व्यवस्था र सामान्य प्रशासन मन्त्रालयका उजुरी धेरै छन्। विशेष अदालतका १५६ फैसलामध्ये ८१ वटामा कसुर स्थापित भएको आयोगले जनाएको छ। आयोगले बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन...

Continue reading

ललितपुरमा १ करोड ९५ लाखको अनियमितता

ललितपुर महानगरपालिकामा १ करोड ९५ लाख ५३ हजारको अनियमितता भएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार महानगरपालिकामा वित्तीय अनुशासन मिचेर मनपरी बजेट भुक्तानी गर्ने परिपाटी भयावह बनेको छ। १० अर्ब ६७ करोडभन्दा बढीको लेखापरीक्षण गर्दा यस वर्ष ४ करोड ६८ लाखभन्दा बढी बेरुजु थपिएको छ। पुरानासमेत गरी ललितपुर महानगरपालिकाको कुल अद्यावधिक बेरुजु रकम १ अर्ब २८ करोड ३२ लाख २८ हजार रुपैयाँ पुगेको छ। अनियमितताको नमुना हेर्नुहोस्— प्रशासनिक भवन निर्माणको ठेक्काबाट सार्वजनिक लेखा समितिको निर्देशन विपरीत मोटरसाइकल र कम्प्युटर खरिद गरी ६ लाख ११ हजार भुक्तानी गरियो। नगरसभाको स्वीकृति नै नगरी...

Continue reading

विदेशी हस्तक्षेपबारे छानबिन

श्रम संस्कृति पार्टीले ‘द ग्रे जोन’को रिपोर्ट र सार्वजनिक कागजातका आधारमा नेपालको राजनीति तथा नेतृत्व विकासक्रममा विदेशी हस्तक्षेप भइरहेको भन्दै गम्भीर प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बिहीबारको बैठकमा पार्टीका प्रमुख सचेतक आरेन राईले विशेष समय लिएर यस्ता गतिविधिले देशको सार्वभौमसत्ता र स्वाधीनतामाथि अपमान पुर्‍याएको बताए। सांसद राईले कसैको नाम कागजमा हुनु मात्रै विदेशी हस्तक्षेपको प्रमाण नभए पनि यस्ता गम्भीर प्रश्नमा सरकार मौन बस्न नमिल्ने तर्क गरे। उनले विदेशी सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास र युवा परिचालनका सबै कार्यक्रमको विवरण, बजेट र उद्देश्य सार्वजनिक गर्न...

Continue reading

जलवायु मुद्दामा तथ्याङ्कसहित

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दाहरू अन्तर्राष्ट्रिय मञ्चमा भावनात्मक नभई तथ्य, प्रमाण र डाटाका आधारमा स्थापित गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री खनालले आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको नेतृत्वमा जाने प्रतिनिधिमण्डलले वैज्ञानिक तथ्यका आधारमा नेपालको धारणा राख्ने जानकारी दिनुभयो। प्राकृतिक विपद्ले समृद्धिको मोडलमा धक्का पुर्‍याएकाले विकास रणनीतिमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले जलवायु कूटनीतिका लागि वातावरण र परराष्ट्र मन्त्रालयको एकीकृत सरकारी संयन्त्र आवश्यक रहेको...

Continue reading

मेचीनगर नगरपालिकामा ४ करोड ५९ लाखको अनियमितता

करदाताको पसिनाबाट उठेको बजेट कसरी नियमविपरीत स्वाहा पारिन्छ ? झापाको मेचीनगर नगरपालिकामा भएको ४ करोड ५९ लाख रुपैयाँभन्दा बढीको अनियमितताले यसको भयावहत उजागर गरेको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकामा आर्थिक अनुशासनहीनताको शृङ्खला निकै फराकिलो बनेको छ। ४ अर्ब ६९ करोडभन्दा बढीको लेखापरीक्षण गर्दा यस वर्ष १४ करोड ९९ लाखभन्दा बढी बेरुजु थपिएको छ, जसले पालिकाको कुल अद्यावधिक बेरुजु ९६ करोड २९ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ। अनियमितताको नमुना हेर्नुहोस्— कानुनमा व्यवस्थै नभए पनि नगर प्रमुखका लागि प्रेस सल्लाहकार, कानुनी सहायक र तोकिएको भन्दा बढी निजी सचिव राखेर ११ लाख ६५...

Continue reading

प्रधानमन्त्री बालेन शाह संवेदनशील

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीको बाढीपछिको अवस्थामा प्रधानमन्त्री बालेन शाह संवेदनशील भएर काम गरिरहेको बताएका छन्। बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठक वा अवस्थालाई बेवास्ता गरेको भन्ने आरोपको खण्डन गरे। प्रधानमन्त्री शाह निरन्तर प्रभावित क्षेत्रका जनप्रतिनिधि र बाढीपीडितसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेको उनले जिकिर गरे। पार्टी र सरकारबीच स्पष्ट कार्यविभाजन रहेको उल्लेख गर्दै सभापति लामिछानेले राहत र उद्धारको काममा सरकार र प्रधानमन्त्री पूर्ण रूपमा जिम्मेवार भएर लागेको स्पष्ट पारे।

Continue reading

सरकारले गम्भीरता

नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको विपद्बारे काम गर्न गठित संसदीय समितिको प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि कुरा गर्दै थापाले प्रधानमन्त्री बालेन शाहले संसद् र संसदीय समितिको मर्यादा कायम राख्नुपर्नेमा जोड दिए। उनले संसदीय समिति गठन गरेर पछि त्यसको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुने चेतावनी दिए। कांग्रेसले सरकारलाई बिनासर्त समर्थन गर्दै समितिमा काम गर्न तयार रहेको स्पष्ट पार्दै उनले समितिको कार्यक्षेत्रबारे प्रधानमन्त्रीलाई पूर्वजानकारी गराएर प्रभावकारी समन्वयका साथ...

Continue reading