Author: Ground Zero
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक बिपत्तिमा परेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विपद् व्यवस्थापनमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्न नहुने भन्दै सुरुवाती घन्टादेखि नै राज्य संयन्त्र प्रभावकारी रूपमा परिचालन भएको दाबी समेत गर्नुभयो ।
धरान उपमहानगरपालिकामा २ करोड ६५ लाखको अनियमितता
धरान उपमहानगरपालिकामा २ करोड ६५ लाख भन्दा बढीको अनियमितता भएको छ । उपमहानगरपालिकामा आर्थिक अनुशासनहीनता र कानुन विपरीत खर्च गर्ने प्रवृत्ति तीव्र रूपमा बढेको पाइएको हो । महालेखापरीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै धरानमा करोडौँ रुपैयाँको गैरकानुनी तथा नियमविपरीत खर्च र दरबन्दी बाहिरका कर्मचारीमा ठूलो धनराशी अनियमित रूपमा वितरण गरिएको खुलासा भएको छ। हेरौँ धरानको वित्तीय भद्रगोलमाथि तयार पारिएको यो विशेष भिडियो रिपोर्ट।सुन्दर सहर धरान, जहाँ स्थानीय सरकारबाट सुशासन र वित्तीय अनुशासनको अपेक्षा गरिन्छ। तर, महालेखापरीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनले भने...
यसपटकको गृहमन्त्री घुस्याहा होइन, पुराना नेताहरू समयमै सुध्रिऊन्
‘हाम्रो तर्फबाट कुनै कमी-कमजोरी नहोस् भनेर रातमा सुत्न पनि डर लाग्छ !’ गृहमन्त्री सुधन गुरुङको यो सनसनीपूर्ण र भावुक अभिव्यक्तिले मंगलबार काठमाडौंको कार्यक्रमस्थल एकाएक गरम बन्यो । जेनजी सहिद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले सहिदको सपना र जनताको भरोसा जोगाउन आफू र सिङ्गो सरकार ज्यान फालेर लागिपरेको दाबी गरे। पुराना दलका नेताहरूलाई कडा चेतावनी दिँदै उनले स्पष्ट पारे कि ३ करोड नेपाली जनताले अनुमोदन गरिसकेको ‘जेनजी आन्दोलन’लाई अब कसैले अपमान गर्ने वा फेर्ने दुस्साहस नगरे हुन्छ। आफ्नो अडानबाट एक इन्च पनि पछि नहट्ने उद्घोष गर्दै...
वीरेन्द्रनगर नगरपालिकामा ४ करोडको भ्रष्टाचार
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकामा ४ करोड ७९ लाखको भ्रष्टाचार भएको छ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार वीरेन्द्रनगर नगरपालिकामा उक्त भ्रष्टाचार भएको उल्लेख छ । प्रतिवेदनअनुसार नगरपालिकामा ४ करोड ७९ लाख ७४ हजार ३ सय १९ रुपैयाँ नियमविपरीत र अनियमित रूपमा खर्च गरिएको छ । कानुन र प्रक्रिया मिचेर गरिएको यो भ्रष्टाचार खर्चले स्थानीय सरकारको वित्तीय प्रणालीमाथि नै प्रश्न उठेको छ। भ्रष्टाचार मात्र होइन, ठूलो रकमको प्रमाण र स्रेस्तासमेत नगरपालिकाले पेस गर्न सकेको छैन । २ करोड ४३ लाख ७ सय ९४ रुपैयाँ बराबरको खर्चको कुनै आधिकारिक प्रमाण कागजात पेस हुन सकेको...
सैनामैना नगरपालिका मा १ करोड २९ लाखको भ्रष्टाचार
रुपन्देहीको सैनामैना नगरपालिकामा आर्थिक अनुशासनहीनता र बजेट दुरुपयोगको भयावह रूप अगाडि आएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदन अनुसार पालिकामा १ करोड २९ लाख ६७ हजार ५५ रुपैयाँको अनियमितता भएको छ ।कानुन र मापदण्डलाई मिचेर बजेट रितपुऱ्याउने, नियमविपरीत दरबन्दी बाहिरका कर्मचारी भर्ती गर्ने र आफ्ना मान्छेलाई बैठक भत्ता बाँड्नेसम्मका काममा यो अनियमितता भएको होआर्थिक वर्ष २०८१/८२ मा कुल १ करोड ९८ लाख ५ हजार बेरुजु देखिएकोमा ५० लाखभन्दा बढी फछ्र्योट भए पनि अझै १ करोड ४७ लाखभन्दा बढी बेरुजु फछ्र्योट हुन बाँकी छ। जसमा अनियमित भएको १ करोड २९ लाख ६७ हजार रुपैयाँका अतिरिक्त ७८ हजार रुपैयाँ असुल...
जलवायु परिवर्तन र हिमपहिरोका कारण भीषण विपत्ति: अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षति, खोज तथा उद्धार र राहत तथा पुनर्स्थापनाका लागि भइरहेका प्रयासबारे प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभालाई गम्भीर जानकारी गराएका छन्। संसदको रोस्ट्रममा उभिएर सम्बोधन गर्दै प्रधानमन्त्रीले भदौ १० गतेको बाढी रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो देशको साझा बज्रपात भएको उल्लेख गरे।बाढीका कारण जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। संकटको यस घडीमा सरकारले आँसु नभई दृढ संकल्प र साहसका साथ नागरिकलाई आड र भरोसा दिँदै उद्धारमा जुटेको...
काल बनेर आएको बाढी: न मेटिने घाउ छोडेर बगेको भोटेकोशी र रित्तिएका बस्तीहरूको कथा
आकाशबाट झरेको पानी केवल झरी मात्रै रहेनछ, त्यो त कतिपयको सिन्दूर पुछ्ने, कतिपयको काख रित्याउने र सिङ्गो बस्तीलाई नै बगाउने काल बनेर आएछ । हिमाली काखमा सुतिरहेको रसुवा, जहाँका मानिसहरू आफ्नै साना सपनाहरूसँग रमाउँदै थिए। तर, एकैछिनमा सुसाइरहेको भोटेकोशी अचानक बहुलाएर आयो। त्यो केवल पानीको बहाव थिएन, सयौँ परिवारको खुसी घिसार्दै लैजाने एउटा कठोर नियति थियो । आज भोटेकोशी शान्त छैन। त्यो नदीको सुसाइमा मानिसहरूको चीत्कार सुनिन्छ, हराएका आफ्नाहरूको आर्तनाद गुञ्जिरहेको छ । बाढी रसुवामा आयो, तर त्यसको पीडा र त्रास बागमती र गण्डकी प्रदेशका गाउँ-गाउँसम्म फैलियो। नदीले मानिसहरूलाई मात्र...
चन्द्र ढकाललाई चोख्याउन छानबिन: दोस्रो केबलकारको विवाद झिकेर पाँचतारे होटल जोगाउने रणनीति (पूर्ण प्रतिवेदनसहित)
सरकारी वनको जग्गामा टहरा बनाउने अनुमति लिएर भव्य पाँचतारे होटल खडा गरियो । अनि जब छानबिनको पालो आयो, छानबिन समिति नै व्यापारीको पछाडि उभियो ।आफ्नै क्षेत्राधिकार नाघेर, आफू अनुकूलका मान्छे राखेर हतार-हतार प्रतिवेदन तयार पारियो । अझ रमाइलो त के भने, सरकारी टोली छानबिन गर्न भन्दै श्रीमती र छोराछोरी बोकेर त्यही व्यापारीको पाँचतारे होटलमा पुग्यो र भोज खाँदै अनुगमन सम्पन्न गर्यो ।केबलकारका बिचौलिया चन्द्र ढकाल र वन निर्देशनालय बागमती प्रदेश हेटौंडाको यो मिलेमतोको भित्री कथा आजको सिरिजमा । चन्द्रागिरिको डाँडामा सेटिङको खेल !नेपालमा सरकारी सम्पत्ति, विशेष गरी वन क्षेत्रको जग्गा कसरी पहुँचवाला र...
EXCLUSIVE : छानबिन टोली नै सेटिङमा ? दोस्रो केबलकार र ब्याङ्केट हल निर्माणमा गैरकानूनी ठहर
चन्द्रागिरि डाँडाको बहुमूल्य राष्ट्रिय वन क्षेत्रभित्र सम्झौता र कानुनविपरीत दोस्रो केबलकार तथा ब्याङ्केट हल निर्माण भइरहेको पुष्टि भएको छ। बागमती प्रदेशको वन निर्देशनालय, हेटौंडाद्वारा गठित उच्चस्तरीय छानबिन टोलीले हालै बुझाएको स्थलगत छानबिन प्रतिवेदनले केबलकारका बिचौलिया चन्द्र ढकालले कानुन मिचेर निर्माण अघि बढाएको ठहर गर्दै तुरुन्त निर्माण कार्य स्थगन गर्न सिफारिस गरेको छ । साथै यो छानबिन गर्ने कर्मचारीहरु चन्द्र ढकालको प्रभावमा परेको प्रमाण ग्राउण्ड जिरोलाई प्राप्त भएको छ । प्राकृतिक सौन्दर्य र माफियाको आँखाकाठमाडौँ उपत्यकालाई दक्षिण-पश्चिमबाट घेरेर बसेको ऐतिहासिक र प्राकृतिक...
पाथीभरा केबलकार: चन्द्र ढकालको स्वार्थमा राज्यको गोली र किर्ते धन्दा !
यो ताप्लेजुङको मुक्कुमलुङ हो। लिम्बू (याक्थुङ) समुदायको हजारौँ वर्ष पुरानो मुन्धुमी आस्थाको धरोहर र रैथाने पहिचानको मुटु । तर, विगत केही वर्षयता यो पवित्र भूमि आस्थाको केन्द्र रहेन-यो त एउटा कर्पोरेट माफिया र राज्य आतङ्कको युद्धमैदान बनेको छ। जहाँ विकासका नाममा रैथाने पहिचानलाई बुटले कुल्चिएको छ र पर्यावरणको आवाज उठाउने नागरिकमाथि राज्यले गोली बर्साएको छ ।विकास कि बिनाश ? ‘पाथीभरा देवी दर्शन केबलकार प्रा.लि. नामको एउटा निजी कम्पनीको स्वार्थ रक्षा गर्न राजनीतिक दलका शीर्ष नेताहरू, मन्त्रीहरू र उच्च प्रशासकहरू कसरी एउटै कित्तामा उभिए ? कानुन बनाउने सांसद र कानुन कार्यान्वयन गर्ने...
मुकुम्लुङको चित्कार र शक्तिको उन्माद: पाथिभरा केबलकारको भित्री नालीबेली
विकास कसका लागि ? के जनताको आस्थाको जग भत्काएर, इतिहासको पहिचान नामेट पारेर र रैथानेहरूको छातीमा बन्दुकको नाल तेर्स्याएर गरिने भौतिक निर्माणलाई विकास भन्न मिल्छ ?सुदूरपूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित त्यो ऐतिहासिक डाँडा— जसलाई आज आधुनिक संसारले पाथिभरा देवीको मन्दिरका रूपमा पुज्छ। तर, यो भूगोल केवल पर्यटकीय गन्तव्य वा कंक्रिटको व्यापार गर्ने थलो मात्र होइन। यो रैथाने याक्थुङ लिम्बु समुदायको आदिमकालदेखिको मुन्धुमी, सांस्कृतिक र आध्यात्मिक ‘चोत्लुङ’ हो— अर्थात् मुकुम्लुङ।जब देशको राज्यसत्ता, नीतिगत कानुन र बन्दुकधारी फौज बिचौलियाको खल्तीमा बन्धक बन्छन्, तब पवित्र...
चन्द्रागिरिमा चन्द्र ढकालको लुट साम्राज्य ! १२ वर्षपछि बल्ल सुरु भयो सरकारी छानबिन
नेपालीमा एउटा उखान छ—’१२ वर्षमा खोला पनि फर्किन्छ। हो, चन्द्रागिरिको डाँडामा एउटा शक्तिशाली व्यापारीले चलाएको वातावरणीय र आर्थिक डकैतीको खोला पनि ठीक १२ वर्षपछि फर्किएको छ !हिजोसम्म कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूलाई आफ्नो रिसोर्टमा सित्तैमा बास बसाएर, रिझाएर, कानुनलाई खल्तीमा हाल्ने चन्द्र ढकालको साम्राज्यमा पहिलो पटक सरकारी कम्पन्न सुरु भएको छ। हिजो शक्तिको आडमा राज्यलाई झुक्याइयो, पर्यावरणको धज्जी उडाइयो। तर, जब ‘ग्राउण्ड जिरो’ ले लगातार ९ वटा सिरिजमार्फत स्टोरी सर्वाजनिक गर्यो र देशको राजनीतिक नेतृत्वमा बालेन शाह प्रधानमन्त्रीका रूपमा उदाए, तब १२ वर्षदेखि...
नुन बजारमा ‘नीतिगत कब्जा’ को खेल
हिमालदेखि तराई-मधेशसम्म हरेक भान्साको अनिवार्य आवश्यकता हो— नुन । ६२ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले भूकम्प, नाकाबन्दी र महामारीमा समेत देशभर सुलभ मूल्यमा नुनको आपूर्ति गर्दै आएको छ। तर, राजनीतिक र व्यापारिक स्वार्थको चंगुलमा पारेर यो स्थापित प्रणालीलाई भत्काउने प्रयास तीव्र पारिएको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र स्वास्थ्य मन्त्री प्रदीप पौडेलको पालामा चालिएका कदमहरूले नुन बजारलाई व्यापारीको हातमा सुम्पिने आधार तयार गरेको आरोप लागेको छ। यसै पृष्ठभूमिमा, बालेन शाह नेतृत्वको सरकारले विगतका यी आत्मघाती निर्णयहरू खारेज गर्नुपर्ने माग उठेको छ। प्रस्तुत छ, यिनै गम्भीर विषयहरूमा...
झलनाथदेखि केपी ओलीसम्म: चन्द्र ढकालको स्वार्थका लागि ६ वटा सरकारले कसरी पालैपालो घुँडा टेके ?
आजको ग्राउण्ड जिरोमा हामी देशको त्यही शक्तिशाली र विभेदकारी कानुनको शल्यक्रिया गर्दैछौँ। हामी खोतल्दैछौँ चन्द्रागिरिको त्यो डाँडो, जहाँ एउटा स्वघोषित व्यापारी चन्द्र ढकालको व्यापारिक स्वार्थका लागि देशका छ वटा फरक-फरक सरकारहरूले कसरी पालैपालो घुँडा टेके, कसरी नीतिगत सेटिङको चक्रव्यूह रचियो, र कसरी वन जोगाउने कसम खाएका कर्मचारीहरूले कौडीको भाउमा राज्यको सम्पत्ति चन्द्र ढकालको पोल्टामा सुम्पिए ।चन्द्र ढकाल, जसले राज्यका ६ वटा फरक-फरक सरकारहरू— दक्षिणपन्थीदेखि वामपन्थीसम्म । अन्तरिम सरकारदेखि दुईतिहाइको शक्तिशाली सरकारसम्मलाई आफ्नो स्वार्थको कठपुतली बनाए । कसरी सम्भव भयो त यो ? वन क्षेत्रमा...
EXCLUSIVE-3 :चन्द्रागिरि घोटाला काण्ड : संसदीय टोली नै बिकेको पूर्व महालेखापरीक्षकको खुलासा !
राज्यको अरबौँ मूल्यको प्राकृतिक सम्पदा र ढुकुटी कसरी ‘सेटिङ’का भरमा एउटा व्यापारिक घरानालाई सुम्पिइयो । महालेखा परीक्षकको ५४ औँ वार्षिक प्रतिवेदन (२०७३) मा समेटिएको काठमाडौं फन पार्क प्रा.लि. (चन्द्रागिरि हिल्स) र चन्द्र ढकालको अनियमितताबारे ग्राउण्ड जिरोले महालेखाका पूर्व कार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीसँग ‘एक्सक्लुसिभ’ कुराकानी गरेको छ।कुराकानीका क्रममा पूर्व महालेखापरीक्षक खत्रीले चन्द्रागिरि डाँडामा केबलकार निर्माण गर्दा सरकारसँग भएको सम्झौताको धज्जी उडाउँदै, पर्यावरणमैत्री कटेज (टहरा) बनाउने बहानामा सिधै विशाल पाँचतारे होटल ठड्याइएको भन्दै आक्रोश...
नुनमा राजनीतिक ‘विष’: मोतीलाल दुगडको अखाद्य व्यापार र सरकारी सेटिङको पर्दाफास
नुन—हाम्रो भान्छाको अनिवार्य वस्तु । जस बिना खानाको स्वाद अधुरो हुन्छ र शरीरको सन्तुलन असम्भव । तर, के तपाईंलाई थाहा छ ? तपाईंले स्वस्थ ठानेर महँगो मूल्यमा किनिरहेको ‘पिंक साल्ट’ वास्तवमा नुन नभएर ‘मन्द विष’ सावित भइरहेको छ ? एउटा यस्तो नुन, जसमा न आयोडिन छ, न त सरकारले तोकेको न्यूनतम गुणस्तर नै ।आज ‘ग्राउण्ड जिरो’को दोस्रो सिरिजमा हामी एउटा यस्तो डरलाग्दो खेलको पर्दाफास गर्दैछौं । जहाँ राजनीति, शक्ति र पैसाको आडमा लाखौं नेपालीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । यो कथा हो—एमाले नेता तथा व्यापारी मोतीलाल दुगड, तत्कालिन अर्थ र स्वास्थ्य मन्त्रीद्वय विष्णु...
नदीमाथि ‘कर्पोरेट सुकुमवासी’ को रजगज: खोला मिच्ने सिप्रदीमाथि कहिले चल्छ डोजर ?
काठमाडौंको मुटुमा सरकारी डोजरको गर्जन अचेल सामान्य बनेको छ। बागमतीको तिर होस् वा मनोहराको बगर— “सार्वजनिक जग्गा मिच्न पाइँदैन” भन्दै सरकारले गरिबका झुपडीहरूलाई एकै निमेषमा धुलोमा मिलाइदिएको छ। थापाथलीदेखि गैरीगाउँसम्मका सुकुमवासी बस्तीहरू अहिले इतिहास बनेका छन्। तर, के सरकारी नियमको यो ‘डोजर’ सबैका लागि उत्तिकै बलियो छ ? वा यसको शक्ति केवल गरिबको दैलोमा पुगेर मात्र देखिन्छ ? आज हामी काठमाडौंको त्यस्तो ठाउँमा छौँ, जहाँ खोला नदी बग्थ्यो। तर आज त्यहाँ पानीको कलकल होइन, गाडीको इन्जिन र कंक्रिटको साम्राज्य छ। यो चन्द्रागिरि नगरपालिकामा रहेको सिप्रदी ट्रेडिङ प्रालिको...




















