Skip to main content
सोमबार, २९ भदौ २०८३

जनप्रतिनिधिद्वारा प्रशंसा

Ground Zero

September 14, 2026


रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा वर्तमान सरकारले चालेको कदमको जनप्रतिनिधिहरूले प्रशंसा गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १४ स्थानीय तहका प्रमुख, बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्यहरूको सहभागिता रहेको थियो।

छलफलका क्रममा जनप्रतिनिधिहरूले बाढीलगत्तै केन्द्र सरकारले मन्त्री तथा कर्मचारीहरूलाई प्रभावित क्षेत्रमा खटाएर निरन्तर फलोअप गरेको भन्दै खुसी व्यक्त गरे। प्रभावित क्षेत्रको वास्तविक स्थिति बुझ्न प्रधानमन्त्री स्वयंले बोलाउनु सकारात्मक रहेको उहाँहरूको भनाइ थियो।

नागरिकको पुनर्स्थापनाका लागि संघीय सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउँदै उहाँहरूले गैरसरकारी संघसंस्थाहरूले दिने आश्वासनमाथि निगरानी राख्न सरकारसँग आग्रह गरे। साथै, प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ताको खोजी, महामारी रोकथाम र अस्थायी बसोबासको प्रबन्ध मिलाउन माग गरिएको छ।

तटीय क्षेत्रमा हरियाली विकास गर्दै नजिकैको सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्ने कार्य बिनाढिलाइ अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको जनप्रतिनिधिहरूले स्पष्ट पारेका छन्।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।