
Ground Zero
September 9, 2026

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन सरकारका मन्त्रीहरुलाई सुझाव दिनुभएको छ । बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले मन्त्रीहरूले “खुट्टा भाँचिदिने“ वा “गोली हान्ने“ जस्ता गैरजिम्मेवार धम्की दिन नमिल्ने भन्दै संविधान र कानुनको परिधिभित्र बस्न सुझाव दिनुभएको हो । उहाले मंगलबार जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा गृहमन्त्रीलाई जनताले जेन्जीमार्फत हुटिङ र कालोझण्डा देखाइसकेको भन्दै शासकीय अहङ्कार देखाए जनताले अझ कडा प्रतिवाद गर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री, गृहमन्त्री र सरकार संवाद गर्न नचाहेको र “एक्लै संसार बोकेर हिँड्ने“ अहङ्कारी शैली देखाएको उहाको भनाइ छ । पुराना दलहरूलाई जनताले दण्डित गरिसकेको र अहिले सडकमा रहेको स्वीकार्दै नेता पुनले आफूहरू सच्चिएर र समीक्षा गरेर फेरि जनताको भावनाअनुसार अघि बढ्ने बताउनुभयो ।
ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।