Skip to main content

Social Channels

Editor in Chief

Krishna Dhungana

Registration No.

4152-2080/2081

आइतबार, १७ जेठ २०८३

Author: Subhak Mahato

टहराको अनुमति लिएर पाँचतारे होटल, अब दोस्रो केवलकार धमाधम निर्माण

यो दृश्य तपाईं देखिरहनु भएको छ, यो कुनै निजी कम्पनीले किनेको व्यक्तिगत जग्गा होइन। यो कुनै निजी रिसोर्टको निजी आँगन पनि होइन। यो त नेपाल सरकारको स्वामित्वमा रहेको, आम नेपालीको साझा सम्पत्ति—३६ हेक्टर सरकारी वन क्षेत्र हो।सार्वजनिक वन, तर चन्द्र ढकालको राज ! वन विभाग र काठमाडौं फनपार्क प्रालिबीच भएको लिखित सम्झौता भन्छ—यहाँ एउटा मात्र केवलकार बन्नेछ। तर जमिनको यथार्थले गिज्याइरहेको छ। व्यवसायी चन्द्र ढकालले राज्यको कानुन र सम्झौतालाई रद्दीको टोकरीमा फाल्दै यहाँ धमाधम अर्को ‘दोस्रो केवलकार’ ठड्याइरहेका छन्।टप स्टेसनदेखि होटलसम्मको छोटो दूरी जोड्ने नाममा बनाइँदै गरेको यो दोस्रो...

Continue reading

राजनीतिक लगानी र ‘सेटिङ’को चक्रव्यूह—चन्द्र ढकालको कब्जामा चन्द्रागिरिदेखि पाथीभारासम्म

चन्द्र ढकाल नेपालको आधुनिक व्यावसायिक इतिहासमा एउटा यस्तो नाम हो, जसलाई कतिपयले “सफलताको पर्याय” मान्छन् भने कतिपयले “सेटिङ र शक्तिको चतुर खेलाडी”। बागलुङको एउटा दुर्गम गाउँबाट निस्किएर नेपालकै सबैभन्दा ठूलो व्यापारिक साम्राज्य खडा गर्नेसम्मको उनको यात्रा जति रोचक छ, त्यति नै रहस्यमयी र विवादित पनि छ ।यहाँ चन्द्र ढकालको उदय, उनको व्यापारिक विस्तार र उनीमाथि लाग्ने गरेका गम्भीर आरोपहरूको विस्तृत फेहरिस्त प्रस्तुत छ: बागलुङदेखि बालुवाटारसम्मको यात्रावि.सं. २०२२ सालमा बागलुङको अमलाचौरमा जन्मिएका चन्द्रप्रसाद ढकालको बाल्यकाल अभाव र सङ्घर्षमा बित्यो। १६ वर्षकै उमेरमा...

Continue reading

महालेखाको प्रतिवेदनले खोलेको चन्द्रागिरि काण्ड – भन्सारमा सेटिङ : राज्यलाई ६ करोड २६ लाख घाटा

काठमाडौँको कोलाहलबाट केही किलोमिटर मात्र टाढा, चन्द्रागिरि डाँडा । आज यो ठाउँ लाखौँ पर्यटकका लागि आकर्षणको केन्द्र हो। तर, यो चम्किलो संरचनाको जगमा केही यस्ता तथ्यहरू लुकेका छन्, जसले राज्यको ढुकुटी र प्राकृतिक स्रोतको दोहनको गम्भीर प्रश्न उठाउँछन्।महालेखा परीक्षकको ५४ औं वार्षिक प्रतिवेदन, २०७३ । यो कुनै सामान्य कागज होइन। यो त राज्यको सम्पत्ति कसरी निजी स्वार्थका लागि प्रयोग गरियो भन्ने आधिकारिक दस्ताबेज हो । यो प्रतिवेदनले एउटा यस्तो नाम किटेको छ, जुन आजको व्यापारिक जगतमा निकै प्रभावशाली छ– चन्द्र ढकाल र उनको चन्द्रागिरि हिल्स परियोजना । जग्गा लिज – कौडीको भाउमा राज्यको...

Continue reading

चन्द्रागिरिको डाँडामा चन्द्र ढकालको ‘नक्कली’ भालेश्वर मन्दिर: इतिहासमाथि जालसाजी ?

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम ढल्केको चन्द्रागिरि डाँडा— जहाँबाट कहिले हिमाल मुस्कुराउँछन्, त कहिले कुहिरोको घुम्टोले इतिहास लुकाउँछ। तर, आज चन्द्रागिरि केवल कुहिरोले मात्र ढाकिएको छैन, यसको धार्मिक र ऐतिहासिक पहिचानमाथि ‘व्यापारिक स्वार्थ’को बादल मडारिएको छ। नेपाल एकीकरणको साक्षी, पृथ्वीनारायण शाहको सङ्कल्प र सतीदेवीको भाल पतन भएको विश्वास गरिने पवित्र भालेश्वर महादेवको नाममा आज चन्द्रागिरिमा जे भइरहेको छ, त्यसले आस्था र नैतिकता दुवैमाथि गम्भीर प्रश्न खडा गरेको छ। व्यवसायी तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको नेतृत्वमा रहेको चन्द्रागिरि हिल्सले चन्द्रागिरि...

Continue reading

EXCLUSIVE-2 : टहराको सम्झौतामा पाँचतारे होटल-२० लाख तिरेर चन्द्र ढकाललाई उन्मुक्ति

चन्द्रागिरिको सरकारीमा वनलाई ‘कटेज’ अर्थात ‘टहरा’ बनाउने सर्तमा लिएर पाँचतारे होटल ठड्याउने व्यवसायी चन्द्र ढकालको कथा त तपाईँले सुन्नुभएकै छ ।तर, आज ‘ग्राउण्ड जिरो’ले त्योभन्दा पनि डरलाग्दो सत्य सार्वजनिक गर्दैछ। सरकारी वनमा गैरकानुनी रूपमा बनाइएको त्यो पाँचतारे होटल वास्तविक रूपमा भत्काउनुपर्ने थियो। कानुनले भन्थ्यो—सम्झौता विपरीतका संरचना राज्यले जफत गर्नुपर्छ वा भत्काउनुपर्छ। तर, शक्तिको उन्माद र राजनीतिक सेटिङका अगाडि कानुन कसरी निरिह बन्यो ?कसरी २०७६ साल असार २५ गते तत्कालीन वन मन्त्री र प्रधानमन्त्रीको दबाबमा एउटा अपराधलाई मात्र २० लाख रुपैयाँ...

Continue reading

EXCLUSIVE : चन्द्र ढकालको चन्द्रागिरि खेल: ‘टहरा’ बनाउने अनुमति लिएर सरकारी वनमा पाँचतारे होटल

कुनै पनि देशको समृद्धिको मेरुदण्ड त्यहाँको निजी क्षेत्र हो । र, त्यो निजी क्षेत्रलाई नेतृत्व गर्ने संस्था हो— नेपाल उद्योग वाणिज्य महासंघ । जब यो संस्थाको सर्वोच्च कुर्सीमा बसेको व्यक्तिले नै राज्यसँग गरेको सम्झौतालाई एउटा सामान्य कागजको खोस्टो जस्तो व्यवहार गर्छ, तब प्रश्न नैतिकतामाथि उठ्छ। कुरा चन्द्रागिरिको हो । कुरा चन्द्र ढकाल र उनको कम्पनी काठमाडौं फन पार्क प्रा.लि. अर्थात् चन्द्रागिरि हिल्सको हो । सरकारी वन जोगाउने र वातावरणमैत्री ‘कटेज’ बनाउने सम्झौतामा हस्ताक्षर गरेर राज्यबाट ३६ हेक्टर वन तथा जमिन लिने, तर त्यही वनमा विशाल पाँचतारे कङ्क्रिटको साम्राज्य ठड्याउने...

Continue reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो प्रहार: १८ अर्ब भ्रष्टाचारको छायाँबीच ४६ करोडको नयाँ मुद्दा

बहुचर्चित र विवादास्पद आयोजना—पोखरा अन्तर्राष्ट्रिय विमानस्थल—फेरि एकपटक भ्रष्टाचारको गम्भीर आरोपको केन्द्रमा आएको छ । ग्राउण्ड जिरोले लगातार सार्वजनिक गर्दै आएको खुलासापछि अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो चरणको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आइतबार विशेष अदालतमा दायर गरिएको मुद्दा केवल कानुनी प्रक्रिया मात्र होइन, राज्य संरचनाभित्र गहिरो जरा गाडेको भ्रष्टाचारको एउटा नयाँ तह उजागर भएको संकेत पनि हो । यसपटक ४६ करोड १५ लाख ८४ हजार ३ सय ४३ रुपैयाँ बराबरको बिगो दाबी गर्दै तीन दर्जनभन्दा बढी व्यक्ति, परामर्शदाता कम्पनी र निर्माण कम्पनीसँग सम्बन्धित व्यक्तिहरूलाई...

Continue reading

मन्त्रीस्तरीय निर्णयदेखि गोप्य डिलसम्म: मणिपाल मेडिकल कलेज घोटाला अख्तियार पुग्यो

पोखराको ‘मणिपाल मेडिकल कलेज’ बिक्रीमा करिब १ अर्ब रुपैयाँको घुस–डिल भएको उजुरी मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । उजुरीले पोखराको सबैभन्दा शक्तिशाली निजी साम्राज्यमध्ये एक बतास र पौडेल समूहभित्र तहल्का मच्चाएको छ । सरकारी स्वामित्वमा आउनु पर्ने १० अर्ब बराबरको सरकारी र सैनिक जग्गाको अवैध कब्जा, कलेजको अनियमित बिक्री, मन्त्रीस्तरीय निर्णयमार्फत गोप्य पास जारी गर्नु, अनि घुस–डिल गर्ने प्रक्रियामा नाम संलग्न रहेको खुलाइएको छ । यो प्रकरण चिकित्सा शिक्षा इतिहासमै सबैभन्दा ठूलो घोटालाको रुपमा लिइएको छ । ग्राउण्ड जिरोको खुलासा पछि बतास समूह विरुद्ध अख्यिारमा...

Continue reading

ग्राउण्ड जिरोको खुलासापछि : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारमा अख्तियार विशेष अदालत पुगेपछि देश हल्लियो

ग्राउण्ड जिरोको खुलासा पछि देशकै चर्चित ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्ततः विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आठ अर्ब सैंतीस करोड बिगो कायम गर्दै अख्तियारले आइतबार ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ—जसमध्ये पाँच पूर्वमन्त्री, १० पूर्वसचिव र नागरिक उड्डयन प्राधिकरणका दुई उच्च अधिकारीसमेत छन् ।नेपालको ‘राष्ट्रिय गौरवको आयोजना’ भनेर घोषणा गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जसलाई दशकौँसम्म सपनाको नाममा चलाइयो—त्यही आयोजना आज देशकै सबैभन्दा ठूलो नीतिगत, वित्तीय र प्रशासनिक भ्रष्टाचारको केन्द्रबिन्दु बनेको छ। यही...

Continue reading

हेलिपोर्टदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्मः प्रदिप अधिकारीको एक खर्बको उडान भ्रष्टाचार

उड्डयन क्षेत्रका भ्रष्टाचारको नायक प्रदिप अधिकारी पक्राउसँगै नेपालको उड्डयन इतिहासको ४० वर्षमा कति जहाज टेकअफ गर्‍यो ? कति ल्याण्डिङ गर्‍यो ? कति आकाशमै ध्वस्त ? यो प्रश्न आज फेरि उठेको छ। किनभने पछिल्ला ५/ ६ वर्षमा मात्र नयाँ विमानस्थल निर्माण, विमानस्थलको विस्तार, नयाँ टर्मिनल भवन—सबैको नाममा करिब एक खर्ब खर्च भयो । तर नतिजा के ? कतै अन्तर्राष्ट्रिय उडान नहुने विमानस्थल, कतै मिस्टएप्रोच भएर २ सेकेन्डमै पहाडमा जहाज ठोकिने, यस्तै/यस्तै विवादको पहाड ।यदी दुर्घटनाको कुरा गर्ने हो भने, पाँच वर्षभित्र सात हवाई दुर्घटना र एक सय २३ जनाको मृत्यु । तर आजसम्म, कुनै उच्चस्तरीय न्यायिक छानबिन छैन ।...

Continue reading

एक खर्ब भ्रष्टाचारका नायक अख्तियारको हिरासतमा

भक्तपुर नलिञ्चोक बस्तीको बीचमा पाँच वटा विद्यालयहरु छन्, जहाँ बिहान उठ्दा स्कुल जान हतारिने बालबालिका । आँगन र टोलमा बारीतिर उड्ने धुलो—यस्तै सामान्य जीवन चलिरहन्थ्यो । तर चार वर्षअघि एकाएक यहाँ एउटा विशाल संरचना उभिन थाल्यो—हेलिपोर्ट । हेलिकप्टर उडान–अवतरणका लागि ‘अत्यन्त संवेदनशील’ मानिने यस्तो संरचना बनाउने निर्णय कसैले अपेक्षा गरेको थिएन। झन् बिचमै घर–बस्ती, वरिपरि स्कूल, नजिकै हाइटेन्सन लाइन, रुक्खा–बिरुवा अनि अव्यवस्थित बसोबास रहेको ठाउँ—जहाँ सुरक्षाका आधारभूत मानक समेत पूरा थिएनन् । तर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले यिनै जोखिमपूर्ण ठाउँलाई ‘विकल्प’ भन्दै...

Continue reading

मृत्युको मोड : रन-वे ३० र भ्रष्टाचारको धावनमार्ग (पूर्ण प्रतिवेदन सहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — जहाँ जहाज आकाशमा होइन, गल्तीका पर्खालमा ठोक्किन सक्छ । रन-वे ३० बाट अवतरण असफल भयो भने जहाजलाई तुरुन्तै बायाँ मोडिनुपर्छ —तर बायाँतिर उभिएको छ ४ हजार फिटको ठाडो पहाड । दुई सेकेन्ड ढिलो भयो भने —जहाज, पाइलट र यात्रु, सबै पहाडसँग ठोक्किन्छन् । यो केवल प्राविधिक गल्ती होइन । यो भ्रष्टाचारको परिणाम हो । जब योजनामा इमान हराउँछ, तब विमानस्थल विकास होइन, दुर्घटनाको प्रतीक बन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल — ३५ अर्बको योजना र भ्रष्टाचार १८ अर्ब । गल्ती आज ३५ अर्बकै । यो गल्ती केवल इन्जिनियरको होइन, यो निर्णयकर्ताको अपराध हो र त्यो नाम हो — प्रदीप अधिकारी ।...

Continue reading

प्राधिकरणमा भएको ४८ अर्ब भ्रष्टाचार प्रकरण: सुशिला कार्की सरकार र अख्तियारको नैतिकता परीक्षामा

भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनले सिंहदरबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म हल्लाएको छ । आन्दोलनको पहिलो माग नै ठूला माछालाई कानुनी कठघरामा ल्याउने होस् भन्ने हो, र अहिले त्यो माग नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी प्रकरणमा केन्द्रित भएको छ । संसदीय छानबिन समितिको प्रतिवेदनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मात्र १८ अर्ब बराबरको अनियमितता भएको पुष्टि गरेको छ । समितिले प्रदिप अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन गर्न सिफारिस गरेको छ, तर अख्तियार अझै मौन छ । यो एक मात्र घटना होइन । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मुआब्जा वितरणमा १२...

Continue reading

ध्वस्त सिंहदरबार: सात मन्त्रालय खरानी, प्रशासनिक स्थायित्वमाथि गम्भीर प्रश्न

जेनजी आन्दोलनको क्रममा भएको आगजनीले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारलाई ठूलो क्षति पुर्‍याएको छ। आगो लाग्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, शिक्षा, कृषि र सामान्य प्रशासन मन्त्रालयका भवनहरू जलेर नष्ट भएका छन्।आगलागीका कारण ऐतिहासिक भवनका महत्वपूर्ण अभिलेख जलेर नष्ट भएका छन्।यस घटनापछि प्रशासनीक कामकाज ठप्प भएको छ भने सेवाग्राहीहरू प्रभावित भएका छन्। सुरक्षा निकायले आगो हाल्नेहरू आन्दोलनकारीकै समूह भएको प्रारम्भिक अनुमान गरेको छ।सिंहदरबारमा भएको यो आगजनीले केवल भौतिक क्षति मात्र नभई देशको प्रशासनिक स्थायित्व र लोकतान्त्रिक संरचनामाथि...

Continue reading

EXCLUSIVE पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे ‘सनसनी खुलासा’ (रिपोर्ट सहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा भएको ३२ देखि ३५ अर्बको स्क्याम । ग्राउण्ड जिरोलाई प्राप्त रिपोर्टहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक रुपमा ठिक छैन र यहाँबाट पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान गर्न मिल्दैन । यस पटकको सिरिजमा विमानस्थल निर्माण प्राविधिक रुपमा ठिक छैन र जर्बजस्ती जहाज उडाए दुर्घटना हुन सक्ने गम्भिर प्रमाणहरु सार्वजनिक गर्दैछौं । ति प्रमाणहरुले भन्दै छन्, कि ‘रन–वे ३० बाट जहाज टेकअफ गर्न मिल्दैन र रन–वे १२ बाट जहाट ल्याण्डिङ गर्न मिल्दैन’ । ति एक/एक रिपोर्टहरुको एक/एक पाना हामी देखाउँदैछौं ।यो कुरा बुझ्नका लागि तीन वटा रिपोर्ट र सम्झौता...

Continue reading

पोखरा पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १३ अर्बको भ्रष्टाचार

नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि ८ सय ६ बिघा जग्गा अधिग्रहण गरियो । तर, विमानस्थलको ४ सय बिघा भन्दा बढी जग्गामा भैंसी चर्दैछन् । प्राधिकरण नेतृत्वले नीतिगत भ्रष्टाचार गर्नकै लागि आवश्यकता भन्दा बढी जग्गा अघिग्रहण गरेको प्रमाणहरु ग्राउण्ड जिरोलाई प्राप्त भएको छ । अघिल्लो सिरिजमा स्थानीय जग्गा धनीले कसरी मुआब्जा बितरणका क्रममा आफुहरुसँग घुस लिएको दावि गरे, त्यो देखाइसकेका छौं । यो पटकको सिरिजमा हामीले विमानस्थल भन्दा दक्षिण तर्फ आवश्यकता भन्दा बढी खोला र सिमानाको जग्गा भ्रष्टाचार गर्नकै लागि खरिद गरिएको र सो जग्गामा अहिले...

Continue reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा १८ अर्बको भ्रष्टाचार (प्रतिवेदनको पूर्णपाठ)

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको १८ अर्ब भ्रष्टाचारको बारेमा छानबिन गर्न गठित उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी संलग्न व्यक्तिलाई तत्काल निलम्बन सहितको प्रतिवेदन सार्वजनिक लेखा समितिलाई बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले सोमबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन (प्रतिवेदनको पूर्णपाठ) बुझाएको हो । प्रतिवेदनमा महानिर्देशक प्रदिप अधिकारीलगायत संलग्न अन्य बहालवाला पदाधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडी बढाउन र हदैसम्मको कारबाही गर्न अख्तियार...

Continue reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे १२ किन बन्द !

फ्लाइट प्रस्यूडर डिजाइन नै गायबपोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको १८ अर्बको भ्रष्टाचार, चरण/चरणमा भएको छ । सि ए एम सी र प्राधिकरण बीच भएको सम्झौतामा के थियो ? कसरी २२ अर्ब ठेक्का सम्झौता भएको विमानस्थलको लागत ३५ अर्ब पुर्‍याइयो नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ?सम्झौतामा विमानस्थल पूर्ण रुपमा संचालनमा ल्याउन सबै सुविधाहरु, सबै पूर्वाधारहरु निर्माण गरी सञ्चालनमा ल्याउने दायित्व ठेकेदारको हुने व्यवस्था रहेको छ । ठेकेदारले नै छिनेडाँडा काट्नु पर्ने थियो । तर सम्झौता विपरित प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ३२ करोड २ लाखमा छुट्टै निर्माण...

Continue reading

मणिपाल मेडिकल कलेज पोखरा बिक्री हुँदा किन चुप लाग्यो सरकार ?

पोखराको मणिपाल मेडिकल कलेज ३ अर्ब ४० करोडमा बिक्री भयो । भारतीय समूहको लगानी रहेको मणिपाल मेडिकल कलेजमा अब नेपालीहरु भित्रिएका छन् ।झण्डै ८ देखि १० अर्ब बराबरको सरकारी सम्पत्ति, कसरी एउटा निजी कम्पनीको हातमा आइपुग्यो ? नेपाल सरकारको स्वामित्वमा हुनु पर्ने अर्बौंको मणिपाल मेडिकल कलेज कसरी व्यापारी समूहले जबर्जस्त किने ! ४९ वर्षसम्म कलेज सञ्चालन गर्छु भनेर, नेपालमा लगानी गरेका भारतीय, मणिपाल ग्रुप किन बिचमै कलेज बेचेर हिड्नु पर्ने बाध्यता आयो ? आखिर को हुन् ति खेलाडीहरु जसले मणिपाल बिक्रीका निम्ति मन्त्रीस्तरीय निर्णय गरियो ? कसको, के मा, कहाँ कनेक्सन रहेको छ ?मणिपाल मेडिकल कलेज बिक्री भएको...

Continue reading

त्रिशुली नदीमा खतरनाक खेल, बँच्ला त र्‍याफ्टिङ?

व्यापारिक घराना सर्राफ समूहले प्रवर्द्धन गरेको कम्पनीले नियम उल्लंघन गर्दै त्रिशुलीमा हाइड्रोपावर बनाउन थालेपछि स्थानीय आक्रोशित भएका छन्। नेपालकै पहिलो व्यवसाहिक र्‍याफ्टिङ बन्द होला भनेर पर्यटन व्यवसायी चिन्तित छन्। कार्यशैलीका कारण ब्लु इनर्जी सुरुदेखि नै विवादित छ। आयोजनाको वातावरण प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन नक्कली बनाएको विवाद सेलाएकै छैन। अहिले फेरि सार्वजनिक सुनुवाइ नगरी काम अघि बढाएपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका हुन्। एक सय मेगावाट क्षमताको सुपर त्रिशुली आयोजनाको प्रवर्धक ब्लु इनर्जी प्रालि हो। अरुण सर्राफ यो कम्पनीका मुख्य प्रवर्धक हुन्।...

Continue reading

यी टासी जो डाक्टर बनेर जन्मथलो हुम्लै फर्किए

हुस्सुले ढाकेका अग्ला डाँडा हेर्दै, हजुरआमाको काखमा लुक्दै, खेल्दै र धुलेढुंगे बाटो हिँडेर विद्यालय जाँदै उनी हुम्लाको बर गाउँमा हुर्किए। हरेक विपतमा हजुरआमाको काख उनको सेल्टर थियो, प्रेमको केन्द्र थियो। ११ वर्षको हुँदा उनकी स्नेही हजुरआमाले श्वास छोडिन्। शिक्षकहरुलाई थाहा थियो, उनी पढाईमा अब्बल छन्। बुवालाई थाहा थियो, जिल्लामा डाक्टर छैनन्। र टासी लामाको मनमा गडेको थियो, उपचार पाएकी भए हजुरआमा यति चाँडै उनलाई छोडेर जाने थिइनन्। अस्पताल वरपर रहने जो कोही सेतोकोटधारी स्वास्थ्यकर्मीलाई त्यतिबेला सिमिकोटले डाक्टर भन्थ्यो। टासी त्यही डाक्टर बन्न चाहन्थे। सेतोकोट लगाएर बिरामीको उपचार गर्न...

Continue reading