Skip to main content
सोमबार, १६ कात्तिक २०८३

चन्द्रागिरिमा बिचौलियाको दादागिरी: भालेश्वर मन्दिर जाने सार्वजनिक बाटोमै चन्द्र ढकाल र मीनबहादुरको काँडेतार

xtreme energy drink - ground zero nepal
xtreme energy drink - ground zero nepal

Subhak Mahato

November 1, 2026


एउटा आम नागरिक, जो आफ्नै देशको पहाडमा, आफ्नै देशको सरकारी वन हुँदै भालेश्वर महादेवको दर्शन गर्न जान खोज्छ । त्यो बाटोमा आज कसले ताला लगायो ? कसको हुकुमी शासन चलिरहेको छ यो देशमा ?

चन्द्रागिरिको डाँडामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको भालेश्वर महादेव मन्दिर जाने सार्वजनिक बाटोमा अहिले काँडेतारको पर्खाल ठडिएको छ । ग्लोबल आईएमई बैंकका अध्यक्ष तथा केबलकारका बिचौलिया चन्द्र ढकाल र विवादित व्यापारी एवं भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले सर्वसाधारण जनता हिँड्ने बाटोमै काँडेतार लगाएर पूर्ण रूपमा बाटो बन्द गरिदिएका छन् ।

जब वन विभागसँग सम्झौता भएको थियो, तब स्पष्ट रूपमा भनिएको थियो,चन्द्रागिरिमा केबलकार निर्माण भए पनि सर्वसाधारणलाई मन्दिर आउन र जान कुनै रोकटोक गरिने छैन । तर, आज सम्झौताका सबै सर्त र कागजपत्रलाई लत्याउँदै चन्द्र ढकाल र मीनबहादुर गुरुङले सार्वजनिक बाटोमा ताला ठोकेका छन्, काँडेतार बेरेका छन् ।

शनिबार जब ‘ग्राउण्ड जिरो’को टोली चन्द्रागिरि–४ पुग्यो, त्यहाँ स्थानीयहरूको आक्रोश देखियो । सरकारी वनलाई कब्जा गरेर भइरहेको यो नाङ्गो दादागिरी अब स्थानीय बासिन्दाहरू कुनै पनि हालतमा सहने पक्षमा छैनन् ।

स्थानीय बासिन्दाको आक्रोश र प्रत्यक्षदर्शीको बयान
सुनिएका यी आवाजहरू कुनै बनावटी कुरा होइनन्, यी त आफ्नै भूमिमा पराया बनाइएका चन्द्रागिरिका सोझासाझा रैथाने जनताको आक्रोश र पीडा हुन्।

स्थानीय सुशाङ लामा आक्रोशित हुँदै प्रश्न गर्छन् ‘वन हाम्रो, बाटो हाम्रो ! तर आज त्यही सार्वजनिक बाटोमा चन्द्र ढकाल र मीनबहादुर गुरुङले काँडेतार लगाएका छन् । हामी आफ्नै पुर्ख्यौली वन र बाटोमा हिँड्न पनि नमिल्ने ? हामी आफ्नै वनमा जान नपाउने ?
त्यस्तै अर्का स्थानीय विकास लामाको गुनासो पनि उत्तिकै गम्भीर र दर्दनाक छ ‘सम्झौतामा त हामीलाई बिनारोकटोक मन्दिर जान दिने उल्लेख छ। तर आज चन्द्र ढकाल र मीनबहादुरले हामीलाई मन्दिर जान दिएका छैनन् । यो कतिसम्मको अन्याय हो ? अब हामी चुप लागेर बस्दैनौँ ।‘

राज्यको ऐन र कानूनलाई खल्तीमा हालेर गरिएका यस्ता हर्कतहरूले प्रष्ट पार्छ-के यो देशमा गरिब जनताले आफ्नै मन्दिर जान पनि यी माफियाहरूसँग अनुमति लिनुपर्ने हो ?

थप स्टोरी :
EXCLUSIVE : चन्द्र ढकालको चन्द्रागिरि खेल: ‘टहरा’ बनाउने अनुमति लिएर सरकारी वनमा पाँचतारे होटल
EXCLUSIVE-2 : टहराको सम्झौतामा पाँचतारे होटल-२० लाख तिरेर चन्द्र ढकाललाई उन्मुक्ति
चन्द्रागिरिको डाँडामा चन्द्र ढकालको ‘नक्कली’ भालेश्वर मन्दिर: इतिहासमाथि जालसाजी ?
EXCLUSIVE-3 :चन्द्रागिरि घोटाला काण्ड : संसदीय टोली नै बिकेको पूर्व महालेखापरीक्षकको खुलासा !
झलनाथदेखि केपी ओलीसम्म: चन्द्र ढकालको स्वार्थका लागि ६ वटा सरकारले कसरी पालैपालो घुँडा टेके ?
EXCLUSIVE : चन्द्रागिरिका मुख्य लगानीकर्ता भाटभटेनीका मालिक मीनबहादुर गुरुङ : चन्द्र ढकालसँग मिलेर सेयरको बाँडफाँड
जलेको भाटभटेनीको सहानुभूति कि राज्यको सम्पत्ति लुट्ने सेटिङ ? चन्द्र ढकाल र मीनबहादुर गुरुङको ‘हे भगवान’ कथा
चन्द्रागिरिमा चन्द्र ढकालको लुट साम्राज्य ! १२ वर्षपछि बल्ल सुरु भयो सरकारी छानबिन
EXCLUSIVE : छानबिन टोली नै सेटिङमा ? दोस्रो केबलकार र ब्याङ्केट हल निर्माणमा गैरकानूनी ठहर
छानबिन प्रतिवेदनलाई लात र अवैध दोस्रो केबलकारको धन्दा: के चन्द्र ढकाल र मीनबहादुर गुरुङ कानुन भन्दा माथि छन् ?

सम्झौताको धज्जी र राज्य संयन्त्रमाथि ठूलो प्रश्न
वन विभाग र केबलकार सञ्चालकबीच भएको सरकारी सम्झौताको पाना पल्टाएर हेर्ने हो भने स्पष्ट देखिन्छ-चन्द्रागिरिको डाँडामा केबलकार चले पनि सर्वसाधारण जनतालाई मन्दिर दर्शन गर्न जाने बाटो सधैँ खुला रहनेछ। तर, सम्झौताको धज्जी उडाउँदै, सर्वसाधारणको हक-अधिकार खोसेर सार्वजनिक बाटोमा काँडेतार कसको बलमा लगाइयो ?

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र भाटभटेनीका मालिक मीनबहादुर गुरुङले आफूलाई देशको कानुनभन्दा माथि ठानेका छन् । सरकारी जग्गामा आफ्नो एकाधिकार जमाउने र स्थानीय जनतालाई आफ्नै गाउँ-ठाउँमा आवतजावत गर्न रोक लगाउने यो हर्कतले सामन्ती युगको झझल्को दिन्छ।

स्थानीय बासिन्दाहरूले अब यस अन्यायविरुद्ध कडा आन्दोलनको चेतावनी दिइसकेका छन्। सरकारी वन कब्जा गर्ने र नागरिकको मौलिक अधिकार खोस्ने यी बिचौलियाहरूविरुद्ध स्थानीय तह र प्रशासन किन मौन बसिरहेको छ ?

‘ग्राउण्ड जिरो’को निरन्तर
अब प्रश्न उठ्छ-के यो देशमा सधैँ यस्तै बिचौलियाहरूको हुकुमी शासन चलिरहनेछ? सर्वसाधारण हिँड्ने बाटोमा काँडेतार लगाएर जनताको मन्दिर जाने अधिकार खोस्ने अनुमति ढकाल र गुरुङलाई कसले दियो ?

चन्द्रागिरिको डाँडामा भइरहेको यो दादागिरी, सार्वजनिक बाटोको अतिक्रमण र सर्वसाधारणमाथिको अन्यायका विरुद्ध ‘ग्राउण्ड जिरो’ निरन्तर आवाज उठाइरहनेछ। जबसम्म मन्दिर जाने सार्वजनिक बाटोबाट काँडेतार हटाइँदैन, जबसम्म जनताले बिनारोकटोक मन्दिर जान पाउने अधिकार फिर्ता पाउँदैनन्, तबसम्म हाम्रो यो खोज र खबरदारी रोकिने छैन । राज्य ठूलो कि बिचौलियाको सेटिङ ? चन्द्रागिरिमा कानुनको राज चल्छ कि माफियाको ? उत्तर नआउन्जेल ‘ग्राउण्ड जिरो’को खोज जारी रहनेछ ।

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

More Uncategorized, Episodes