Skip to main content
बुधबार, २७ जेठ २०८३

मन्त्रीस्तरीय निर्णयदेखि गोप्य डिलसम्म: मणिपाल मेडिकल कलेज घोटाला अख्तियार पुग्यो

Subhak Mahato

December 13, 2025


पोखराको ‘मणिपाल मेडिकल कलेज’ बिक्रीमा करिब १ अर्ब रुपैयाँको घुस–डिल भएको उजुरी मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । उजुरीले पोखराको सबैभन्दा शक्तिशाली निजी साम्राज्यमध्ये एक बतास र पौडेल समूहभित्र तहल्का मच्चाएको छ । सरकारी स्वामित्वमा आउनु पर्ने १० अर्ब बराबरको सरकारी र सैनिक जग्गाको अवैध कब्जा, कलेजको अनियमित बिक्री, मन्त्रीस्तरीय निर्णयमार्फत गोप्य पास जारी गर्नु, अनि घुस–डिल गर्ने प्रक्रियामा नाम संलग्न रहेको खुलाइएको छ । यो प्रकरण चिकित्सा शिक्षा इतिहासमै सबैभन्दा ठूलो घोटालाको रुपमा लिइएको छ । ग्राउण्ड जिरोको खुलासा पछि बतास समूह विरुद्ध अख्यिारमा उजुरी दर्ता भएको हो ।

अख्तियारम उजुरी दर्ता
मिति : २०८२ मंसिर २३ मंगलबार
समय : बिहान १०:१० मिनेट
अख्तियारमा दर्ता भयो एक यस्ता उजुरी । जसले पोखरा, काठमाडौं र भारतसम्म राजनीति–व्यापार–सिन्डिकेटका नसाहरू चर्किने बनायो ।
उजुरीकर्ता : अभिषेक पौडेल, पोखरा ।
र, उजुरीको मुख्य मुद्दा — मणिपाल मेडिकल कलेज, पोखरा
अवैध रूपमा बतास समूहलाई बिक्री ।
मूल्य — १० अर्ब
घुस–डिल — १ अर्ब

मणिपाल कलेजको जन्म (1992)
“सन् १९९२ । नेपाल सरकारले ४४६ रोपनी सरकारी जग्गा मणिपाल एजुकेसन ग्रुप—भारतलाई ४९ वर्षे भाडामा दियो । शर्त थियो– ४९ वर्षपछि सम्पूर्ण संरचना सरकारलाई फिर्ता ।
कुनै हालतमा बेच्न पाइँदैन । कुनै तेस्रो पक्षलाई हस्तान्तरण गर्न पाइँदैन ।” कलेज बिचमै बन्द भएपनि सरकारकै ।

अवैध बिक्रीको ‘ब्ल्याक डिल’
तर, पछिल्ला वर्षमा मणिपाल समूहले कलेजको सम्पूर्ण संरचना निजी कम्पनी बापो होल्डिङ्सलाई गोप्य रुपमा बेचीदिएको उजुरीमा उल्लेख छ।
बापो होल्डिङ्स :
• आनन्दराज बतास
• शान्तराज बतास “आनन्दराज बतासका भाई”
• विपेन्द्रराज बतास “आनन्दराज बतासका भाई”
• सुलव बतास “शान्तराज बतासका छोरा”
• सुमी बतास “शान्तराज बतासकी छोरी”
• नारायणप्रसाद पौडेल
• सन्देश पौडेल “नारायणप्रसाद पौडेलका छोरा”
• सन्ध्या पौडेल “नारायणप्रसाद पौडेलकी छोरी”
“यी सबै बतास–पौडेल गठबन्धनका हिस्सा र, सबैभन्दा डरलाग्दो कुरा —नेपाल सरकारलाई थाहा नै नदिई ४ सय ४६ रोपनी सरकारी जग्गामा बनेका सबै संरचना ‘बेचियो’ ।”

२०७८ को ‘कुख्यात’ मन्त्रीस्तरीय निर्णय
“२०७८ साल । तत्कालीन शिक्षा मन्त्री देवेन्द्र पौडेलले कलेज बिक्रीको ‘हरियो झन्डा’ दिए ।”
यो निर्णय —
👉 संसदीय प्रतिवेदनको उलंघन
👉 ४९ वर्षे सम्झौताका सबै प्रावधानको उलंघन
👉 राष्ट्रिय सम्पत्ति ऐनको उलंघन
र, उजुरीमा उल्लेख छ —“यो निर्णयको बापत—बतास–पौडेल समूहबाट करिब १ अर्ब रुपैयाँ घुस लिइयो ।” मन्त्रीस्तरीय निर्णय गरेर बापोलाई बिक्री गर्नु नै घुस डिलको प्रमुख प्रमाणको रुपमा लिन सकिन्छ ।

उजुरीले बतास समूह किन हल्लियो ?
“यस उजुरीले बतास समूहलाई किन हल्लायो ? कारण–पहिलोपटक अख्तियारमा पूरा संरचना–जग्गा–डिल–नयाँ र पुराना कागज एकै फाइलमा पुगेको छ ।”
👉 अख्तियारले चाहेमा यो १० अर्बको सम्पत्ति
सीधै सरकार फिर्ता ल्याउन सक्छ ।
👉 कलेजको बिक्री अवैध प्रमाणित भएमा
बापो होल्डिङ्सको सम्पत्ति जफत हुन सक्छ ।
👉 मन्त्रीस्तरीय निर्णय गैरकानुनी
तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलविरुद्ध
घुस अनि अधिकार दुरुपयोगको मुद्दा
सिधै दर्ता हुन्छ ।

उजुरीको ‘१० ठोस बिन्दु’
“अभिषेक पौडेलद्वारा दर्ता उजुरीमा १० वटा गम्भीर आरोप छन् :”

  1. १० अर्ब बराबरको सरकारी सम्पत्ति अवैध रूपमा बापो समूहमा
  2. ४४६ रोपनी सरकारी + २४८ रोपनी सेनाको जग्गा कब्जा
  3. मणिपालले बिना अनुमति–बिना सम्झौता बिक्री
  4. २०७८ मा मन्त्रीस्तरीय ‘अनियमित निर्णय’
  5. करिब १ अर्ब घुस डिलको आरोप
  6. सरकारी संरचना तेस्रो पक्षमा जाने
  7. सेती नदी किनारसम्म सरकारी क्षेत्र अतिक्रमण
  8. नेपाल सरकारलाई झुक्याई कागज परिवर्तन गरिएको आशंका
  9. बापो होल्डिङ्सको सेयर संरचना ‘परिवार व्यवसाय जस्तै’ चलेको
  10. देशको सम्पत्ति ‘सिण्डिकेटले कब्जा गरेको’ उजुरी कर्ताको आरोप।

अब अख्तियार के गर्छ ?
“अख्तियारका प्रमुख आयुक्त प्रेम राई । उनैले अब यो १० अर्बको केस तराजुमा राखेर हेर्नुपर्नेछ ।”
उजुरीमा माग गरिएको छ—

  • छानबिन समिति गठन
  • बापो होल्डिङ्सका सबै सञ्चालकहरूविरुद्ध मुद्दा
  • ४४६ रोपनी सरकारी/सैनिक जग्गा पुनः फिर्ता
  • मन्त्रीस्तरीय निर्णय खारेज
  • घुस–डिलमा संलग्न सबै विरुद्ध कारबाही
    👉 अख्तियार !
    साँचिकै अख्तियार प्रयोग गर्छ ?
    कि फाइल…
    फेरि अल्मलिन्छ ?

थप स्टोरी :-
मणिपाल मेडिकल कलेज पोखरा बिक्री हुँदा किन चुप लाग्यो सरकार ?
मणिपाल मेडिकल कलेज बतास समूहले किनेपछि…
सरकारी स्वामित्वको मणिपालको सेयर पौडेल र बतासको दाजुभाई र छोराछोरीको नाममा
आर्यघाटमा पैसाको चिता बनाउने अफर गरेको थियो मणिपाल मेडिकल कलेजबाट : संयोजक ओझा
सरकारी स्वामित्वको मणिपाल बिक्रीमा महानगरपालिका, शिक्षा मन्त्रालयको मिलेमतो
सरकारी जग्गा र १० अर्बको मणिपाल: बतासविरुद्ध उजुरी दर्ता, के महाविर पुनले फिर्ता गराउन सक्लान् ?

ग्राउन्ड जीरो यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।